अयोध्याको मन्दिरमा प्राणप्रतिष्ठा, रामको ससुराली जनकपुरमा उत्सव

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,माघ ८ गते । भारतको अयोध्यामा राममन्दिरकमे प्राणप्रतिष्ठा हुन लागेको छ । यता रामको ससुराली जनकपुरधाममा आज उत्सवको माहोल देखिएको छ ।जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, हनुमान मन्दिर लगायतका स्थानमा भजन-कीर्तन चलिरहेका छन् । जानकी मन्दिरमा आज साँझ एक लाख २५ हजार दिप बाल्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले नगरबासीलाई दीपावली गर्न भनेका छन् ।जनकपुरधामका थुप्रै घरमा श्रीराम र हनुमान अंकित झण्डा ठड्याइएको देख्न सकिन्छ । घर, पसल र सडकहरु सिंगारिएको छ । सडकमा गुड्ने प्रायः सवारी साधनमा श्रीराम अंकित झण्डा लगाएको छ । 

प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक विदा नै दिन माग गरेका थिए ।प्रदेश सरकारले बिदा नदिए पनि मधेशका धेरै पालिकाले आज सार्वजनिक विदा दिएका छन् । वीरगञ्ज, राजविराज, लहान, सिरहा सदरमुकामलगायतका स्थानमा प्राण प्रतिष्ठाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

भगवान रामको ससुराली (जनकपुरधाम) नेपाल हो । त्रेतायुगका भगवान रामको विवाह तत्कालीन मिथिलाका राजा जनककी पुत्री सीतासंग भएको रामायण ग्रन्थमा उल्लेख छ।

आज अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको शुभमुहूर्त मात्र ८४ सेकेण्डको छ । दिउँसो १२ बजेर २९ मिनेट ८ सेकेण्डदेखि १२ बजेर ३० मिनेट ३२ सेकेण्डसम्म छ ।

शुभमुहूर्त काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेका हुन् । यही शुभमुहूर्तमा रामललाको प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । यसका लागि १२१ वैदिक आचार्यलाई जिम्मेवारी सुम्पिएको छ ।

प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १०:२० बजे अयोध्या पुग्नेछन् । देश विदेशसहित ११ हजार अतिथिलाई आमन्त्रित गरिएको छ । समारोहमा करोडौं श्रद्धालु सहभागी हुने अनुमान छ ।

साभार : नेपाल प्रेस

12 comments
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

1 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

1 दिन पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

1 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

28 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

29 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

30 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

1 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

1 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

1 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

1 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

1 महीना पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

2 महीना पहिले