गुजरात पुल दुर्घटना : एक सय ४१ जनाको मृत्यु
3 वर्ष पहिले प्रकाशित
Smrititimes
नयाँदिल्ली, कात्तिक १४ गते । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताउनुभएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताउनुभएको छ ।साभार : गोरखापत्र
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
1 दिन पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
1 दिन पहिले
अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन
जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..
1 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
22 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
23 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
23 दिन पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
1 दिन पहिले
धनुषा देवडिहाका वैज्ञानिक सतिष चन्द्र झाः विश्व विज्ञा..
जनकपुरधाम साउन २४ गते । धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ७ देवडिहाका युवा वैज्ञानिक सतिष चन्द्र झा आफ्नो अनौ..
3 महीना पहिले
झारखण्डका पुर्व मन्त्री शिबु सोरेनको निधन
जनकपुरधाम साउन १९ गते । भारतको झारखण्डका पूर्व मुख्यमंत्री शिबु सोरेनको ८१ वर्षको उमेरमा आज सोमबार दिल्लीको..
3 महीना पहिले
जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..
जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..
5 महीना पहिले
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सीएफडब्लुएले गरे विभ..
जनकपुरधाम फागुन २४ गते ।अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले धनु..
8 महीना पहिले
सामी कार्यक्रम सम्बन्धी नेपाल प्रहरी संग अभिमुखिकरण
जनकपुरधाम पुस २८ गते । सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा काम गरी रहेको मित्र धनुषा अन्तरगत संचालित सुरक्षित आ..
10 महीना पहिले