जब्दीका मुसहर बस्तीमा शिक्षामन्त्रीको भ्रमण बालबालिकाको शिक्षाका लागि मुसहरबस्तीमा शिक्षक राख्ने
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, ३ माघ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव बुधबार धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ वडा नं. ३ जब्दी टोलको मुसहर बस्तीमा भ्रमण गर्नुभएको छ । सानो झापडीमा बसदै आएका २० घरधुरी मुसहर बस्तीको समग्रह अवस्था बुझेर उहाँले उनिहरुको सन्तानका लागि शिक्षक भर्ना गर्ने समेत आश्वासन दिनुभएको छ । खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको संस्था फियान नेपालका प्रदेश कार्यक्रम संयोजक नन्दनी यादवको अगुवाईमा भएको सो भ्रमणका क्रममा मुसहर बस्तीमा गई मन्त्री यादवले दलित बस्तीका बालबालिकाहरुको शिक्षाका लागि शिक्षक दरबन्दी प्रदेश सरकारले गर्ने बताउदै उहाँले साक्षर दलित योजना ल्याउन लागेको बताउनु भयो । बस्ती अनुगमनका क्रममा सो पालिकाका अध्यक्ष जय कुमार यादवले चालु आर्थिक वर्षमा १० घरधुरी मुसहरको दुई कोठे पक्की घर निर्माणको प्रक्रिया सुरु भईसकेको बताउदै अर्को वर्षमा बाँकी रहेका १० घरधुरी मुसहर परिवारलाई पक्की घर पालिकाले बनाउने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा नै सो वडामा रहेको डोमहरुलाई पालिकामै सफाई कर्मचारीका रुपमा जागिर दिएको चर्चा गर्दै दलितहरुको बालबालिकाको शिक्षाका लागि पालिकाले थप व्यवस्थापन गर्न लागेको आश्वासन दिनुभयो । उक्त पालिकाको दलितहरुको अवस्थामा सुधार ल्याउनको लागि फियान नेपालले पटक पटक सम्बन्धीत पक्षलाई अनुगमन गराउदै आएको छ । यसका साथै सो पालिका अन्तरगत रहेको दशगज्जा क्षेत्रका जग्गामा नेपाली किसानको जग्गामा सिमा स्तम्भ रहेकाले सोको मुआव्जाका लागि समेत प्रयत्नरत रहेका फियान नेपालका प्रदेश संयोजक यादवले मन्त्री यादवलाई मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नं. २ का किसानको जग्गा मन्त्री यादव संग अनुगमन गराई सिमा स्तम्भका कारण लालपुर्जा भएरपनि जग्गा उपभोग गर्न नसकेका किसानको पिडालाई समाधान गर्न सदनमा आवाज उठाउन आग्रह गर्नुभयो । मुसहर बस्तीमा मन्त्री आएर आफुहरुको अवस्थाका बारेमा जानकारी लिएर पछि स्थानीयबासी खुशी भएका छन् ।
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
2 दिन पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
2 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
13 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
22 दिन पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
22 दिन पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
24 दिन पहिले
सशक्त वालिका परियोजना अन्तरगत स्वास्थ्यकर्मीलाई पुनरत..
जनकपुरधाम असोज १९ गते धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिका अन्तरगत रहेका स्वास्थ्यकर्मीहरु..
25 दिन पहिले
सामुदायिक परिवार कल्याण संघको २५ औँ साधारण सभा सम्पन्न
जनकपुरधाम असोज १४ गते । ग्रामिण क्षेत्रमा शिक्षा , स्वास्थ्य, वाल संरक्षण लगायतका जनचेतनामुलक कार्यक्रम संचालन ग..
1 महीना पहिले
अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..
बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..
2 महीना पहिले
आत्महत्या रोक्न जनकपुरधामका तीन माविमा सचेतना कार्यक्..
जनकपुरधाम भदौँ २५ गते ।विश्व आत्महतया रोकथाम दिवसका अवसरमा सोमबार जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा यहाँका ..
2 महीना पहिले
सशक्त बालिका परियोजनाका सम्बन्धमा अभिम्ुखिकरण सम्पन्न
जनकपुरधाम भदौँ २५ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित सशक्त बालिका परियोजनाका सम्बन्धमा अहिल..
2 महीना पहिले
दर्ता बिना संचालित नीजि विद्यालयका विषयमा कागज सहि..
बटुकनाथ झाजनकपुरधाम भदौँ २५ गते ।जनकपुरधाम उपमहानगरपालिका भित्र संचालनमा रहेको दर्जनौ नीजि तथा आवासीय विद्याल..
2 महीना पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..