आज अक्षय तृतीया, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

7 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,वैशाख २८ गते । प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदैछ ।  आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।  आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ ।

यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।

यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौं, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।

पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् ।

यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउँछन् । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको उनको कथन छ ।

साभार : नेपाल प्रेस

12 comments
मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..

प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..

2 घन्टा पहिले

मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..

प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..

2 घन्टा पहिले

छात्रबृति विषयमा विद्यालय संचालकहरु लचक हुँदा समेत वार..

बटुकनाथ झा जनकपुरधाम मंसिर ८ गते । जनकपुरधामका सामुदायिक विद्यालयका संचालक र उपमहानगरपालिका बिच छात्रबृतिका व..

4 दिन पहिले

ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न

जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..

4 दिन पहिले

शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..

जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..

4 दिन पहिले

सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..

जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

12 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

17 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरु संगठित हुदै

जनकपुरधाम कातिक २४ गते ।आफ्नो अधिकारको लागि संघर्षरत मधेशी अपाङगता भएका व्यक्तिहरु संगठित हुन थालेका छन् । राज्..

18 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

2 महीना पहिले

छात्रबृति विषयमा विद्यालय संचालकहरु लचक हुँदा समेत वार..

बटुकनाथ झा जनकपुरधाम मंसिर ८ गते । जनकपुरधामका सामुदायिक विद्यालयका संचालक र उपमहानगरपालिका बिच छात्रबृतिका व..

शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..

जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..

न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..

जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..

सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..

जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..