धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउने

8 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
बैसाख ९ गते ।
धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बजेट विनियोजन गरी शैक्षिक विकासमा काम काम बढाउने भएको छ । मंगलबार जनकपुरधामा भएको शिक्षामा नागरिक समाजको सहभागिता विद्यालय शिक्षा क्षेत्र योजना स्थानीयकरण सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रले आफुले हरेक वर्ष आफ्ना पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाई विद्यालयका अवस्था सुधारका लागि गोष्ठी गरेको बताउदै त्यसमा उठेका कुरालाई समाधान गर्ने गरेको बताउनु भयो । तर उहाँले शिक्षकहरु सामुदायिक विद्यालयको शिक्षा प्रति इमानदारिता नदेखाएको बताउनु भयो ।

उहाँले मात्र शिक्षक नभई जनप्रतिनिधिहरुको समेत कमिकमजोरीका कारण सामुदायिक विद्यालयका शिक्षाको अवस्था खस्किदोक्रममा रहेको बताउनु भयो । यसलाई सुधार गर्न सबै पक्ष मिलि काम गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै शहिदनगर नगरपालिका उपप्रमुख सुनिता सिँँहले वडास्तरको योजना छनोटमा आम नागरिकले विद्यालयको विकासको योजना नै नल्याई मात्र सडक, नाला, ढलान ,कल्भर्ट लगायका कामहरुको मात्र योजना माग गर्दा समस्या भईरहेको बताउनु भयो । उहाँले आफ्ना पालिकाको १० बर्षे शैक्षिक विकास योजना समेत तयार पारेको बताउदै सोको पालका चुनौतीपुर्ण रहेको बताउनु भयो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई)को आयोजनामा एवम् साझेदार संस्था ग्लोवल एक्सन नेपाल तथा नेपाल अपाङग महिला संघको समन्वयमा सम्पन्न भएको सो कार्यशालामा बोल्दै शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले नगरपालिकाले निती तथा कार्यक्रममा विद्यालय सुधार तथा शिक्षाका लागि योजना ल्याएपनि ति अनुसारको बजेट नहुदा योजनाहरु कार्यान्वयनमा समस्या भईरहेको बताउनु भयो । जनप्रतिनिधिहरुले समेत यस तर्फ खासै ध्यान नदिने तथा एकले अर्काको योजनालाई कार्यान्वयन गर्न अवरोध गर्ने भएकाले समेत केहि समस्या भईरहेको बताउनु भयो । कार्यशालामा बोल्दै लक्षमीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले शिक्षकहरुको आन्दोलनमा शिक्षकको अधिकारका साथै गुणस्तरको कुरा समेत गर्नुपर्ने बताउनु भयो ।

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि खासै ध्यान नदिने शिक्षकहरुले मात्र आफ्नो अधिकारका लागि अहिले आन्दोलनमा होमिएको समेत आरोप लगाउनु भयो । उहाँले आफ्ना पालिकाका विद्यालय शिक्षालाई सुद्रिढीकरणका लागि पहल गर्ने तचथा अपाङग मैत्री भवन बनाउने समेत प्रतिबद्धता जोहर गर्नुभयो ।

एनसीई नेपालका मधेश प्रदेश संयोजक लक्षमेश्वर मंडलले संचालन गर्नुभएको सो कार्यशालामा प्रस्तुतीकरण गर्दै एनसीई नेपालका कार्यक्रम निर्देशक राम गैरेले विद्यालय शिक्षा क्षेत्र योजनाका उद्देश्य,विद्यालय क्षेत्रका प्रमुख चुनौतीहरु त्था विद्यालय शिक्षामा विभिन्न तहको भूमिका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले स्थानीय तहद्वारा शिक्षामा आन्तरिक स्रोतको योगदान कमरहेको अवस्थामा मधेश प्रदेशमा झनै कम रहेको बताउनु भयो । सो कार्यक्रममा दुई पालिकाका शिक्षा संग सम्बन्धीत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

12 comments
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

3 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

3 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

3 दिन पहिले

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

9 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

9 दिन पहिले

न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..

  जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..

9 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

10 दिन पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

26 दिन पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

29 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

2 महीना पहिले

भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..

जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..

5 महीना पहिले

संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..

5 महीना पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..