मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कातिक ३० गते ।
मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुदायिक विद्यालयहरुको शैक्षिक विकासमा समस्या भईरहेको बेला प्रदेश स्तरीय विद्यालय शिक्षा क्षेत्र योजना सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई)को आयोजनामा एवम् साझेदार संस्था ग्लोवल एक्सन नेपाल तथा नेपाल अपाङग महिला संघको समन्वयमा सम्पन्न भएको शिक्षामा नागरिक समाजको सहभागिता मधेश प्रदेश स्तरीय विद्यालय शिक्षा क्षेत्र योजना स्थानीयकरण सम्बन्धि कार्यशालामा बोल्दै प्रमुख अतिथी धनुषाको शहीदनगर नगरपालिकाका मेयर निदेश कुमार यादवले सामुदायिक विद्यालयका शिक्षकहरुको जिल्लान्तर सरुवाको व्यवस्था नभए सम्म विद्यालय शिक्षा प्रभावकारी नहुने बताउनु भयो ।

वर्तमान अवस्थामा शिक्षकहरु राजनीतिक दलका कार्यकर्ता जस्तै काम गरिरहेको आरोप लगाउदै पालिकाको शिक्षा शाखा प्रमुख माथि अनावश्यक दवाव दिईरहेको बताउनु भयो । केन्द्र सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई नदिए सम्म शिक्षाका सुधार नआउने आशंका व्यक्त गर्नुभयो ।

कार्यशालामा सहभागीहरुलाई शिक्षा मन्त्रालयबाट आएका प्रशिक्षक भुमिराज आचार्यले बिद्यालय शिक्षा क्षेत्र योजनाका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले चालु शैक्षिक सत्रमा मधेश प्रदेशका हरेक पालिकामा शिक्षा योजना बनाउने काम भईरहेको समेत जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि नागरिक समाजको दवावमुलक सहभागिताको आवश्यक्ता रहेको सहभागिहरुले बताएका थिए ।

एनसिईका धनुषा संयोजक कमलेश मंडलले संचालन गर्नुभएको सो कार्यशालामा बोल्दै एनसिईका मधेश प्रदेश संयोजक लक्षमेश्वर मंडलले सार्वजनिक शिक्षालाई गुणस्तरीय, निःशुल्क, समावेशी बनाउने विषयमा एनसिईले वकालत गर्दै आएको बताउनु भयो । यसका लागि चार सय भनदा बढी संस्थाहरुको संजालले काम गरी रहेको जानकारी दिदै यो परियोजनाको रुपमा धनुषाको शहीदनगर नगरपालिका र लक्षमीनियाँ गाउँपालिकामा संचालन भईरहेको जानकारी दिनुभयो । नेपाल सरकारले बनाएको १० वर्षे विद्यालय शिक्षा सुधार योजनालाई सहयोग गर्न पालिकाहरुले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

२०८९ सम्मको यो योजनाका लागि संयुक्त रुपमा काम भईरहेको उहाँले जानकारी दिनुभयो । यो योजनालाई सफल बनाउन सबैले आ–आफ्ना स्तरबाट सहक्रिय सहभागीता जनाई सफल बनाउने दायित्व रहेको बताउनु भयो । एनसिईको मुख्य योजनाहरुमा विद्यालय शिक्षा क्षेत्र योजनाको संक्षेपिकरण गरी नेपाली र मैथिली भाषामा जानकारी पुस्तरक छापिने, शिक्षा व्यवस्थापन सुचना प्रणालीको प्रभावकारी प्रयोगमा सहयोग पुर्याउन ६० जना शिक्षक तथा नागरिक समाजका सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने,निःशुलक, समतामुलक र गुणस्तरीय शिक्षाको लागि प्रमाणमा आधारित वकालतमा नागरिक समाजको क्षमता अभिबृद्धि गर्ने, नागरिक समाजको सक्रिय सहभागिताबाट संघीय, प्रदेश र स्थानीय सरकारको जवाफदेहिता र पारदर्शिता अभिबृद्धि गर्ने , सूचना तथा तथ्यमा आधारित वकालत तथा नवाफदेहिता प्रवद्धृन गर्न सरोकारबलाको प्रभावकारी सहभागिता सुनिस्चित गर्ने लगायतका योजनाहरुको रहेको कार्यशलामा जनाइएको छ ।

12 comments
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

4 घन्टा पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

4 घन्टा पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

5 घन्टा पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

6 घन्टा पहिले

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

7 घन्टा पहिले

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..

काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..

4 दिन पहिले

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..

  जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..

8 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

15 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

2 महीना पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

2 महीना पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

2 महीना पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

3 महीना पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..