
मिथिलामा धुमधामका साथ सरस्वतीको पूजा आराधना
1 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम ,फागुन २ गते । । विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा आराधना गर्दै भव्य रुपमा जनकपुरधाम सहित मधेश प्रदेशका जिल्लाहरूमा आज बिहानदेखि मनाईदैछ । जनकपुरधामका शिक्षालयहरूमा विद्यार्थीहरूले माता सरस्वतीको विधिपूर्वक पूजा आराधना सहित विविध सांस्कृतिक कार्यक्रम गरि सरस्वती पूजा गरिरहेका छन् ।बिहान देखि नै जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरूमा विद्यार्थी, शिक्षक, अभिभावकहरूको अत्यधिक चहलपहल देखिएको छ । मिथिलामा माटोको प्रतिमा बनाएर सरस्वतीको पूजा गर्ने चलन अत्यधिक मात्रामा भएकाले ठाउँ ठाउँमा सरस्वतीको प्रतिमा स्थापित गरेर पूजा गरिएको थियो ।
जनकपुरधाम सहित मिथिलाका गाउँ गाउँमा रहेका विद्यालयहरूमा भएका स्थायी सरस्वती मन्दिरको सरसफाई तथा रंगरोगन गर्ने काम विगत एक साता अगाडी देखि नै हुँदै आएको छ । कतिपय विद्यालयमा सरस्वती मन्दिर नभएपछि माटोको प्रतिमा नै ल्याएर पूजा गरिएको छ ।
विगतको वर्षहरुमा सरस्वती पूजाको नाउँमा उत्श्रृखलता बढेपछि विद्यालयहरू तथा कलेज एवं स्थानीय प्रशासनले विद्यार्थीहरूलाई पोशाकमा आउन र सभ्य किसिमले गर्नका लागि निर्देशन दिएपछि धेरै विद्यार्थीहरू पोशाकमा नै विद्यालय तथा कलेजमा आएका थिए ।
केही विद्यार्थीहरूले विद्यालय वा कलेजको पोशाक भन्दा फरक पोशाक लगाएपनि सभ्य भएको खण्डमा मात्र विद्यालय वा कलेजमा प्रवेश गर्न दिएका थिए । कतिपय विद्यालयले पोशाक अनिवार्य गरेका कारणले विद्यार्थीहरू ती विद्यालयमा कम मात्रामा सरस्वती पूजामा सहभागी भएका थिए ।
सरस्वती पूजाका दिन विद्यार्थीहरूले फरक पोशाक मन पराउने भएकाले कतिपय विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाक भन्दा फरक पोशाक लगाएका थिए । जनकपुरधामको पुरानो कलेजको रुपमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजामा पूर्व उपप्रधानमन्त्री एवं लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुनु भएर पूजा अर्चना गर्नु भएको छ ।
जनकपुरधामको मिट कलेज तथा विद्यालयमा विद्यार्थीहरूले भव्य रुपमा सरस्वती पूजाको आयोजना गरेका छन् । पूजामा धेरै विद्यार्थीहरूले विद्यालयका पोशाक आएको र थोरै अन्य पोशाकमा आएपनि सभ्य किसिमले आएर पूजा गरेको प्राचार्य मनोज साहले जानकारी दिनु भयो ।

सामुदायिक विद्यालयहरूमा पोशाकमा कडाइ गरिएका कारणले जनकपुरधामको ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयमा प्रायः विद्यार्थीहरू पोशाकमा नै आएका थिए । थोरै मात्र विद्यालय बाहेकका पोशाकमा आएपनि सभ्य किसिमले आउनेलाई प्रवेश गर्न दिएको प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनु भयो ।
धेरै विद्यार्थीहरू अध्ययनरत रहेको जनकपुरधामको सामुदायिक विद्यालय मध्येका एक संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा अधिकांश विद्यार्थी शिक्षक, शिक्षिकाहरू विद्यालयको पोशाकमा नै आएका थिए । विद्यालयमा सरस्वती पूजाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक बलिराम साहले जानकारी दिनु भयो ।
यस पटक सरस्वती पूजाकै दिन प्रणय दिवस परेकाले कुनै प्रकारको उत्श्रृखल क्रियाकलाप नहोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयले सभ्य तरिकाले बनाउनका लागि सूचना जारी गरेका कारणले नगर क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाउने काम भएका थिए । साभार : रेडियो नेपाल

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
3 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
3 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
5 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
6 दिन पहिले
गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर
जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..
7 दिन पहिले
जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..
जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..
7 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
8 दिन पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
15 दिन पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
15 दिन पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
15 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
1 महीना पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
3 महीना पहिले
गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर
जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..
जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..