आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेश प्रदेशमा अधिक कुष्ठरोगी

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बर्दिबास, माघ १४ गते । नेपाललाई सन् २०१० मै कुष्ठरोगमुक्त मुलुक घोषण गरिए पनि मधेशमा भने यो रोग अझै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।

७१ औं विश्व कुष्ठरोगविरुद्धको दिवसको अवसर पारेर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यहाँका ८ वटै जिल्लामा गरी ९४५ जना यसका रोगी छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. राजीव झाका अनुसार आव ०७९÷८० को असारसम्म मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्ला सबैभन्दा बढी प्रभावित छ । धनुषामा १६७ जना कुष्ठ रोगी पहिचान गरिएको उहाँले बताउनुभयो । त्यस्तै, रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिराहामा ११८, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६८ जना कुष्ठरोगी रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले प्रति १० हजार मानिसमा एक जनाभन्दा कममा यो रोग झारी निवारण गर्ने लक्ष्यलाई नेपालले पनि पछ्याउँदै आएको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्कले मधेश प्रदेशमा प्रति १० हजारमा कुष्ठरोगको प्रकोप दर (प्रीभिलेन्स रेट) १ दशमलव ५ प्रतिशत देखाएको छ ।

‘‘यो अवस्था चिन्ताजनक हो । यसको निवारणका लागि समुदायमा आधारित सघनरुपमा कार्यक्रम सञ्चालन गर्दै आएका छौ’’ प्रदेश स्वास्थ्य निर्देशक डा. झाले भन्नुभयो ।

कुष्ठ रोगबाट महोत्तरीको अवस्थामा पनि उत्तिकै चिन्ताजनत रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय महोत्तरीका क्षयकुष्ठ अधिकृत उमेश यादवका अनुसार ०८० साल असारसम्म महोत्तरीमा यसका रोगीको सङ्ख्या ८७ जना पुगेको छ । यसमध्ये सर्ने खाले ५७ जना रहेको उहाँले बताउनु भयो ।

यो सङ्ख्याले महोत्तरीमा कुष्ठरोगको प्रिभिलेन्स दर १ दशमलव ४७ प्रतिशत रहेको यादवले बताउनुभयो ।  यादवका अनुसार महोत्तरीका १५ स्थानीय तहमध्ये बर्दिबास र गौशालाबाहेक बाकी १३ वटै पालिकामा यसको प्रकोप बढदो क्रममा छ ।

सबैभन्दा बढी एकडारा गाउपालिकामा ४ दशमलव ०९ प्रतिशत, औरहीमा ३ दशमलव १५ प्रतिशत, समसीमा २ दशमलव ०७ प्रतिशत, महोत्तरी गाउँपालिकामा २ दशमलव १९ प्रतिशत, मनरा सिसवामा १ दशमलव ८१, पिपरामा १ दशमलव ६९ बलवामा १ दशमलव ६५ प्रतिशतमा कुष्ठरोगी रहेको यादवले जनाउनुभयो ।

बर्दिबास र गौशालामा भने प्रतिदश हजार एक जनाभन्दा कम अर्थात शून्य दशमलव ७५ प्रतिसत र शून्य दशमलव ३४ प्रतिशत छ ।

प्रदेश स्वास्थ्य निर्देक डा. झाले समस्या बन्दै गएको कुष्ठरोग निवारणका लागि उपचार, निदान र प्रचारात्मकरुपमा प्रदेशभर अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।

कुष्ठरोग निवारणका लागि सन १९९१ मा स्थापना भएको लालगढ कुष्ठ रोग असपतालले स्थापनाको ३३ वर्षको अवधिमा नेपाल र भारतका गरी ४१ हजार कुष्ठरोगीको उपचार गरेको असपतालका सामुदायिक स्वास्थ्य तथा विकाश विभाग प्रमुख रमेश चौधरीले जनाउनुभयो ।

‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नारासहित लालगढ कुष्ठरोग असपतालले विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा आज (आइतबार) ७१ औं कुष्ठरोगविरुद्धको दिवस मनाइरहेको छ ।

साभार : गोरखापत्र

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

8 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

8 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

8 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

8 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

8 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

8 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..