धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउने

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
बैसाख ९ गते ।
धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बजेट विनियोजन गरी शैक्षिक विकासमा काम काम बढाउने भएको छ । मंगलबार जनकपुरधामा भएको शिक्षामा नागरिक समाजको सहभागिता विद्यालय शिक्षा क्षेत्र योजना स्थानीयकरण सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रले आफुले हरेक वर्ष आफ्ना पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाई विद्यालयका अवस्था सुधारका लागि गोष्ठी गरेको बताउदै त्यसमा उठेका कुरालाई समाधान गर्ने गरेको बताउनु भयो । तर उहाँले शिक्षकहरु सामुदायिक विद्यालयको शिक्षा प्रति इमानदारिता नदेखाएको बताउनु भयो ।

उहाँले मात्र शिक्षक नभई जनप्रतिनिधिहरुको समेत कमिकमजोरीका कारण सामुदायिक विद्यालयका शिक्षाको अवस्था खस्किदोक्रममा रहेको बताउनु भयो । यसलाई सुधार गर्न सबै पक्ष मिलि काम गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै शहिदनगर नगरपालिका उपप्रमुख सुनिता सिँँहले वडास्तरको योजना छनोटमा आम नागरिकले विद्यालयको विकासको योजना नै नल्याई मात्र सडक, नाला, ढलान ,कल्भर्ट लगायका कामहरुको मात्र योजना माग गर्दा समस्या भईरहेको बताउनु भयो । उहाँले आफ्ना पालिकाको १० बर्षे शैक्षिक विकास योजना समेत तयार पारेको बताउदै सोको पालका चुनौतीपुर्ण रहेको बताउनु भयो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई)को आयोजनामा एवम् साझेदार संस्था ग्लोवल एक्सन नेपाल तथा नेपाल अपाङग महिला संघको समन्वयमा सम्पन्न भएको सो कार्यशालामा बोल्दै शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले नगरपालिकाले निती तथा कार्यक्रममा विद्यालय सुधार तथा शिक्षाका लागि योजना ल्याएपनि ति अनुसारको बजेट नहुदा योजनाहरु कार्यान्वयनमा समस्या भईरहेको बताउनु भयो । जनप्रतिनिधिहरुले समेत यस तर्फ खासै ध्यान नदिने तथा एकले अर्काको योजनालाई कार्यान्वयन गर्न अवरोध गर्ने भएकाले समेत केहि समस्या भईरहेको बताउनु भयो । कार्यशालामा बोल्दै लक्षमीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले शिक्षकहरुको आन्दोलनमा शिक्षकको अधिकारका साथै गुणस्तरको कुरा समेत गर्नुपर्ने बताउनु भयो ।

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि खासै ध्यान नदिने शिक्षकहरुले मात्र आफ्नो अधिकारका लागि अहिले आन्दोलनमा होमिएको समेत आरोप लगाउनु भयो । उहाँले आफ्ना पालिकाका विद्यालय शिक्षालाई सुद्रिढीकरणका लागि पहल गर्ने तचथा अपाङग मैत्री भवन बनाउने समेत प्रतिबद्धता जोहर गर्नुभयो ।

एनसीई नेपालका मधेश प्रदेश संयोजक लक्षमेश्वर मंडलले संचालन गर्नुभएको सो कार्यशालामा प्रस्तुतीकरण गर्दै एनसीई नेपालका कार्यक्रम निर्देशक राम गैरेले विद्यालय शिक्षा क्षेत्र योजनाका उद्देश्य,विद्यालय क्षेत्रका प्रमुख चुनौतीहरु त्था विद्यालय शिक्षामा विभिन्न तहको भूमिका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले स्थानीय तहद्वारा शिक्षामा आन्तरिक स्रोतको योगदान कमरहेको अवस्थामा मधेश प्रदेशमा झनै कम रहेको बताउनु भयो । सो कार्यक्रममा दुई पालिकाका शिक्षा संग सम्बन्धीत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले