
आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेश प्रदेशमा अधिक कुष्ठरोगी
1 वर्ष पहिले प्रकाशित
Smrititimes


बर्दिबास, माघ १४ गते । नेपाललाई सन् २०१० मै कुष्ठरोगमुक्त मुलुक घोषण गरिए पनि मधेशमा भने यो रोग अझै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।
७१ औं विश्व कुष्ठरोगविरुद्धको दिवसको अवसर पारेर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यहाँका ८ वटै जिल्लामा गरी ९४५ जना यसका रोगी छन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा. राजीव झाका अनुसार आव ०७९÷८० को असारसम्म मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्ला सबैभन्दा बढी प्रभावित छ । धनुषामा १६७ जना कुष्ठ रोगी पहिचान गरिएको उहाँले बताउनुभयो । त्यस्तै, रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिराहामा ११८, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६८ जना कुष्ठरोगी रहेको जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रति १० हजार मानिसमा एक जनाभन्दा कममा यो रोग झारी निवारण गर्ने लक्ष्यलाई नेपालले पनि पछ्याउँदै आएको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्कले मधेश प्रदेशमा प्रति १० हजारमा कुष्ठरोगको प्रकोप दर (प्रीभिलेन्स रेट) १ दशमलव ५ प्रतिशत देखाएको छ ।
‘‘यो अवस्था चिन्ताजनक हो । यसको निवारणका लागि समुदायमा आधारित सघनरुपमा कार्यक्रम सञ्चालन गर्दै आएका छौ’’ प्रदेश स्वास्थ्य निर्देशक डा. झाले भन्नुभयो ।
कुष्ठ रोगबाट महोत्तरीको अवस्थामा पनि उत्तिकै चिन्ताजनत रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय महोत्तरीका क्षयकुष्ठ अधिकृत उमेश यादवका अनुसार ०८० साल असारसम्म महोत्तरीमा यसका रोगीको सङ्ख्या ८७ जना पुगेको छ । यसमध्ये सर्ने खाले ५७ जना रहेको उहाँले बताउनु भयो ।
यो सङ्ख्याले महोत्तरीमा कुष्ठरोगको प्रिभिलेन्स दर १ दशमलव ४७ प्रतिशत रहेको यादवले बताउनुभयो । यादवका अनुसार महोत्तरीका १५ स्थानीय तहमध्ये बर्दिबास र गौशालाबाहेक बाकी १३ वटै पालिकामा यसको प्रकोप बढदो क्रममा छ ।
सबैभन्दा बढी एकडारा गाउपालिकामा ४ दशमलव ०९ प्रतिशत, औरहीमा ३ दशमलव १५ प्रतिशत, समसीमा २ दशमलव ०७ प्रतिशत, महोत्तरी गाउँपालिकामा २ दशमलव १९ प्रतिशत, मनरा सिसवामा १ दशमलव ८१, पिपरामा १ दशमलव ६९ बलवामा १ दशमलव ६५ प्रतिशतमा कुष्ठरोगी रहेको यादवले जनाउनुभयो ।
बर्दिबास र गौशालामा भने प्रतिदश हजार एक जनाभन्दा कम अर्थात शून्य दशमलव ७५ प्रतिसत र शून्य दशमलव ३४ प्रतिशत छ ।
प्रदेश स्वास्थ्य निर्देक डा. झाले समस्या बन्दै गएको कुष्ठरोग निवारणका लागि उपचार, निदान र प्रचारात्मकरुपमा प्रदेशभर अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।
कुष्ठरोग निवारणका लागि सन १९९१ मा स्थापना भएको लालगढ कुष्ठ रोग असपतालले स्थापनाको ३३ वर्षको अवधिमा नेपाल र भारतका गरी ४१ हजार कुष्ठरोगीको उपचार गरेको असपतालका सामुदायिक स्वास्थ्य तथा विकाश विभाग प्रमुख रमेश चौधरीले जनाउनुभयो ।
‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नारासहित लालगढ कुष्ठरोग असपतालले विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा आज (आइतबार) ७१ औं कुष्ठरोगविरुद्धको दिवस मनाइरहेको छ ।
साभार : गोरखापत्र

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
24 घन्टा पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
24 घन्टा पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
24 घन्टा पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
27 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
29 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
29 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
24 घन्टा पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..