चिसोले महोत्तरीका दलित बस्तीमा बिचल्ली

3 वर्ष पहिले प्रकाशित

Smrititimes

महोत्तरी, पुस २८ : पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ। मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ। बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन्। पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ। माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ।

चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ। पराले झुप्राका गुजुमुज्ज बस्तीमा ससाना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घुर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ।

न ओढ्ने, ओछ्याउने न शरीर ढाक्ने लुगा १ शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने  धुँवाको मुस्लोभित्रको ‘घुर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिँदो छ।  

'यो मुटु कमाउने जाडोमा न बनिबुतो गर्न निस्कन सकिन्छ न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ,' भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्नुहुन्छ, 'बच्चाबच्ची स्याहार्न मुस्किल छ।' सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरुका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउँछन्।  

महोत्तरीको मध्य र दक्षिणी भेगमा लाग्दो पुसदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ। उत्तरी क्षेत्रमा कहिलेकाहीँ झल्याकझुलुक देखिने घाम पनि पारिलो हुँदैन। झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडोको कहर निकै बढेको हो।

महोत्तरीको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिरसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि धेरैजसो यसपालि बिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ। बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हात गोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन्। मध्य र दक्षिणी भेगमा त घाम नदेखिएको कैयौ दिन हुन्छन्। अहिले बहने चिसो हावाले लगलगी मुटु कमाउने जाडो बढाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउँछन्।

निरन्तरको चिसोले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन्। अहिले नै यस्तो विजोग भएपछि अब माघसम्म कस्तो होला रु भन्ने सोचेर नै यहाँका बुढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन्। 'खै उमेरले भर्खर ६० नाँघियो , यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन', महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवल भन्नुहुन्छ, 'खै परारको (कोभिड १९) कहरले चाँडै जाडो बढाएको त हैन रु' परार र त्यसअघिको वर्षको कोरोना कहर सम्झदै यादवले लख काट्नुभयो।  बढ्दो जाडोले यसभेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्।

दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ। 'जाडो त सबैलाई हो तानि... हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान् , हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब' जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे। 

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्। जिल्लाका सबैजसो स्वास्थ्य संस्थाहरु रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन्। 'बढ्दो चिसोले ग्रामीण बस्तीमा बिरामी हुनेक्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ', बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री भन्छन्  

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रशारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्। घरमा आफ्नै ओरपर पाइने सागपात र गेडागुडीको झोल खान , अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन , न्यानो ठाउँमा बस्न र घर ओरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गर्एिका छन्। यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालय प्रमुख सुनिता गुप्ता बताउँछिन्। 

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठ, खानपिनका सामग्री र न्याना लुगा जुटाउने पहलकदमीका लागि स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन्। 'क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीयतहको नेतृत्व चनाखो हुनपर्छ', प्रयास महोत्तरी (सामाजिक संस्था) का अध्यक्ष प्रवीण कर्णले भने, 'अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ।' गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीयतहका प्रतिनिधि गुहार्न थालेका छन्।

यसैबीच जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले गरिब बस्तीहरु र बाक्लो ओहोरदोहर हुने चोकमा आगो बाल्ने चाँजो मिलाएका छन्। जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५वटै स्थानीयतह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ।

'हामीले जिल्लाका १५ वटै स्थानीयतहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौँ', जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण भन्छन्, 'समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ।' पछिल्ला तीन/चार दिनयता ठाउँठाउँमा आगो बाल्ने र  गरिब बस्तीमा ओढ्नेको प्रबन्ध भएको कर्णले बताए। गौशाला नगरपालिका–९ मा गरीब परिवार पहिचान गरी ज्येष्ठ नागरिकलाई  सिरक वितरण गरिएको छ।साभार : काठमाडौं प्रेस

12 comments
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

4 घन्टा पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

4 घन्टा पहिले

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..

4 घन्टा पहिले

भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..

  जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..

5 घन्टा पहिले

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

5 घन्टा पहिले

धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन

  जनकपुरधाम साउन १४ गते । धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्र..

5 घन्टा पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

3 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

2 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

2 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

2 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

3 महीना पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..

  जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..