सुनसरीको इनरुवा आसपासमा कर्फ्यु

2 वर्ष पहिले प्रकाशित

Smrititimes

विराटनगर,चैत २३ गते ।  सुनसरीमा जारी झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै कर्फ्यु लगाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम आज साँझ ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी हुँदासम्मलाई प्रशासनले कर्फ्यु लगाएको हो ।

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको कर्फ्यु आदेशमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आवतजावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा र्‍याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ ।

इनरुवा नगरपालिका क्षेत्र, हरि नगर गाउँपालिका क्षेत्र, देवानगंज गाउँपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु जारी गरेको हो ।

 

बिहान सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । शुक्रवार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएको स्थानीय सञ्चारकर्मी जुगेश बाबुले जानकारी दिए ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले जानकारी दिए । उनीहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको भट्टराईले बताए ।

बिहीबार एसइई परीक्षाको क्रममा हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच तनाव बढेको थियो । दुवै समूहका स्थानीयहरू झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

साभार : नेपाल प्रेस

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

6 मिनट पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

6 मिनट पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

9 मिनट पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

16 मिनट पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

17 मिनट पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

17 मिनट पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..