धनुषामा दुई चरणमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने 

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, फागुन ५ गते ।मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०-८१ अन्तर्गत धनुषा जिल्लामा दुई चरणमा खोप लगाइने भएको छ ।  

स्वास्थ्य कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि दादुरा–रुबेला महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका छन् । 

दादुरा–रुबेला खोप अभियानलाई प्रथम चरण र दोस्रो चरण गरि दुई चरणमा बांडेको हो । 

धनुषाको १८ वटा स्थानीय तहमध्ये पहिलो चरण फाल्गुन १३ गते देखि २१ गते सम्ममा ९ वटा स्थानीय तहमा खोप सेवा उपलब्ध गराइने कार्यक्रम रहेको छ । 

स्थानीय तह अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मुखियापट्टि मुसहरनिया गाउंपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउंपालिका, क्षिरेश्वर नगरपालिका, बटेश्वर गाउपालिका , मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकामा दादुरा रुबेला खोपको सेवा दिईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेब यादबले बताए । 

अधिकृत यादवले दोस्रो चरणमा धनौजी गाउंपालिका, औरही गाउंपालिका , विदेह नगरपालिका , जनकनन्दनी गाउंपालिका, कमला नगरपालिका , शहिदनगर नगरपालिका , सबैला नगरपालिका , धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिकामा खोप लगाइने ब्यवस्था रहेको ध्यानाकर्षण गराए । 

उनले लक्षित समूहमा पर्ने बालबालिकाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका लक्ष्य ६७ हजार २ सय ४४ जनालाई खोप दिईने लक्ष्य छ भने ५ वर्ष देखि १५ वर्ष मुनिका लक्ष्य १ लाख ५८ हजार ७ सय ८६ गरि जम्मा २ लाख २६ हजार ३० बालबालिकाहरु दादुरा रुबेला खोप दिइने लक्ष्यमा रहेको बताए । 

उनले स्वास्थ्य कार्यालयले १ हजार १ सय १२ वटा खोप केन्द्र अन्तर्गत ८ सय ३३ वटा विद्यालयमा खोप दिने लक्ष्य लिएको जानकारी गराए । यसका लागि २ हजार २ सय २४ जना स्वयमसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचलन गरिने बताए । 

त्यस्तै १ सय ७३ वटा आधारभुत स्वास्थ्य संस्था र ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिन लागेको जानकारी समेत गराए । 

12 comments
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

12 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

12 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

13 दिन पहिले

धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार  धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..

17 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

18 दिन पहिले

बहुअर्वामा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..

17 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

18 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

2 महीना पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

3 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

3 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

3 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

3 महीना पहिले