जनकपुरधामलाई शैक्षिक नगरी बनाउने : नगर प्रमुख साह

9 महीना पहिले प्रकाशित

Smrititimes

राहुल कुमार सिंह

जनकपुरधाम, फागुन ४ गते ।  जनकपुरधाम उपमहानगरपालिका वडा नंं.१ स्थित शिब शारदा से.ई.बो.स्कुलको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा विद्यालयका संस्थापकरप्रिन्सिपल सुजित कुमार मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले माता सरस्वतीलाई माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख साहले नगरलाई शैक्षिक नगरी बनाउने कार्ययोजनाहरु बारे बुदाँगत चर्चा गर्दै शिव शारदाले छोटो समयमा अभिभावकको मन जित्न सफल विध्यालयको रुपमा अगाडि बढेको भन्दै प्रशंसा गरेका छन । उपमहानगरपालिकाको शिक्षा जगतमा सामुदायिक विद्यालयहरुको साथै निजि विद्यालयहरुको पनि ठुलो योगदान रहेको बताउदै राज्यको निति नियमका कारण निजी विध्यालयहरुलाई मर्का परेको आफुले बुझेको बताएका छन । विद्यालयमा विद्यार्थी पठाएर मात्र दायित्व पुरा नहुने भएकोले पठन पाठनबारे चासो राख्न समेत अविधावकहरुलाई उनले सुझाव दिएका छन ।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट आतिथि तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शैलेन्द्र झाले निजी विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार भएको हुनाले विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा समेत धेरै सुधार भएको बताउदै विद्यालयको प्रशंसा गरेका छन । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उनले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिने बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शिब शाारदाले छोटो समयमा सोचे भन्दा राम्रो नतिजा दिन सफल बोर्डिङ स्कुलको रुपमा स्थापित भएको भन्दै प्रशंसा गरेको थियो ।
त्यस्तै विद्यालयमा हालै सम्पन्न भएको तेस्रो त्रैमासिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पुर्व उपाध्यक्ष एवंम गोरखापत्र सम्वाददाता धवेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , मधेश व्यावसन केन्द्रिय अध्यक्ष अमरेन्द्र झा , पत्रकार पुरन साह लगायतका व्यतिmहरुको सहभागिता रहेको थियो ।

12 comments
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

2 दिन पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

2 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

13 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

21 दिन पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

22 दिन पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

23 दिन पहिले

सशक्त वालिका परियोजना अन्तरगत स्वास्थ्यकर्मीलाई पुनरत..

जनकपुरधाम असोज १९ गते धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिका अन्तरगत रहेका स्वास्थ्यकर्मीहरु..

25 दिन पहिले

सामुदायिक परिवार कल्याण संघको २५ औँ साधारण सभा सम्पन्न

जनकपुरधाम असोज १४ गते । ग्रामिण क्षेत्रमा शिक्षा , स्वास्थ्य, वाल संरक्षण लगायतका जनचेतनामुलक कार्यक्रम संचालन ग..

30 दिन पहिले

अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..

बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..

2 महीना पहिले

आत्महत्या रोक्न जनकपुरधामका तीन माविमा सचेतना कार्यक्..

जनकपुरधाम भदौँ २५ गते ।विश्व आत्महतया रोकथाम दिवसका अवसरमा सोमबार जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा यहाँका ..

2 महीना पहिले

सशक्त बालिका परियोजनाका सम्बन्धमा अभिम्ुखिकरण सम्पन्न

जनकपुरधाम भदौँ २५ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित सशक्त बालिका परियोजनाका सम्बन्धमा अहिल..

2 महीना पहिले

दर्ता बिना संचालित नीजि विद्यालयका विषयमा कागज सहि..

बटुकनाथ झाजनकपुरधाम भदौँ २५ गते ।जनकपुरधाम उपमहानगरपालिका भित्र संचालनमा रहेको दर्जनौ नीजि तथा आवासीय विद्याल..

2 महीना पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..