निःशुल्क ट्युसनले रविनको शिक्षामा पहुँच बढ्दै
2 वर्ष पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम, असार २६ गते ।
धनुषा जिल्लाको बिदेह नगरपालिका ६ गिद्धाबेलापट्टीमा गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्रको सहयोगमा संचालनमा रहेको निःशुल्क ट्युसन कक्षाले स्थानीय रविन कुमार महरालाई पढाईमा सजिलो भएको छ । जनता प्राविधिक उच्च माविमा कक्षा ९ मा अध्ययनरत रविन केहि वर्ष पहिला गरिबीका कारणले पढाई छाडेर बालश्रममा लागेका थिए । ब्ुवाको नाउँमा जग्गा नभएपछि अर्काको खेलमा थोरै मजदुरीमा काम गर्ने रबिनको दिन चर्या अहिले फेरिएको छ । उनि अहिले नियमित रुपमा विद्यालय मात्र जादैन, आफ्नै गाउँमा हुने निःशुल्क ट्युसन कक्षामा समेत सहभागि भई शिक्षा आर्जन गरिरहेका छन् । रविन भन्छन, ‘ पैसाको आभावमा पहिला पढाई छाडेर अरुको खेतमा रोपाई गर्ते, गोवर उठाउने, खेलमा अरु काम गर्ने लगायतका काम गरी केहि पैसा कमाएर घरको खर्च टार्ने गर्थे ।’अहिले पनि सामान्य काम गरिरहेका रविन केहि पैसा पनि कमाईरहेका छन तर, नियमित रुपमा विद्यालय समेत गइरहेका छन् । उनका बुवा किशुन महरा अरुको खेलमा अहिले पनि काम गरी दैनिक जिवनयापन गरिरहेका छनभने आमा लक्षमिनियाँ देवी महरा घरकै काममा व्यस्त रहन्छिन । केहि वर्ष पहिला उनको गाउँमा सामुदायिक सुधार केन्द्रले निःशुल्क ट्युसन संचालन गरेपछि आमा लक्षमिनियाँ देविले रविनलाई उक्त ट्युसन कक्षामा नामांकन गराए । ट्युसनमा सहभागी भएपछि रबिन नियमित रुपमा विद्यालय समेत जाने गरेका छन् । उनि पुर्ण समय विद्यालयमा अध्ययन गरी ट्युसन समेत गरेर केहि समय निकालेर श्रम पनि गरिरहेका छन् । तर, नेपालमा बल श्रम गर्नेको संख्या लाखौँमा छन् । विद्यालय जानु र समय निकालेर घरको अवस्था अनुसार श्रम गर्नु सम्म त ठिकै हो । केन्द्रिय तथ्यांक विभागको सन् २०२१ को रिपोर्ट अनुसार नेपालमा बाल श्रममा लागेका १० लाख डण् हजार बालबालिका छन् । धनुषामा समेत हजारौँको संख्यामा बाल श्रममा लागेकाहरु छन् । तर, न त स्थानीय सरकार संग कुनै तथ्यांक छ न प्रदेश सरकार संग । मानव विकासको लागि बाल श्रम मुख्य अवरोधक हो । नेपालको संबिधानको मौलिक हक अन्तगत धारा ३९(४) बालबालिकालाई जोखिमपुर्ण श्रममा लगाउन नपायने, धारा ५१ राज्यका नीति अन्तरगत झ(३) बालश्रम लगायत सबै श्रमका शोषण अन्तयका प्रतिबद्धता रहेका छ्न। तर, त्यो संबिधानमा मात्र सिमित देखिएको छ । बालबालिकाहरुको हातमा कापीकलम लगायतका शैक्षिक सामग्री देखिनुपर्छ नकि श्रमगर्ने बाध्यता । बालबालिकालाई उमेर अनुसार उनको बृद्धि र विकासमा नाकारात्मक असर नपार्ने कार्य गराउनु हुदैन यो कुरा सबैले बुझेकै हो । तर, पनि समाजमा बाल श्रम बढिनै रहेको छ । रबिन जस्तै बिदेह नगरपालिकामा अरु बालबालिकाहरु छन जसलाई बालश्रमबाट बाहिर ल्याई विद्यालयमा पुर्ण समय दिनुपर्ने वातावरण मिलाउनु पर्छ । यसका लागि स्थानीय सरकारले समेत ध्यान दिनुपर्ने हुन्छ ।नेपाल सरकारले आधारभूल सम्मको शिक्षा निःशुल्क तथा अनिवार्य गरेको छ भने माध्यमिक तहको शिक्षा निःशुल्क गरेका छन् । तर, पनि गरिबीको कारण देखाई जिल्ला स्तरमा हजारौँ बालबालिकाहरु विद्यालय नगई श्रममा लागेका छन् । तिनीहरु दलित तथा विपन्न समुदायका रहेका देखिन्छ । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई अनिवार्य रुपमा औपचारिक रुपमा संचालित विद्यालयमा हुनुपर्ने वातावरण मिलाउन राज्यका हरेक तहमा रहेका प्रतिनिधिहरुको दायित्व रहेको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले