
प्रथम गणतान्त्रिक शहीद झाको ६१ औं बलिदानी दिवस विभिन्न कार्यक्रम गरी बनाइयो
1 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम, माघ १५ । तत्कालिन राजा महेन्द्र माथि जनकपुरधामको जानकी मन्दिरमा बम प्रहार गरेको आरोपमा शहादत प्राप्त गरेका गणतान्त्रिक नेपालका प्रथम शहीद दुर्गानन्द झाको ६१ औँ बलिदानी दिवस सोमबार विभिन्न स्थानमा मनाइएको छ । उहाँको पैत्रिक गाउँ धनुषाको जटहीमा उहाँको शालिकमा माल्यार्पण गरियो । नगराईन नगरपालिका वडा न.. २ का वडासदस्य प्रदीप चौधरीको अध्यक्षतामा एक कार्यक्रमका बिच विभिन्न निर्णय गरियो । शहदि झाको जीवनी प्रकाशन,उहाँको जिवनको आधारमा बृत चित्र बनाउने,उहाँको नाउँबाट खेलकुदको सुरुवात गर्ने लगायतका निर्णय गरिएको छ । शहीद दुर्गानन्द झाको नाउँमा जटहीमा निर्माणाधिन रहेको अस्पतालको काम सुरु गर्न पहल गर्ने निर्णय समेत गरिएको आयोजक चौधरीले जानकारी दिनुभयो । सो कार्यक्रममा सहभागीहरुले कविता वाचन गर्नुका साथै शहीद दुर्गानन्द झाको बारेमा मन्तव्य राख्नुभएको थियो । यसका साथै बलिदानी दिवसको अवसरमा दर्गानन्द स्मारक निर्माण समिति र शहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र समेत छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर बलिदानी दिवस मनाएको छ ।
दुवै कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह रहेका थिए । जनकपुरधामको वडा नंं २३ को कार्यालयले जनकपुरधामको जनकपुर जटही ६ लेन सडकमा स्थापित गरिईएको स्मारक स्थलमा कार्यक्रम रेको छ । वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले मुलुकमा स्थापित भएको गणतन्त्रको प्रमुख श्रेय दुर्गानन्द झाको रहेकाले उनको बलिदानी दिनलाई भव्य रुपमा मनाउनका लागि सवै सरकारसंग आग्रह गरे । कार्यक्रममा साहित्यकार चन्द्रशेखर चमन, पत्रकार श्रीनाराण साह र कमल साहले प्रथम गणतान्त्रिक शहिद झाको योगदानको स्मण गर्दै प्रदेश सरकारले उत्सवको रुपमा मनाउनु पर्ने धारणा राखे ।
अनुसन्धान केन्द्रका अध्यक्ष पूर्व प्राध्यापक शम्भुनाथ झाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद स्मृतिनारायण चौधरी, मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झा, पूर्व कृषि विज्ञ काशीकान्त झा, पूर्व प्रशासक जीवच्छ मिश्र, बरिष्ठ अधिवक्ता श्याम मिश्र, पत्रकारहरु अजय कुमार झा, धवेन्द्र झा, मधेश आन्दोलनका अगुवा ईन्द्र कुमार मधेशानन्द, काँग्रेसका यूवा नेता प्रवेश चौधरी सहितका वक्ताहरुले बोलेका थिए ।

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
1 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
1 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
1 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
27 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
29 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
29 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
1 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..