सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्धि पाँच दिने तालिम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
कातिक ३० गते ।
धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परिवर्तनका संबाहक कक्षा व्यवस्थाकहरुको पाँच दिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपालको साझेदारीमा सामुदायिक परिवार कल्याण संघ तथा सपोर्ट नेपालको संयुक्त आयोजनामा संचालित बालिका सशक्तिकरण परियोजना अन्तरगत गठित नयाँ परिवर्तनका संबाहक सिओसी सहजकर्ताहरुको तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा सहभागी सहजकर्ताहरुलाई परियोजनाको बारेमा र कक्षाको बारेमा बिस्तृत जानकारी गराउनुका साथै हानिकारक परम्परागत सोच, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउने , यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी व्यापक छलफल गरिएको थियो ।सहभागीहरुलाई सिसो नेपालका कार्यकारी निर्देशक बृहतर यौनिकता शिक्षा विज्ञ खुमानन्द सुवेदी तथा निर्देशक प्लान इन्टरनेशनल नेपालका टेक्निकल ओकर्डिनेटर कृति बैद्यले प्रशिक्षण दिनु भएको थियो ।
उक्त तालिम पछि सहभागीहरुले विभिन्न वडामा किशोर किशोरीहरुको फरक समुह बनाई एउटा समुहमा १० वर्ष देखि १५ वर्ष उमेर समुहका तथा अर्को समुहमा १५ देखि २४ वर्ष सम्मका किशोर किशोरीहरुलाई चार समुहमा विभाजन गरी सप्ताहको दुई घण्टा कक्षा संचालन गर्ने सिओसी सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको बैद्यले जानकारी दिनुभयो । १५ वटा निर्देशिका अनुसार कक्षा संचालन गरिने विषयमा सिओसी सहजकर्ताहरुलाई तालिम प्रदान गरी किशोरीहरुलाई निर्धक्क बनाउ, आत्मविस्वास बढाउने, आफ्नो अधिकारको विषयमा जानकारी दिई लैंिगक हिँसा सम्बन्धि जानकारी दिनुका साथै किशोरहरुलाई लैगिक समानता र किशोरीलाई सहयोग गर्ने विषयमा परिवर्तनका सम्बाहक कक्षा संचालन हुने उहाँले बताउनु भयो ।
यसका साथै परियोजना अन्तरगत अनतरपुस्ता सम्बाद, लैँगिक बहस तथा किशोरकिशोरीलाई संगै बसाएर बालबिबाह न्युनिकरण सम्बन्धि निर्देशिका अनुसार छलफल गरिने बताउनु भयो । उक्त तालिममा धनुषाका जिल्लाको विदेह नगरपालिका, शहीदनगर नगरपालिका,कमला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका १९ जना सहजकर्ता शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम अवधिभर सामुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक यमलाल साशंकर, कार्यक्रम अधिकृत राजनन्दन यादव तथा सपेर्ट नेपालका अनुगमन मुल्यांकन अधिकृत अनिल साह लगायतको सहभागिता रहेको थियो ।
नयाँ सीओसी कक्षाहरु जनकनन्दिनी गा.पा.को वडा नं. १, ४ र ६ र विदेह न.पा.को वडा नं. १, ८ र ९ तथा शहीदनगर नगरपालिकाको वडा नं. १ र ७, कमला नगरपालिकाका ३ र ४ मा संचालन हुन गइरहेको छ । कार्यक्रममा सो वडाका वडाअध्यक्षहरुले कार्यक्रम प्रति सकारात्मक धारणा व्यक्त गर्दै कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले