प्रथम गणतान्त्रिक शहीद झाको ६१ औं बलिदानी दिवस विभिन्न कार्यक्रम गरी बनाइयो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, माघ १५ । तत्कालिन राजा महेन्द्र माथि जनकपुरधामको जानकी मन्दिरमा बम प्रहार गरेको आरोपमा शहादत प्राप्त गरेका गणतान्त्रिक नेपालका प्रथम शहीद दुर्गानन्द झाको ६१ औँ बलिदानी दिवस सोमबार विभिन्न स्थानमा मनाइएको छ । उहाँको पैत्रिक गाउँ धनुषाको जटहीमा उहाँको शालिकमा माल्यार्पण गरियो । नगराईन नगरपालिका वडा न.. २ का वडासदस्य प्रदीप चौधरीको अध्यक्षतामा एक कार्यक्रमका बिच विभिन्न निर्णय गरियो । शहदि झाको जीवनी प्रकाशन,उहाँको जिवनको आधारमा बृत चित्र बनाउने,उहाँको नाउँबाट खेलकुदको सुरुवात गर्ने लगायतका निर्णय गरिएको छ । शहीद दुर्गानन्द झाको नाउँमा जटहीमा निर्माणाधिन रहेको अस्पतालको काम सुरु गर्न पहल गर्ने निर्णय समेत गरिएको आयोजक चौधरीले जानकारी दिनुभयो । सो कार्यक्रममा सहभागीहरुले कविता वाचन गर्नुका साथै शहीद दुर्गानन्द झाको बारेमा मन्तव्य राख्नुभएको थियो । यसका साथै बलिदानी दिवसको अवसरमा दर्गानन्द स्मारक निर्माण समिति र शहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र समेत छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर बलिदानी दिवस मनाएको छ । 

दुवै कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह रहेका थिए । जनकपुरधामको वडा नंं २३ को कार्यालयले जनकपुरधामको जनकपुर जटही ६ लेन सडकमा स्थापित गरिईएको स्मारक स्थलमा कार्यक्रम रेको छ । वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले मुलुकमा स्थापित भएको गणतन्त्रको प्रमुख श्रेय दुर्गानन्द झाको रहेकाले उनको बलिदानी दिनलाई भव्य रुपमा मनाउनका लागि सवै सरकारसंग आग्रह गरे । कार्यक्रममा साहित्यकार चन्द्रशेखर चमन, पत्रकार श्रीनाराण साह र कमल साहले प्रथम गणतान्त्रिक शहिद झाको योगदानको स्मण गर्दै प्रदेश सरकारले उत्सवको रुपमा मनाउनु पर्ने धारणा राखे ।   

अनुसन्धान केन्द्रका अध्यक्ष पूर्व प्राध्यापक शम्भुनाथ झाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद स्मृतिनारायण चौधरी, मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झा, पूर्व कृषि विज्ञ काशीकान्त झा, पूर्व प्रशासक जीवच्छ मिश्र, बरिष्ठ अधिवक्ता श्याम मिश्र, पत्रकारहरु अजय कुमार झा, धवेन्द्र झा, मधेश आन्दोलनका अगुवा ईन्द्र कुमार मधेशानन्द, काँग्रेसका यूवा नेता प्रवेश चौधरी सहितका वक्ताहरुले बोलेका थिए ।

 

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

7 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

7 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

7 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

7 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

7 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

7 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..