सभामुख क्रिकेट कपमा सिरहाको रोमाञ्चक जित

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,माघ १४ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ । रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रि रंगशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो । मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कपको दोस्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिला ब्याटिङ रोजेका थिए । सिरहाका खेलाडीहरु ३८ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४२ रनको लक्ष्य पर्सा समक्ष प्रस्तुत गरेका थिए । सिरहाको सुरुवाती ब्याटिङ मजबुत देखिएका थिए । ओपनिङ ब्याटिङ गरेका शैलेन्द्र साह र दिपेश दासले ६९ रनको साझेदारी गरेका थिए । दासले ५६ बलमा ४१ र साहले ५१ ब्लमा ३७ रनको योगदान दिए । त्यसतै, सिरहाकै लागि कृष्ण साहले ३८ बलमा २२ र रिसब कार्कीले दश रन बनाए । पर्साको लागि बलिङ गरेका अनुज चौहानले सात ओभरमा एक मेडनसहित मात्र २२ रन खर्चेर पाँच विकेट लिएका थिए । पर्साकै अकुब अन्सारीले तीन, सोनु शर्मा र समसाद मन्सुरीले एक÷एक विकेट लिए । जवाफी ब्याटिङका लागि आएका पर्सा टिम ३७ ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ३७ रन बनाउन सके । पर्साका हासिम अन्सारीले ३० बलमा २२ रन, अकुब अन्सारीले ६६ बलमा २६ रन, अनुज चौहानले ४१ बलमा २८ रन बनाए । सिरहाका लागि बलिङ गरेका पृथ्वी यादवले आठ ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिए । अफरुदिन राइन, आशुतोष पटेल र तारपेश्वर मुखियाले समान दुई÷दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच सिरहाका दिपेश दास घोषित भएका थिए । सोमबारको बारा र रौतहटबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।
 
 
 
 
 

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

7 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

7 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

7 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

7 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

7 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

7 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..