मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा दादुरा-रूबेला सम्बन्धि अभिमुखीकरण गाेष्ठीकाे आयाेजना

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, फागुन ११ गते । दादुरा–रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ । शुक्रवार सञ्चारकर्मीहरुसंग आयोजित गोष्ठीमा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले फाल्गुन १३ गते देखि चैत्रको ७ गते भित्र ९ महिना देखि १५ वर्ष सम्मको बालबालिकालाई खोप दिने लक्ष्य रहेको जानकारी दिए । खोप अधिकृत झाले मधेश प्रदेशका आठ वटा जिल्लाहरुमा करिब १९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको बताए । उनले ७७ वटा जिल्लाहरुमा मधेश प्रदेशको पूर्ण खोप घोषण भएका जिल्लाहरु सिरहा, सप्तरी, सर्लाही र बारा तथा घोषणा हुन प्रक्रियामा धनुषा, महोत्तरी, रौतहट र पर्सा रहेको जनाए । उनले मधेश प्रदेशमा कुल जम्मा खोप केन्द्र संख्या ११ हजार ३ सय ४६ रहेका जसमध्ये खोप कार्यकर्ता १५ हजार ५ सय ८४ तथा स्वयंसेवक संख्या १५ हजार ५ सय ८४ रहेका उल्लेख गरे । स्वास्थ्य निर्देशनालयका निमिति निर्देशक श्रवण कुमार नायकले दादुरा रुवेला भ्याक्सिन १० मात्रा भाइल २ लाख ५१ हजार ७ सय ९८ प्राप्त भएको तथा ए.डी. सिरिन्ज ०.५ एम.एल. २ करोड १९ लाख ४ हजार साथै घोलक सिरिज ५ एम.एल. २ लाख १९ हजार ६०० सय र सेफ्टी बक्स २६ हजार ९ प्राप्त भएका ध्यानाकर्षण गराए । उनले दादुरा–रुबेला विरुद्धको खोप अभियान तोकिएको तथा लक्षित समूहका लागि सुरक्षा कवचको रुपमा रहेकाले जनसमुदायलाई सुसुचित गर्न हरेक क्षेत्रवाट पहल हुनुपर्ने बताए । यस कार्यक्रमको मूख्य उद्देश्य बालबालिकाहरुमा दादुरा–रुबेला, धनुष्टंकार, अपाङता, पोलियो जस्ता रोगलाई नियन्त्रण, निवारण र उन्मुलन गर्नु हो । सन् २०१८ मा पहिलाको तुलनामा ९७ प्रतिशत बिरामीहरु घटेको हुंदा रुबेला र जन्मजात रुबेला सिन्ड्रोम नियन्त्रणको प्रमाण पत्र नेपालले प्राप्त गरेका जानकारी WHO का प्रविण झाले जानकारी दिए । कार्यक्रममा WHO का डा. सुरेश कुमार शुक्ला तथा डा. नितेश मिश्रा लगायतका उपस्थिति रहेका थिए ।

12 comments
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

12 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

12 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

13 दिन पहिले

धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार  धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..

16 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

17 दिन पहिले

बहुअर्वामा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..

17 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

17 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

2 महीना पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

3 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

3 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

3 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

3 महीना पहिले