मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
कातिक ३० गते ।
मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुदायिक विद्यालयहरुको शैक्षिक विकासमा समस्या भईरहेको बेला प्रदेश स्तरीय विद्यालय शिक्षा क्षेत्र योजना सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई)को आयोजनामा एवम् साझेदार संस्था ग्लोवल एक्सन नेपाल तथा नेपाल अपाङग महिला संघको समन्वयमा सम्पन्न भएको शिक्षामा नागरिक समाजको सहभागिता मधेश प्रदेश स्तरीय विद्यालय शिक्षा क्षेत्र योजना स्थानीयकरण सम्बन्धि कार्यशालामा बोल्दै प्रमुख अतिथी धनुषाको शहीदनगर नगरपालिकाका मेयर निदेश कुमार यादवले सामुदायिक विद्यालयका शिक्षकहरुको जिल्लान्तर सरुवाको व्यवस्था नभए सम्म विद्यालय शिक्षा प्रभावकारी नहुने बताउनु भयो ।
वर्तमान अवस्थामा शिक्षकहरु राजनीतिक दलका कार्यकर्ता जस्तै काम गरिरहेको आरोप लगाउदै पालिकाको शिक्षा शाखा प्रमुख माथि अनावश्यक दवाव दिईरहेको बताउनु भयो । केन्द्र सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई नदिए सम्म शिक्षाका सुधार नआउने आशंका व्यक्त गर्नुभयो ।
कार्यशालामा सहभागीहरुलाई शिक्षा मन्त्रालयबाट आएका प्रशिक्षक भुमिराज आचार्यले बिद्यालय शिक्षा क्षेत्र योजनाका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले चालु शैक्षिक सत्रमा मधेश प्रदेशका हरेक पालिकामा शिक्षा योजना बनाउने काम भईरहेको समेत जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि नागरिक समाजको दवावमुलक सहभागिताको आवश्यक्ता रहेको सहभागिहरुले बताएका थिए ।
एनसिईका धनुषा संयोजक कमलेश मंडलले संचालन गर्नुभएको सो कार्यशालामा बोल्दै एनसिईका मधेश प्रदेश संयोजक लक्षमेश्वर मंडलले सार्वजनिक शिक्षालाई गुणस्तरीय, निःशुल्क, समावेशी बनाउने विषयमा एनसिईले वकालत गर्दै आएको बताउनु भयो । यसका लागि चार सय भनदा बढी संस्थाहरुको संजालले काम गरी रहेको जानकारी दिदै यो परियोजनाको रुपमा धनुषाको शहीदनगर नगरपालिका र लक्षमीनियाँ गाउँपालिकामा संचालन भईरहेको जानकारी दिनुभयो । नेपाल सरकारले बनाएको १० वर्षे विद्यालय शिक्षा सुधार योजनालाई सहयोग गर्न पालिकाहरुले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
२०८९ सम्मको यो योजनाका लागि संयुक्त रुपमा काम भईरहेको उहाँले जानकारी दिनुभयो । यो योजनालाई सफल बनाउन सबैले आ–आफ्ना स्तरबाट सहक्रिय सहभागीता जनाई सफल बनाउने दायित्व रहेको बताउनु भयो । एनसिईको मुख्य योजनाहरुमा विद्यालय शिक्षा क्षेत्र योजनाको संक्षेपिकरण गरी नेपाली र मैथिली भाषामा जानकारी पुस्तरक छापिने, शिक्षा व्यवस्थापन सुचना प्रणालीको प्रभावकारी प्रयोगमा सहयोग पुर्याउन ६० जना शिक्षक तथा नागरिक समाजका सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने,निःशुलक, समतामुलक र गुणस्तरीय शिक्षाको लागि प्रमाणमा आधारित वकालतमा नागरिक समाजको क्षमता अभिबृद्धि गर्ने, नागरिक समाजको सक्रिय सहभागिताबाट संघीय, प्रदेश र स्थानीय सरकारको जवाफदेहिता र पारदर्शिता अभिबृद्धि गर्ने , सूचना तथा तथ्यमा आधारित वकालत तथा नवाफदेहिता प्रवद्धृन गर्न सरोकारबलाको प्रभावकारी सहभागिता सुनिस्चित गर्ने लगायतका योजनाहरुको रहेको कार्यशलामा जनाइएको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले