बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र संकटमोचन मा.वि. विजय
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,माघ २९ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा गोगल प्रसाद मा.वि. र संकटमोचन मा.वि. विजय भएका छन ।
आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र जनक इङलिस बोर्डिङ स्कुल बीच खेल भएको थियो जसमा गोगल प्रसाद मा.वि. ले टस जितेर सुरुवातमा जनक इङलिस बोर्डिङ स्कुल लाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । जनक इङलिस बोर्डिङ स्कुल खेलाडीहरु निर्धारित २० ओभर पनि खेल्न सकेन। यस खेलमा जनक इङलिस बोर्डिङ स्कुलका खेलाडीहरुले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो। जनक इङलिस बोर्डिङ स्कुल ले ३१ रनको झिनो लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम डि ईब्राहिम ले ३ बलमा ५ रन र केशव गुप्ता ले ५ बलमा ५ रनको योगदान दिएका थिए।
गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका विमलेश सहनी ले ३ ओभर ३ बलमा मा १३ रन खर्चेर ४ विकेट र धिरज दास ले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए ।
जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले २.३ ओभरमा विना कुनै विकेट को क्षतिमा सजिलै ३६ रन बनाएर १० विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि नट आउट रहदै ल १० बलमा १७ रन र विमलेश सहनीले पनि नट आउट रहदै ८ बलमा २० रन बनाए । जनक इङलिस बोर्डिङ स्कुल का लागि बलिङ गरेका ईमरामन खान ले २.३ ओभरमा १३ रन खर्चेर कुनै विकेट हासिल गर्न सकेन र केशव गुप्ताले एक ओभरमा १६ रन खर्चेर कुनै विकेट हासिल गर्न सकेन । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का बिमलेश सहनी घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी उद्योग बाणिज्य संघ जनकपुरका पुर्व अध्यक्ष शिव शंकर साह "हिरा" द्वारा हस्तान्तरण गरिएको थियो।
त्यस्तै आजको दोस्रो खेल मिथिला मन्टेशरी स्कुल र संकटमोचन मा.वि. बीच भएको थियो जसमा मिथिला मन्टेशरी स्कुल ले टस जितेर सुरुवातमा ब्याटिङका रोजेको थियो । मिथिला मन्टेशरी स्कुल का खेलाडीहरु १९.५ ओभरमा ८ विकेट गुमाएर १३० रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि सुधीर यादव ले २४ बलमा २१ र भरत साहले २९ बलमा ३० रनको योगदान दिएको थियो ।
संकटमोचन मा.वि. को तर्फबाट लागि बलिङ गरेका निखिल यादव ले चार ओभरमा २१ रन खर्चेर तीन विकेट र अजित मिश्रा ले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए ।
जवाफ ब्याटिङका लागि आएका संकटमोचन मा.वि. ले १८.१ ओभरमा ७ विकेट गुमाएर १३२ रन बनाएर ३ विकेट ले जीत हासिल गर्यो । यस टिमका लागि अंकित यादव ले ३६ बलमा ५६ बनाए भने अमित झा ले १६ बलमा १२ रन बनाए । यस खेलको म्यान अफ दी म्याच संकटमोचन मा.वि. का अंकित यादव घोषित भएका थिए । मिथिला मन्टेशरी स्कुल का लागि बलिङ गरेका सुधीर यादव ले चार ओभरमा २१ रन खर्चेर ४ विकेट र भरत साह ले चार ३.१ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस खेलको म्यान अफ द म्याचको उपाधी पेट्रोलियम डिलर्स एसोसियनका जनकपुरका नव नियुक्त अध्यक्ष श्री किशुनदेव साह द्वारा हस्तान्तरण गरिएको थियो।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। भोलि पनि दुईवटा खेल हुने आयोजक जानकारी दिएको छ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
5 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
5 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
5 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
5 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
5 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
5 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..