बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर १३ गते ।
कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका लागि सिरहा जिल्लाका गोलबजार र कर्जनहा नगरपालिकाका ५७ जना शिक्षकलाई पाँच दिने तालिम प्रदान गरिएको छ । आधारभूत तहका शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि युनिसेफ तथा बृटिस काउन्सिलको आर्थिक तथा प्राविधिक सहयोगमा पिपुल प्रमोट सेन्टर(पिपिसी) द्वारा संचालित सो तालिममा सहभागि शिक्षकहरुलाई बहुभाषिक तरिकाले बालबालिकालाई सिकाउन तालिम प्रदान गरिएको छ । बर्दिबासमा भएको पाँच दिने तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथी पिपिसीका अध्यक्ष कमलेश मंडलले संघीय सरकारले १० वर्षे शिक्षा नीति बनासकेको अवस्थामा मधेश प्रदेशको शिक्षा नीति बनाउने क्रम जारी रहदा आफुहरुकै समन्वयमा मधेश प्रदेशका ७१ पलिकामा विद्यालय शिक्षा निती बनिरहेको जानकारी दिनुभयो ।
उहाँले बहुभाषिक शिक्षा नीतिको मुल मर्म विद्यार्थीहरुलाई सजिलै तरिकाले पाठ्य विषय बुझाउ विद्यलयमा शिक्षक र विद्यार्थी बिचको आत्मियता बढाउनु पर्नेमा जोड दिनुभयो । प्रारम्भिक वाल विकासका विद्यार्थीहरुलाई आत्मियताका साथ पढाउन यो तालिमले सहयोग गर्ने उहाँको भनाई थियो । तालिममा सहभागी शिक्षकहरुमा बुहभाषिक भाषामा ईसीडि कक्षामा कसरी बढाउने भन्ने सीपको विकास भएको उहाँको भनाई छ । तालिमको समापत्र सत्रमा बोल्दै ब्रिटिस काउन्सिल काठमाडौँका एकेडमिक कोअर्डिनेटर अशेष भट्टराईले विद्यालय शिक्षाबाट बञ्चित भएका ५ प्रतिसत बालबालिकाको कारण पहिल्याउदा भाषाको अवरोध, लैँगिक विभेद र अपांगता कारण रहेको बताउनु भयो ।
यस विषयमा नेपाल सरकार संग छलफल गर्दा , भाषागत त्रुटीलाई हटाउन बहुभाषिक कक्षा संचालन गर्ने निर्णय सहित ४ प्रदेशका १५ वटा पालिकामा बहुभाषिक कक्षा संचालन भईरहेको बताउनु भयो । बालबालिकाहरुलाई घरको भाषा र विद्यालयको भाषा समान भए विद्यालय छाड्ने संख्या कम हुने अनुमानका साथ १५ पालिकाका एक एक जना र प्रादेशिक शिक्षा तालिम केन्द्रबाट प्रशिक्षक बोलाई प्रशिक्षक प्रशिक्षण दिएर १५ वटा विद्यालयका दुई दुई जना शिक्षकलाई छनोट गरी बहुभाषिक कक्षा संचालन गर्न तालिम प्रदान गरिएको बताउनु भयो । उहाँले कक्षा १,२,र ३ मा अध्यापन गर्ने शिक्षकहरुलाई तालिम दिने क्रममा मधेश प्रदेशका ६ वटा पालिका अन्तरगत कर्जनहा र गोलबजारका शिक्षकहरुको सहभागितामा तालिम सम्पन्न भएको बताउन् भयो । सो तालिममा कर्जनहाका ३० जना र गोलबजारका २७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बौल्दै पिपिसीका कार्यक्रम संयोजक सितेश तिवारीले पिपिसीले अगामी दिनमा पनि सिकाईको तालिम प्रदान गर्नै बताउदै बाल प्रारम्भिक कक्षाका विद्यार्थीले सिके भने यो सिकेको सिपले काम लाग्ने जानकारी दिनुभयो ।
प्रशिक्षक भोगेन्द्र यादवले मुल्यांकन सम्बन्धमा पुनः तालिमको व्यवस्था हुनुपर्ने माग राख्दै सिकेका कुरालाई कार्यस्थलमा लागु गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले नगपालिका संगको समन्वयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउने विषयमा समेत सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । तालिम समापन पछि आफ्ना भनाई राख्दै कर्जनहा स्थित फुलकुमारी महतो विद्यालयका शिक्षिका सबिता पोखरेलले आफुहरुले विद्यालयमा नेपालीमै सिकाउने गरेको जानकारी दिदै यो तालिम पछि अब मैथिली भाषामा नै सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफुले सिकेका कुरालाई कक्षा कोठामा लागु गर्ने बताउनु भयो ।
त्यस्तै अर्का सहभागी जनता आधारभुत विद्यालय बगहाका शिक्षक राजलाल कामतले उक्त तालिममा विभिन्न भाषाको सामान्य ज्ञान भएको बताउदै भन्नुभयो,‘ अहिले सम्म विद्यालयमा नेपालीमा पढाउथयौ बाहिरबाट पनि नेपालीमै बढाउने दवाव थियो तर मातृभाषामा बढाउदा विद्यार्थीलाई सहज तरिकाले सिकाई हुने तालिम पाए । शिक्षामा भाषा सम्बन्धि हक संबिधानमा लागु भएको छ । बहुभाषिक भाषामा विद्यालय खोलेर पाउने अधिकार दिएको छ । कुनै पनि अभ्यास पढाउनु भन्दा पहिला शिक्षकले पाठ योजना बनाउने सिके ।’ विद्यार्थीलाई स्थानीय स्थानमा पाइने सामग्रीलाई देखाई सामानको ज्ञान दिने बताउदै उहाँले एक देखि ३ सम्म का विद्यार्थीको मुल्यांकन निर्माणात्मक तरिकाले गर्ने, तथा स्थानीय विषयको ज्ञान सहित स्थानीय पाठ्याक्रम निर्माण समबन्धमा तालिम लिएको जानकारी दिनुभयो । सो तालिममा प्रशिक्षक भोगेन्द्र यादव, नरेन्द्र कुमार चौधरी,बबिता कुशवाहा लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
3 दिन पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
3 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
4 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
4 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
4 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
11 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
18 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
18 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
18 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..
21 दिन पहिले