दोस्रो प्रयासबाट जनकपुर एयरपोर्टमा अवतरण भयो मुख्यमन्त्री यादवसहितको विमान
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, ९ फागुन ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित काठमाडौंबाट उडान भरेको बुद्ध एयरको उडान नम्बर यु फोर ५०९ को यात्रुवाहक विमान बुधबार साँझ जनकपुर विमानस्थलमा ओभरसुट गरी पुनः अवतरण गरेको छ ।
जनकपुर विमानस्थलमा एककासि स्याल देखिएपछि ७० यात्रु उडान भरिरहेको विमानका चालकले अवतरण हुनुभन्दा निमेष भरअघि विमानलाई ओभरसुट गराएका थिए । ओभरसुट (विमान अवतरण हुने अन्तिम क्षणमा रनवेमा नआई पुनः उडान भर्ने) हुँदा विमानलाई करिब २० मिनेट सिरहा र धनुषामा फन्को मार्नुपरेको थियो । यस अवस्थालाई होल्ड समेत भनिन्छ ।
जनकपुर विमानस्थलस्थित बुद्धएयरका स्टेशन म्यानेजर विजयकुमार सिँहले धावनमार्गमा कुनै वस्तु देखिएर सामान्य अवरोधको अवस्था तथा हावाको गतिका कारण ओभरसुट हुने गरेको बताए ।
कहिलेकाँही अनस्टेवल एप्रोच र एप्रोच फाइल नमिलेर पनि त्रिभुवन विमानस्थललगायत नेपालका अन्य एयरपोर्टमा विमान ओभरसुट हुनेगरेका छन् ।
विमान चालकले जोखिम मोल्न नचाहेर ओभरसुट गराउने गरेको र यो सामान्य अवस्था सामान्य भएको स्टेशन म्यानेजर सिँहको भनाइ छ ।
विमानमा सवार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झाले गुन्टा कसेर विमानबाट निस्कने मनस्थितिमा रहेका बेला अवतरण नहुँदै विमान एक्कासि उचाइ लिन थालेको र अलिक बेर फन्को मार्दैै अवतरण भएको बताए ।
‘प्रायः हवाईयात्रा गर्नेका लागि यस्तो अनुभव नौलो र फरक नभए पनि कम हवाईयात्रा गरेका यात्रुलाई यो अवस्थाले त्रसित तुल्याउँछ नै । विमानमा केही यात्रुका अनुहार मलिन रहेको पाएँ,’ झाले भने ।
विमान आभरसुट भएको र त्यसको कारण धावनमार्गमा स्याल आएको जानकारी विमान परिचारिकाले विमान उडिरहेकै बेला सुनाई यात्रुलाई सान्तवना दिएका थिए ।
बुद्ध एयरको ओभरसुटका कारण यति एयरको विमानसमेत जनकपुरमा अवतरण हुनुपूर्व होल्डमा परेको थियो ।
साभार : टोलपडोस
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
4 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
4 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
4 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
4 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
4 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
4 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..