कठालका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ६ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.६ बल्हा कठालमा संचालनमा रहेको अभिभावक शिक्षा समुह अन्तरगत बाल विकासका पक्षहरु सम्बन्धमा प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । प्लान ईन्टरनेसन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना (गल्र्स स्टेन्डिङ स्ट्रोङ प्रोजेक्ट) अन्तरगत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्रशिक्षण दिइएको हो । गर्भ देखि दुई वर्ष सम्मका बालबालिकाको चरणबद्ध रुपमा हुने बाल विकासका क्रममा अभिभावकबाट गरिने क्रियाकलापहरुका बारेमा आम नागरिकलाई जानकारी गराउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सो तालिम प्रदान गरिएको परियोजनाका फिल्ड सुपरभाइजर विजय साहले जानकारी दिनुभयो । उहँका अनुसार सो तालिममा सहभागी ९ जना स्वास्थ्य स्वयंसेविका तथा एक जना स्वास्थ्यर्मी दिपनारायण महरालाई प्रशिक्षक किरण दास तथा राजिव यादवले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणका क्रममा सहभागीहलाई प्रारम्भिक वाल्यावस्थाका विकासात्मक चरणहरु, विशेषता तथा व्यवहारका विषयमा सविस्तार जानकारी गराइएको छ । वाल्यावस्थाका बालबालिकाहरुको संवेगात्मक विकासका चरणहका बारेमा समेत सहभागीहरुलाई प्रशिक्षकले जानकारी गराउनु भएको फिल्ड सुपरभाइजर साहले जानकारी दिनुभयो । उमेर अनुसार शिशुहरुको क्रियाकलाप भईरहेका छ कि छैन त्यो ध्यानमा राखि उनिहरुको विकासात्मक अवस्थाअनुरुप उचित स्याहार र हौसला प्रदान गर्ने विषयमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो । उक्त तालिम पछि महिला स्वास्थ्इस्वयं सेविकाहरुले आफ्ना वडा तथा छिमेकमा रहेका शिशु तथा बालबालिकाहरुको विभिन्न उमेरका विकासात्मक व्यवहार पहिचान गर्न सकिने तथा उनिहरुको सर्वाङ्गिण विकासलाई गति दिन उपयुक्त क्रियाकलापहरु बताउन सकिने प्रशिक्षकको भनाई छ । बालबालिकाको सामाजिक, मानसिक संबेगात्मक, बौद्धिक , भाषिक विकासका लागि आमा जस्तै बुवाले पनि स्याहारसुसारमा ध्यानदिनुपर्ने प्रशिक्षकले बताउनु भयो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले