जनकपुरधाममा ‘सभामुख क्रिकेट कप’ शुरु
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,माघ १३ गते । मधेश प्रदेशसभाको छैटौँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आजदेखि ‘सभामुख क्रिकेट कप’ शुरु भएको छ ।क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा क्रिकेटको प्रचुर सम्भावना रहेकाले जति सक्दो चाँडो रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण शुरु गर्न सुझाव दिनुभयो । खेलले अनुशासित नागरिक उत्पादन गर्नुका साथै युवाहरूलाई कुलतबाट जोगाउनमा मद्दत पुग्ने बताउनुहुँदै उहाँले रामजानकी बहुउद्देश्यीय रंगशालाको अविलम्ब निर्माण शुरु गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिनुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको स्थापना दिवसको अवसर पारेर क्रिकेट प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुहुँदै मुलुकमा अनुशासित नागरिक तयार पार्न तथा विधिको शासन स्थापित गर्नका लागि खेलकुदको विकास आवश्यक रहेको बताउनुभयो ।उहाँले रंगशालाको निर्माणका लागि भारत सरकारले प्रदान गर्ने १ अर्ब रकमका अतिरिक्त मधेश प्रदेश सरकारले पनि सोही मात्रामा लगानी गर्नका आग्रह गर्नुभयो ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न आवश्यक रहेकाले भन्नुहुँदै प्रदेश सरकारले फागुन भित्रमा रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको टेण्डर गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको गौरवको योजनाको रुपमा रामजानकी रंगशाला भएको उल्लेख गर्नुहुँदै रंगशाला निर्माणको लागि १ सय करोडको टेण्डर गरिने बताउनुभयो । उहाँले रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनेपछि प्रदेशमा खेलकुदको थप विकास हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष एवं क्रिकेट खेलाडी शोभाकान्त पाण्डेले एक दिवसीय फरमेटमा खेलाउन लागेको क्रिकेट प्रतियोगिताबाट मधेश प्रदेशमा क्रिकेटको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जनकपुरधामको वडा नंं १४ रजौलमा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका टिमहरूको सहभागिता रहेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहसहितका अतिथिहरूले खेलका अम्पायर आशिष झालाई बल हस्तान्तरण गर्नुभएपछि प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेल महोत्तरी तथा सर्लाही जिल्लाका क्रिकेट टिमबीच भइरहेको छ । ५० ओभरको खेल रहे पनि आज ढिलो भएकाले ३५ ओभरको खेल हुने जिल्ला क्रिकेट संघका पदाधिकारी सरोज कुमार मिश्रले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
8 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
8 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
8 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
8 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
8 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
8 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..