बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र सिदार्थ शिशु सदन विजय

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,फागुन १ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गोगल प्रसाद मा.वि. र सिदार्थ शिशु सदन विजय भएका छन ।

आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र श्री राम स्कुल बीच खेल भएको थियो जसमा श्री राम स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । श्री राम स्कुलका खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाउन सफल भएका थिए । गोगल प्रसाद मा.वि. ले जितको लागि १५३ रनको लक्ष्य प्रतिद्वन्दी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम सार्थक झा ले २६ बलमा ३२ रन र ईरसाद खानले ४६ बलमा ५४ रनको योगदान दिएका थिए।

गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका धिरज साह ले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट र सचिन ले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । 

जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले १७.३ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर ३ विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि ले ४० बलमा ४२ रन र विमलेश सहनीले १९ बलमा ३५ रन बनाए । श्री राम स्कुलका लागि बलिङ गरेका दिपेश मण्डल ले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट हासिल गर्न सफल भएका थिए भने ईरशाद खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का अविनाश निधि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी लोसपा नेपालका वरिष्ठ नेता तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोद्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै आजको दोस्रो खेल जनकपुर पब्लिक स्कुल र सिदार्थ शिशु सदन बीच भएको थियो जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर ब्याटिङका लागि सिदार्थ शिशु सदन लाई आमन्त्रण गरेका थिए । सिदार्थ शिशु सदनका खेलाडीहरु १८ ओभरमा अल आउट हुदै ९६ रन बनाउन सफल भएका थिए। यस टिमका लागि मुकेश यादव ले २२ बलमा २२ र अनिश रोहिताले १६ बलमा १८ रनको योगदान दिएका थिए ।

जनकपुर पब्लिक स्कुलको तर्फबाट लागि बलिङ गरेका आदित्य यादवले चार ओभरमा १७ रन खर्चेर ४ विकेट र आतिश झाले चार ओभरमा एक मेडन ओवेर राख्दै २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । 

जवाफी ब्याटिङका लागि आएका जनकपुर पब्लिक स्कुलका खेलाडीहरु माथि सिदार्थ शिशु सदनका खेलाडीहरु हाबी हुँदै १४.४ ओभरमा ६७ रनमै अलआउट पार्दै सिदार्थ शिशु सदनले २९ रनले जीत हासिल गरेका छन । यस टिमका लागि विकाश साहले १५ बलमा १० रन बनाए भने रिजवान राइनले २५ बलमा १६ रन बनाए । सिदार्थ शिशु सदनकाका लागि बलिङ गरेका आयुष यादवले चार ओभरमा ६ रन खर्चेर ४ विकेट र अनिश रोहिताले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच सिदार्थ शिशु सदनका आयुष यादव घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी जनकपुर जेसिजका नव नियुक्त अध्यक्ष जेसि यातोस साह द्वारा हस्तान्तरण गरिएको थियो।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।

12 comments
भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..

जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..

17 दिन पहिले

भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..

जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..

17 दिन पहिले

लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..

जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..

17 दिन पहिले

संविधान संशोधन बटमलाइन भन्दै मधेशी दलहरुको संघिय लोकता..

जनकपुरधाम चैत २१ गते । संविधान संशोधनलगायत २६ वटा उद्देश्य राखेर तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरे..

18 दिन पहिले

ओरेक मधेशले मनाए ३४ औ वार्षिक उत्सव

जनकपुरधाम चैत २१ गते । ओरेक मधेस प्रदेश कार्यालयले एक कार्यक्रमका बिच ३४औं वार्षिक उत्सव बनाएका छन् । मधेश प्रदे..

19 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

19 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

19 दिन पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

1 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

2 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

2 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

5 महीना पहिले