जनकपुरधाममा विश्व खाद्य स्वच्छता दिवस मनाइयो
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २४ गते । ‘सबै तिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ मूल नाराका साथ आईतबार जनकपुरधाममा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा सो कार्यालयबाट विहान निस्केको प्रभात फेरी जिल्ला प्रशासन कार्यालय धनुषामा आएर सचेतना कार्यक्रममा परिणत भएको थियो । सो कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमल कुमार दहालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दहालले खाद्य स्वच्छता प्रति आफु सचेत भई अरुलाई पनि यसकोबारेमा जानकारी गराउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । उहाँले विशवभर ८६ करोड व्यक्ति खाद्य असुरक्षामा रहेको जानकारी दिदै धनुषामा नियमित रुपमा अनुगमन गरी आद्य स्वच्छताका लागि काम गरी रहेको बताउनु भयो ।
खाद्यका क्षेत्रमा धनुषामा रहेका निकायहरुले आफे तरिकाले काम गरे खाद्य क्षेत्रमा उपलब्ध िहासिल गर्न सकिने उहाँको भनाई थियो । सो सचेतना कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दहालले कार्यालयले गरिरहेको कामका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । खाद्य स्वच्छता दिवस लक्षित गरिएको सप्ताहव्यापी कार्यक्रमहरुका बारेमा जानकारी गराउदै उहाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१का विषयमा सहभागी खाद्य, पोषण तथा स्वास्थ्य क्षेत्रका व्यवसायी एवम्ु सरोकारबलाहरलाई जानकारी गराउनु भयो ।आम उपभोक्तालाई लक्षित गरी खाद्य व्यवसायीको दायित्व, निषेधित कार्यहरु र दण्ड सजायको व्यवस्था,खाद्य लेवल सम्बन्धि व्यवस्थाहरुका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सो कार्यक्रम बोल्दै दुग्ध वितरण आयोजना ढल्केवरका प्रमुख दिनेश जोशीले डिडिसीका उत्पादनहरु स्वास्थ्यको लागि लाभदायक रहेकाले सेवन गर्न आग्रह गर्नुभयो ।
बजारमा पाइने दुध भन्दा डिडिसीको दुध चिस्यिान गरिएकाले शरीरलाई हानिपुर्याउने व्याक्टेरिया मर्ने भएकाले यस्ता लेवल गरिएका प्याकिङ दुध मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय जनकपुरधामका प्रमुख डा. महारुद्र ठाकुरले आयुर्वेदको सिद्धान्तमा रहेर स्वच्छ खाद्य पदार्थ सेवन गर्न सल्लाह दिनुभएको थियो । कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बटुकनाथ झाले खाद्य क्षेत्रका व्यवसायीहरु पनि अन्य उत्पादनका उपभोक्ता भएकाले उपभोक्ताको नजरियाले सामान उत्पादन तथा बिकिृ गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले जनकपुरधाम नगर क्षेत्र भित्र अनुगमनको पाटोलो थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यालयका खाद्य निरिक्षक प्रदिप संग्रोलाले उद्घोषण गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य खाद्य अनुसन्धान अधिकृत रमेश कुमार दहालले राख्नु भएको थियो । कार्यक्रममा उपभोक्ता संग सम्बन्धित सरकारी कार्यालय,उद्योग तथा समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
8 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
8 घन्टा पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
8 घन्टा पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 दिन पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
1 दिन पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
2 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
6 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
15 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
16 दिन पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
23 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
1 महीना पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..