
ईटा भठामा काम गर्ने बालश्रमिकले बुझाए सभामुखलाई ध्यानाकर्षणपत्र
1 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम १३ गते , मधेश प्रदेशका सभामुख रामचन्द्र मंडललाई ईटा भठामा बाध्य भएर बाम गर्ने बालकहरुले ९ बूँदे ध्यानाकर्षणपत्र शुक्रबार बुझाएका हुन । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ बैदहीमा बालश्रम गर्न बाध्य भएकाहरु संग भेट्न गएका सभामुख मंडललाई उनिहरुले संयूक्त रुपमा सो ध्यानाकर्षणपत्र बुझाएका हुन । सो ध्यानाकर्षण पत्रमा प्रदेशमा रहेका श्रमिक बालबालिकाहरुको लगत संकलन गरी नीति, योजना निर्माणका साथै कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गरिएको छ । स्थानीय तहलाई बालश्रममुक्त पालिका बनाउन बालश्रमिक समेतको सहभागितामा बालभेला आयोजना गरी कार्ययोजना निर्माण गर्न माग गरिएको छ । स्थानीय तह बालश्रममुक्त घोषणा कार्यबिधि २०७७ को दफा १७ अनुसार श्रममा भएका बालबालिका समेतको सहभागितामा स्थानीय समन्वय समिति गठन गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आसमान नेपालको लिसनिङ टु द एक्सपर्ट परामर्श बैठक अन्तरगत श्रमिक बालबालिका संग सभामुख कार्यक्रमको लागि बैदहीमा रहेको सामुदायिक विद्यालयमा १४ जना श्रमिक बालबालिका र उनिहरुका अभिभावक संगको भेट कार्यक्रममा बोल्दै सभामुख मंडलले बालबालिकाहरुलाई काम छाडेर तत्काल नै विद्यालयमा गई पढ्न आग्रह गर्नुभयो । ईटा भठामा बालबालिकालाई काममा लगाउनु सामाजिक अपराध रहेको बताउनुदै सभामुख मण्डलले उनिहरुको समस्या पनि सुन्नु भएको थियो । सभामुख संग बोल्दै बालश्रम गरिरहेका बालबालिकाहरुले आफुहरुले घरको ऋण तिर्न तथा घरपरिवार चलाउन बाध्य भएर काम गरिरहेको बताए थिए । बालबालिकाहरुको कुरा सुनेर सभामुख मंडलले ति बालिबालिकाहरुको पढाईका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन समेत दिनुभयो । सो कार्यक्रममा बोल्दै बिदेह नगरपालिकाका मेयर बेचन दासले ती वडामा रहेको मुसहर समुदायका लागि ९ करोड २३ लाखको लागतमा ७० वटा घर बनाउने कामको थालनी गरिरहेको बताउनु भयो । उहाँले बाँकी रहेको मुसहरहरुको घर बनाउन सभामुखलाई समेत आग्रह गर्नुभएको थियो । दलितको नाउँमा विभिन्न संस्था तथा दलहरुले भजाउने काम मात्र गरेको बताउदै आफु मुसहर र दलितको हितैसी रहेको बताउनु भएको थियो । अत्यन्त जरजर अवस्थामा रहेको बैदहीको सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन आफु लागेको समेत उहाँले आश्वासन दिनुभयो । उहाँले भन्नुभयो विभिन्न गैर सरकारी संस्थाहरु संग समन्वयमा यस विद्यायको सुधारको काम हाी गछौँ’ बिदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मंडलको अध्यक्षतामा भएको सो श्रमिक बालबालिका संग सभामुख कार्यक्रममा विद्यालयका प्रधानाध्यापिका विनिता कुमारी पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुखी ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आसमान नेपालका लिसनिङ टु द एक्सपर्ट कार्यक्रमका संयोजक दिपेन्द्र कुमार तिवारीले कार्यक्रमबारे विस्तृत जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई एडभोकेसी अफिसर गंगा सुवेदीले स्वागत गर्नुभएको थियो ।

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
2 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
2 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
2 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
28 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
30 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
30 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
2 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..