शिब शारदा स्कुलको १६ औँ वार्षिकोत्सव सम्पन्न

10 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
फागुन ४ गते ।
जनकपुरधामको पुल चोकमा रहेको शिब शारदा से.ई.बो.स्कुलको १६ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । सो स्कुलका संस्थापक तथा प्रिन्सपल सुजित मिश्रको अध्यक्षतामा भएको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । स्थापनाकाल देखि शैक्षिक क्षेत्रमा अलग पहिचान बनाएका सो विद्यालयको वार्षिकोत्सवको अवसरमा मन्तव्य राख्दै विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई पढाईका साथै दैनिक जिवनमा व्यवहारिक ज्ञानका समबन्धमा समेत जानकारी गराउनु भएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा सो विद्यालयमा स्थापना काल देखि ११ वर्ष सम्म अध्यापन गरी शिक्षक सेवा आयोगमा नाम निकालेर सामुदायिक विद्यालयमा अध्यापन गरिरहनु भएका शिक्षक अविनाश कुमार यादवलाई सम्मानित गरिएको थियो । सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि अभिभाव सीताराम साहले सो विद्यालयले शिक्षाका क्षेत्रमा गरिरहेका कामको प्रशंसा गर्नुभएको थियो । मन्तव्य राख्दै एक जना शिक्षकले भन्नु भयो,‘ विद्यार्थीहरुले स्कुलमा पढ्नुका साथै घरमा आमाबुवाले गर्ने क्रियाकलापको नकल गर्ने हुँदा घरमा अभिभावकहरुले पनि आफ्नो व्यवहारमा परिवर्तन गरी छोराछोरीमा साकारात्मक परिवर्तन ल्याउन काम गर्नुपर्छ ।’

सो अवसरमा बोल्दै विद्यालयका शिक्षक राजकुमार मिश्रले विद्यालय १५ वसन्त पार गरेको दिन खुसीको दिन रहेको भन्दै खुला सत्रमा मनोरञजनात्मक तथा सास्कृतिक कार्यक्रम तथा शुभकामना मन्तव्यको साथै वर्षभरी उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताउनु भयो । वार्षिकोत्सवको अवसरमा उपस्थित अभिभावकहरुलाई सम्मान गर्नुका साथै विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धिका लागि अन्तरक्रिया समेत गरिएको थियो । शिब शारदा से.ई.बो.स्कुलमा कक्षा १० सम्मको पढाई भईरहेको छ ।

12 comments
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

3 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

3 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

3 दिन पहिले

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

9 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

9 दिन पहिले

न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..

  जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..

9 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

10 दिन पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

26 दिन पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

29 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

2 महीना पहिले

भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..

जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..

5 महीना पहिले

संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..

5 महीना पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..