बालिका केन्द्रित सामुदायिक विकास परियोजनाको बैठक सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम जेठ २२ गते ।
प्लानइन्टरनेशन नेपालले धनुषा जिल्लाका पाँच वटा पालिकामा संचालन गरेको बालिका केन्द्रित सामुदायिक विकास परियोजना अन्तरगत अहिले सम्म भएको प्रगतीको विषयमा बिहिबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको अध्यक्षतामा भएको सो बैठकमा प्लानका तर्फबाट प्रस्तुतीकरण गर्दै संयोजक मिहिरकुमार झाले सशक्त वालिका परियोजना, बालविवाह न्यूनिकरण परियोजना, प्रत्याभूत संचार कार्यक्रम तथा यीप परियोजना अन्तरगत भएको प्रगतीहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले दिएको जानकारी अनुसार बालबिबाह नयूनिकरण परियोजनाले विद्यालयमा छात्राहरुलाई शिक्षामा निरन्तरता दिन सहयोग गर्ने जनाइएको छ । साथै किशोरकिशोरीहरुको यौन र प्रजनन स्वास्थ्य र अधिकारका बारेमा ज्ञान दिने, बालबिबाह र जवरदस्ती विवाहको जोखिममा रहेका बालिका, किशोरी तथा उनका परिवारलाई आर्थिक अवसरहरुमा सवलीकरण गर्ने जनाइएको छ । यो परियोजना संचालन भएका जिल्लाको कमला नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढ्दै गएको झाले गर्नुभएको प्रस्तुतीकरणमा उल्लेख छ ।
सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी), सामुदायिक परिवार कल्याण संघ, आसमान नेपाल, सपोर्ट नेपाल र जानकी महिला जागरण समाजले बालिका केन्द्रित सामुदायिक विकास परियोजनाहरु संचालन गरेको हो ।
तीन वर्षदेखि संचालनमा रहेको उक्त परियोजनाले विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको हो । प्लान इन्टरनेशनल नेपालका मिहिर कुमार झाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा गुनासो सुनुवाईमा पनि सुधार भएको छ । विगतमा ३०.७ प्रतिशत गुनासो सुनुवाई हुँने गरेकोमा त्यो बढेर अहिले ४९.१ प्रतिशत पुगेको छ । सशक्त बालिका परियोजना अन्तर्गत सिकाई, नेतृत्व र निर्णय (किशोरी तथा युवा महिला सशक्तिकरण र यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार) हुर्किनु (प्रारम्भिक बाल विकास र संरक्षण) साथै वास, जलवायु संकट तथा विपद जोखिम व्यवस्थापन र सुशासनको क्षेत्रमा कार्यक्रमहरु गरिएको छ ।
परियोजना अन्तर्गत ६ वटा वडाका ४२ वटा टोललाई सतप्रतिशत बालबालिका विद्यालय भर्ना बालविवाह मुक्त टोल घोषणा गर्ने लक्ष्य रहेको प्लान इन्टरनेशनल नेपालका झाले बताउनु भयो । उहाँका अनुसार आगामी दिनमा मुस्लिम किशोरीहरुलाई विद्यालय वा मदरसा ल्याउनका लागि परियोजनामा गतिविधि समावेश गर्नुपर्ने समुदाय, वडा र पालिकासंग अन्तर सम्बन्ध बढाउन र प्रणाली स्थापना गर्न तीनै तहमा विभिन्न समूह गठन (छात्रा संजाल, टोल शिक्षा समिति, आत्मनिर्भर समूह) र परिचालन जस्ता कार्यक्रमहरु थप गर्नुपर्ने आवश्यक्ता छ । बैठकमा स्वागत मन्तव्य राख्दै प्लानईन्टरनेशनल नेपालका पुर्व क्षेत्रिय प्रवन्धक रविशंकर पंडितले धनुषामा थप पाँच वर्ष काम गर्ने बताउनु भयो । प्रत्येक वर्ष आफुहरुले गरेका कामहरुका बारेमा सल्लाहकार समितिको बैठकमा जानकारी दिने बताउनु भयो ।
बैठकमा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले परियोजनाको काम महत्वपुर्ण रहेको बताउदै अगामी दिनमा समेत यस्तै काम गर्न आफुहरु समेत सहयोग गर्ने आश्वामसन दिनुभयो ।
उक्त बैठकमा अनुगमन टोलीमा जिसस उपप्रमुख संगिता ठाकुर, विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झा, जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, उपप्रमुख कमला सहल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख चेतकुमार पोखरेल, विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, स्वास्थ्य कार्यालय धनुषाका क्षयकुष्ठ अधिकृत महेश साह, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी राजीब कुमार कर्ण, समितिका सदस्य इश्वरी प्रसाद शर्मा,सीएफडब्लुएका अध्यक्ष महेन्द्र प्रसाद यादव, सामुदायिक परिवार कल्याण संघका काईकारी निर्देशक लक्ष्मेश्वर मण्डल, एसडीआरसीका सचिव सोनफी साह, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव, सपोर्ट नेपालका बोर्ड सदस्य गंगाप्रसाद साह, सीएफडब्लुएका परियोजना संयोजक यमलाल शाशंकर, एसडीआरसीका परियोजना संयोजक बिवश श्रेष्ठ,जिल्ला यु्वा संजालका अध्यक्ष कुलदिप साह लगायतका सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले