सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण सभा सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ८ गते । ः
बाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन्द्रकाको ३४औँ साधारण सभा एक कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ ।
शनिबार संस्थाको अध्यक्ष मञ्जु यादवको अध्यक्षतामा भएको उक्त साधारणसभामा बोल्दै प्रमुख अतिथि डीमैनका अध्यक्ष सूर्यबहादुर थापाले एकै उद्देश्यमा काम गर्ने सामाजिक संघ संस्थाहरुलाई मिलेर काम गर्न आग्रह गर्नुभयो । उहाँले एउटै उद्देश्यमा काम गर्ने सामाजिक संघ संस्थाहरु एकैठाउँमा आएर काम गर्दा त्यसको परिणाम पनि उत्कृष्ट आउने बताउनु भयो ।
साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाको वार्षिक प्रतिवेदन सचिव सोनफी साह तथा आर्थिक प्रतिवेदन कोषध्यक्ष रामबाबु साहले प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक वर्ष २०८१–८२ मा गरेका कार्यहरुका बारेमा कार्यक्रम संयोजक बिबश श्रेष्ठले जानकारी गराउनु भयो ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्रको वार्षिक प्रतिवेदन अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका तथा विदेह नगरपालिकामा सशक्त बालिका कार्यक्रम, सर्लाहीको धनकौल तथा चक्रघट्टा गाउँपालिकामा बाढी पीडित परिवारलाई राहत वितरण, धनुषाको सबैला नगरपालिकामा शुद्ध खानेपानी वितरण, युएन वुमेन र माइती नेपालको सहकार्यमा धनुषाको मिथिला विहारी नगरपालिका तथा धनुषाधाम नगरपालिकामा साहस परियोजना लगायतका योजनामा गत आर्थिक वर्षमा काम गरेको थियो ।
संस्थाले आगामी दिनमा कार्यायल व्यवस्थापन, एम्बुलेन्स सेवा सुचारु गर्ने, बालबालिकाको सशक्तिकरणका लागि पैरवी गर्ने सहितका योजनामा काम गर्ने अध्यक्ष मञ्जु यादवले जानकारी दिइन् । संस्थाले सशक्त बालिका र साहस परियोजानकालागि दातृ निकायबाट अनुदानमा सहयोग पाएको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, संस्थाका संस्थापक रामसिंह यादव, प्लान इन्टरनेशनलका पुर्व क्षेत्रीय कार्यालय प्रमुख रविशंकर पण्डित ,गैरसरकारी संस्था महासंघका सचिव रामचन्द्र साह, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य धीरेन्द्र सिंह लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा समाजका अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
5 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
13 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
4 महीना पहिले