बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर १३ गते ।
कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका लागि सिरहा जिल्लाका गोलबजार र कर्जनहा नगरपालिकाका ५७ जना शिक्षकलाई पाँच दिने तालिम प्रदान गरिएको छ । आधारभूत तहका शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि युनिसेफ तथा बृटिस काउन्सिलको आर्थिक तथा प्राविधिक सहयोगमा पिपुल प्रमोट सेन्टर(पिपिसी) द्वारा संचालित सो तालिममा सहभागि शिक्षकहरुलाई बहुभाषिक तरिकाले बालबालिकालाई सिकाउन तालिम प्रदान गरिएको छ । बर्दिबासमा भएको पाँच दिने तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथी पिपिसीका अध्यक्ष कमलेश मंडलले संघीय सरकारले १० वर्षे शिक्षा नीति बनासकेको अवस्थामा मधेश प्रदेशको शिक्षा नीति बनाउने क्रम जारी रहदा आफुहरुकै समन्वयमा मधेश प्रदेशका ७१ पलिकामा विद्यालय शिक्षा निती बनिरहेको जानकारी दिनुभयो ।

उहाँले बहुभाषिक शिक्षा नीतिको मुल मर्म विद्यार्थीहरुलाई सजिलै तरिकाले पाठ्य विषय बुझाउ विद्यलयमा शिक्षक र विद्यार्थी बिचको आत्मियता बढाउनु पर्नेमा जोड दिनुभयो । प्रारम्भिक वाल विकासका विद्यार्थीहरुलाई आत्मियताका साथ पढाउन यो तालिमले सहयोग गर्ने उहाँको भनाई थियो । तालिममा सहभागी शिक्षकहरुमा बुहभाषिक भाषामा ईसीडि कक्षामा कसरी बढाउने भन्ने सीपको विकास भएको उहाँको भनाई छ । तालिमको समापत्र सत्रमा बोल्दै ब्रिटिस काउन्सिल काठमाडौँका एकेडमिक कोअर्डिनेटर अशेष भट्टराईले विद्यालय शिक्षाबाट बञ्चित भएका ५ प्रतिसत बालबालिकाको कारण पहिल्याउदा भाषाको अवरोध, लैँगिक विभेद र अपांगता कारण रहेको बताउनु भयो ।

यस विषयमा नेपाल सरकार संग छलफल गर्दा , भाषागत त्रुटीलाई हटाउन बहुभाषिक कक्षा संचालन गर्ने निर्णय सहित ४ प्रदेशका १५ वटा पालिकामा बहुभाषिक कक्षा संचालन भईरहेको बताउनु भयो । बालबालिकाहरुलाई घरको भाषा र विद्यालयको भाषा समान भए विद्यालय छाड्ने संख्या कम हुने अनुमानका साथ १५ पालिकाका एक एक जना र प्रादेशिक शिक्षा तालिम केन्द्रबाट प्रशिक्षक बोलाई प्रशिक्षक प्रशिक्षण दिएर १५ वटा विद्यालयका दुई दुई जना शिक्षकलाई छनोट गरी बहुभाषिक कक्षा संचालन गर्न तालिम प्रदान गरिएको बताउनु भयो । उहाँले कक्षा १,२,र ३ मा अध्यापन गर्ने शिक्षकहरुलाई तालिम दिने क्रममा मधेश प्रदेशका ६ वटा पालिका अन्तरगत कर्जनहा र गोलबजारका शिक्षकहरुको सहभागितामा तालिम सम्पन्न भएको बताउन् भयो । सो तालिममा कर्जनहाका ३० जना र गोलबजारका २७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बौल्दै पिपिसीका कार्यक्रम संयोजक सितेश तिवारीले पिपिसीले अगामी दिनमा पनि सिकाईको तालिम प्रदान गर्नै बताउदै बाल प्रारम्भिक कक्षाका विद्यार्थीले सिके भने यो सिकेको सिपले काम लाग्ने जानकारी दिनुभयो ।
प्रशिक्षक भोगेन्द्र यादवले मुल्यांकन सम्बन्धमा पुनः तालिमको व्यवस्था हुनुपर्ने माग राख्दै सिकेका कुरालाई कार्यस्थलमा लागु गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले नगपालिका संगको समन्वयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउने विषयमा समेत सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । तालिम समापन पछि आफ्ना भनाई राख्दै कर्जनहा स्थित फुलकुमारी महतो विद्यालयका शिक्षिका सबिता पोखरेलले आफुहरुले विद्यालयमा नेपालीमै सिकाउने गरेको जानकारी दिदै यो तालिम पछि अब मैथिली भाषामा नै सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफुले सिकेका कुरालाई कक्षा कोठामा लागु गर्ने बताउनु भयो ।

त्यस्तै अर्का सहभागी जनता आधारभुत विद्यालय बगहाका शिक्षक राजलाल कामतले उक्त तालिममा विभिन्न भाषाको सामान्य ज्ञान भएको बताउदै भन्नुभयो,‘ अहिले सम्म विद्यालयमा नेपालीमा पढाउथयौ बाहिरबाट पनि नेपालीमै बढाउने दवाव थियो तर मातृभाषामा बढाउदा विद्यार्थीलाई सहज तरिकाले सिकाई हुने तालिम पाए । शिक्षामा भाषा सम्बन्धि हक संबिधानमा लागु भएको छ । बहुभाषिक भाषामा विद्यालय खोलेर पाउने अधिकार दिएको छ । कुनै पनि अभ्यास पढाउनु भन्दा पहिला शिक्षकले पाठ योजना बनाउने सिके ।’ विद्यार्थीलाई स्थानीय स्थानमा पाइने सामग्रीलाई देखाई सामानको ज्ञान दिने बताउदै उहाँले एक देखि ३ सम्म का विद्यार्थीको मुल्यांकन निर्माणात्मक तरिकाले गर्ने, तथा स्थानीय विषयको ज्ञान सहित स्थानीय पाठ्याक्रम निर्माण समबन्धमा तालिम लिएको जानकारी दिनुभयो । सो तालिममा प्रशिक्षक भोगेन्द्र यादव, नरेन्द्र कुमार चौधरी,बबिता कुशवाहा लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

12 comments
फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..

काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..

2 दिन पहिले

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..

काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..

2 दिन पहिले

सेना दिवसको अवसरमा फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

  जनकपुरधाम माघ ७ गते । सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद..

2 दिन पहिले

नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..

जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..

2 दिन पहिले

कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..

जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..

2 दिन पहिले

विवादित सतलोक आश्रमक गतिविधिपर रोक

  जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..

6 दिन पहिले

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..

  जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..

6 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

13 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

1 महीना पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

2 महीना पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

2 महीना पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

3 महीना पहिले

कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..

जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..

विवादित सतलोक आश्रमक गतिविधिपर रोक

  जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..

जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..

  जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..

  जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..