ईटा भठामा काम गर्ने बालश्रमिकले बुझाए सभामुखलाई ध्यानाकर्षणपत्र
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम १३ गते , मधेश प्रदेशका सभामुख रामचन्द्र मंडललाई ईटा भठामा बाध्य भएर बाम गर्ने बालकहरुले ९ बूँदे ध्यानाकर्षणपत्र शुक्रबार बुझाएका हुन । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ बैदहीमा बालश्रम गर्न बाध्य भएकाहरु संग भेट्न गएका सभामुख मंडललाई उनिहरुले संयूक्त रुपमा सो ध्यानाकर्षणपत्र बुझाएका हुन । सो ध्यानाकर्षण पत्रमा प्रदेशमा रहेका श्रमिक बालबालिकाहरुको लगत संकलन गरी नीति, योजना निर्माणका साथै कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गरिएको छ । स्थानीय तहलाई बालश्रममुक्त पालिका बनाउन बालश्रमिक समेतको सहभागितामा बालभेला आयोजना गरी कार्ययोजना निर्माण गर्न माग गरिएको छ । स्थानीय तह बालश्रममुक्त घोषणा कार्यबिधि २०७७ को दफा १७ अनुसार श्रममा भएका बालबालिका समेतको सहभागितामा स्थानीय समन्वय समिति गठन गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आसमान नेपालको लिसनिङ टु द एक्सपर्ट परामर्श बैठक अन्तरगत श्रमिक बालबालिका संग सभामुख कार्यक्रमको लागि बैदहीमा रहेको सामुदायिक विद्यालयमा १४ जना श्रमिक बालबालिका र उनिहरुका अभिभावक संगको भेट कार्यक्रममा बोल्दै सभामुख मंडलले बालबालिकाहरुलाई काम छाडेर तत्काल नै विद्यालयमा गई पढ्न आग्रह गर्नुभयो । ईटा भठामा बालबालिकालाई काममा लगाउनु सामाजिक अपराध रहेको बताउनुदै सभामुख मण्डलले उनिहरुको समस्या पनि सुन्नु भएको थियो । सभामुख संग बोल्दै बालश्रम गरिरहेका बालबालिकाहरुले आफुहरुले घरको ऋण तिर्न तथा घरपरिवार चलाउन बाध्य भएर काम गरिरहेको बताए थिए । बालबालिकाहरुको कुरा सुनेर सभामुख मंडलले ति बालिबालिकाहरुको पढाईका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन समेत दिनुभयो । सो कार्यक्रममा बोल्दै बिदेह नगरपालिकाका मेयर बेचन दासले ती वडामा रहेको मुसहर समुदायका लागि ९ करोड २३ लाखको लागतमा ७० वटा घर बनाउने कामको थालनी गरिरहेको बताउनु भयो । उहाँले बाँकी रहेको मुसहरहरुको घर बनाउन सभामुखलाई समेत आग्रह गर्नुभएको थियो । दलितको नाउँमा विभिन्न संस्था तथा दलहरुले भजाउने काम मात्र गरेको बताउदै आफु मुसहर र दलितको हितैसी रहेको बताउनु भएको थियो । अत्यन्त जरजर अवस्थामा रहेको बैदहीको सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन आफु लागेको समेत उहाँले आश्वासन दिनुभयो । उहाँले भन्नुभयो विभिन्न गैर सरकारी संस्थाहरु संग समन्वयमा यस विद्यायको सुधारको काम हाी गछौँ’ बिदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मंडलको अध्यक्षतामा भएको सो श्रमिक बालबालिका संग सभामुख कार्यक्रममा विद्यालयका प्रधानाध्यापिका विनिता कुमारी पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुखी ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आसमान नेपालका लिसनिङ टु द एक्सपर्ट कार्यक्रमका संयोजक दिपेन्द्र कुमार तिवारीले कार्यक्रमबारे विस्तृत जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई एडभोकेसी अफिसर गंगा सुवेदीले स्वागत गर्नुभएको थियो ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
8 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
8 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
8 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
8 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
8 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
8 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..