
जनकपुरधाममा ‘सभामुख क्रिकेट कप’ शुरु
1 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम ,माघ १३ गते । मधेश प्रदेशसभाको छैटौँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आजदेखि ‘सभामुख क्रिकेट कप’ शुरु भएको छ ।क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा क्रिकेटको प्रचुर सम्भावना रहेकाले जति सक्दो चाँडो रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण शुरु गर्न सुझाव दिनुभयो । खेलले अनुशासित नागरिक उत्पादन गर्नुका साथै युवाहरूलाई कुलतबाट जोगाउनमा मद्दत पुग्ने बताउनुहुँदै उहाँले रामजानकी बहुउद्देश्यीय रंगशालाको अविलम्ब निर्माण शुरु गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिनुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको स्थापना दिवसको अवसर पारेर क्रिकेट प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुहुँदै मुलुकमा अनुशासित नागरिक तयार पार्न तथा विधिको शासन स्थापित गर्नका लागि खेलकुदको विकास आवश्यक रहेको बताउनुभयो ।उहाँले रंगशालाको निर्माणका लागि भारत सरकारले प्रदान गर्ने १ अर्ब रकमका अतिरिक्त मधेश प्रदेश सरकारले पनि सोही मात्रामा लगानी गर्नका आग्रह गर्नुभयो ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न आवश्यक रहेकाले भन्नुहुँदै प्रदेश सरकारले फागुन भित्रमा रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको टेण्डर गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको गौरवको योजनाको रुपमा रामजानकी रंगशाला भएको उल्लेख गर्नुहुँदै रंगशाला निर्माणको लागि १ सय करोडको टेण्डर गरिने बताउनुभयो । उहाँले रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनेपछि प्रदेशमा खेलकुदको थप विकास हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष एवं क्रिकेट खेलाडी शोभाकान्त पाण्डेले एक दिवसीय फरमेटमा खेलाउन लागेको क्रिकेट प्रतियोगिताबाट मधेश प्रदेशमा क्रिकेटको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जनकपुरधामको वडा नंं १४ रजौलमा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका टिमहरूको सहभागिता रहेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहसहितका अतिथिहरूले खेलका अम्पायर आशिष झालाई बल हस्तान्तरण गर्नुभएपछि प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेल महोत्तरी तथा सर्लाही जिल्लाका क्रिकेट टिमबीच भइरहेको छ । ५० ओभरको खेल रहे पनि आज ढिलो भएकाले ३५ ओभरको खेल हुने जिल्ला क्रिकेट संघका पदाधिकारी सरोज कुमार मिश्रले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
1 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
1 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
1 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
27 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
29 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
29 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
1 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..