सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्धि पाँच दिने तालिम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कातिक ३० गते ।
धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परिवर्तनका संबाहक कक्षा व्यवस्थाकहरुको पाँच दिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपालको साझेदारीमा सामुदायिक परिवार कल्याण संघ तथा सपोर्ट नेपालको संयुक्त आयोजनामा संचालित बालिका सशक्तिकरण परियोजना अन्तरगत गठित नयाँ परिवर्तनका संबाहक सिओसी सहजकर्ताहरुको तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा सहभागी सहजकर्ताहरुलाई परियोजनाको बारेमा र कक्षाको बारेमा बिस्तृत जानकारी गराउनुका साथै हानिकारक परम्परागत सोच, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउने , यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी व्यापक छलफल गरिएको थियो ।सहभागीहरुलाई सिसो नेपालका कार्यकारी निर्देशक बृहतर यौनिकता शिक्षा विज्ञ खुमानन्द सुवेदी तथा निर्देशक प्लान इन्टरनेशनल नेपालका टेक्निकल ओकर्डिनेटर कृति बैद्यले प्रशिक्षण दिनु भएको थियो ।

उक्त तालिम पछि सहभागीहरुले विभिन्न वडामा किशोर किशोरीहरुको फरक समुह बनाई एउटा समुहमा १० वर्ष देखि १५ वर्ष उमेर समुहका तथा अर्को समुहमा १५ देखि २४ वर्ष सम्मका किशोर किशोरीहरुलाई चार समुहमा विभाजन गरी सप्ताहको दुई घण्टा कक्षा संचालन गर्ने सिओसी सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको बैद्यले जानकारी दिनुभयो । १५ वटा निर्देशिका अनुसार कक्षा संचालन गरिने विषयमा सिओसी सहजकर्ताहरुलाई तालिम प्रदान गरी किशोरीहरुलाई निर्धक्क बनाउ, आत्मविस्वास बढाउने, आफ्नो अधिकारको विषयमा जानकारी दिई लैंिगक हिँसा सम्बन्धि जानकारी दिनुका साथै किशोरहरुलाई लैगिक समानता र किशोरीलाई सहयोग गर्ने विषयमा परिवर्तनका सम्बाहक कक्षा संचालन हुने उहाँले बताउनु भयो ।

यसका साथै परियोजना अन्तरगत अनतरपुस्ता सम्बाद, लैँगिक बहस तथा किशोरकिशोरीलाई संगै बसाएर बालबिबाह न्युनिकरण सम्बन्धि निर्देशिका अनुसार छलफल गरिने बताउनु भयो । उक्त तालिममा धनुषाका जिल्लाको विदेह नगरपालिका, शहीदनगर नगरपालिका,कमला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका १९ जना सहजकर्ता शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम अवधिभर सामुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक यमलाल साशंकर, कार्यक्रम अधिकृत राजनन्दन यादव तथा सपेर्ट नेपालका अनुगमन मुल्यांकन अधिकृत अनिल साह लगायतको सहभागिता रहेको थियो ।

नयाँ सीओसी कक्षाहरु जनकनन्दिनी गा.पा.को वडा नं. १, ४ र ६ र विदेह न.पा.को वडा नं. १, ८ र ९ तथा शहीदनगर नगरपालिकाको वडा नं. १ र ७, कमला नगरपालिकाका ३ र ४ मा संचालन हुन गइरहेको छ । कार्यक्रममा सो वडाका वडाअध्यक्षहरुले कार्यक्रम प्रति सकारात्मक धारणा व्यक्त गर्दै कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

12 comments
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

3 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

3 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

3 दिन पहिले

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

9 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

9 दिन पहिले

न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..

  जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..

9 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

10 दिन पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

26 दिन पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

29 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

2 महीना पहिले

भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..

जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..

5 महीना पहिले

संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..

5 महीना पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..