मिर्चैया अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,माघ १२ गते ।  सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ ।अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो ।आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । उपचारको क्रममा उनको बिहिवार दिउँसो मृत्यु भयो । उनको मृत्यु मिर्चैया अस्पतालकै लापरबाहीले भएको आफन्तको आरोप छ । 

अल्कालाई ब्यथा सुरुपछि बुधबार साँझ मिर्चैया अस्पताल लगिएको थियो । मृतक अल्काका पति इन्द्रजित साहले भने, ‘अत्यधिक रक्तस्राव भइरहेको जानकारी गराउँदा पनि चिकित्सकले केयर गरेन । ढिलोगरी बाहिर लग्न भन्यो । त्यसैले घटना घट्यो । मिर्चैया अस्पतालका चिकित्सकले चरम लापरवाही गरेका छन् ।’

 मृतक अल्काका आफन्त र गाउँलेले अस्पताल आगाडि प्रदर्शन गर्दै क्षतिपूर्ति र लापरबाही गरेका चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेको थियो ‌। प्रदर्शनपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच प्रहरीको रोहबरमा छलफल समेत भयो । तर अस्पताल प्रशासनले चिकित्सकले लापरबाही नगरेको दावी गरेपछि कुनै सहमति भएन ।मृतक अल्काका गाउँले अन्जय साह भन्छन्, ‘रक्तस्राव नरोकिएपछि समयमै बाहिर पठाउनु पर्थ्यो ‌। यो त लापरवाही भयो नै । उपचार पनि डाक्टरको सट्टा कमपाउण्डरले गरेका थिए । तर अस्पताल प्रशासनले गल्ती मान्न तयार छैन ।’मृतक परिवारलाई अस्पतालले क्षतिपूर्ति दिनुपर्ने उनको भनाई छ ।

अस्पतालकी डा। सरिका गोइत भन्छिन्, ‘अल्काको नोर्मल डेलेभरी भयो । बच्चा ठिक छ । डेलेभरी भएपछि केहिबेर रक्तस्राव हुन्छ र रोकिन्छ । उहाँको रक्तस्राव रोकिएन । यस्तो अबस्थामा आइसियूमा राख्नुपर्छ । तर यहाँ आइसियू छैन । त्यसैले बाहिर लग्न सुझाव दिएका थियौं ।’ुविराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा अल्काको मृत्यु भएको उनको आफन्तबाटै थाहा पाए,ु डा। गोइतले भनिन्, ‘विराटनगर लग्ने क्रममा बोदेबर्साइनमा रोकिएको थियो । त्यहांको पनि कुनै क्लिनिकमा देखाएको रहेछ । त्यहाँ के गर्यो?गरेन थाहा भएन ।’

उनका अनुसार डेलेभरी भएपछि केहिलाई प्राइमरी पिपिएस (पीपीएस) (पाठेघर खुमच्याउन नसक्ने) समस्या हुन्छ ‌। यही समस्याका कारण अल्काको मृत्यु भएको हुनसक्छ । उपचारमा चिकित्सकको लापरवाही छैन ।साभार : नेपाल प्रेस

12 comments
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

2 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

2 दिन पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

2 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

28 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

30 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

30 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

2 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

1 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

1 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

1 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

1 महीना पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

2 महीना पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..