नवटोलीका ३८ घरधुरीलाई ‘पूर्ण सफा र स्वच्छ घर’ घोषणा, प्रशंसापत्रसहित सम्मान गरियो

4 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असार ३ गते । धनुषाको विदेह नगरपालिका वडा नं. ७ नवटोलीमा ‘पूर्ण सफा र स्वच्छ घर घोषणा कार्यक्रम’ सम्पन्न भएको छ। वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको नेतृत्वमा नवटोलीका ३८ घरधुरीलाई पूर्ण सरसफाईका ६ वटा सूचक तथा व्यवहार पूरा गरेको आधारमा ‘सफा र स्वच्छ घर’ घोषणा गर्दै प्रशंसापत्र प्रदान गरिएको हो।
कार्यक्रममा सहभागी घरधुरीहरूले शौचालयको सुरक्षित प्रयोग, साबुनपानीले हात धुने बानी, खानेकुरा तथा पानीको स्वच्छ व्यवस्थापन, घर तथा आँगनको नियमित सरसफाइ, महिनावारी स्वच्छता तथा व्यवस्थापन लगायतका पूर्ण सरसफाईका सूचकहरू अपनाई आफ्नो घर तथा समुदायलाई स्वच्छ राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र को साझेदारी तथा विदेह नगरपालिका को समन्वयमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत आयोजना गरिएको थियो । सहभागीहरुलाई परिवारलाई एक एक थान हाफिृक, ट्वाइलेट ब्रस, चप्पल, हात धुने साबुन, साबुनदानी, बाल्टिन धारा सहित, जग तथा फिल्टर प्रदान गरिएको थियो । परियोजनाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा समुदायको व्यवहार परिवर्तनमार्फत दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पु¥याउने उद्देश्य लिएको जनाएको छ ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिदेह नगरपालिकाका उपप्रमुख आशा झाले
विगत तीन महिनादेखि नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन भएको सरसफाइ तथा स्वच्छता कार्यक्रमबाट धेरै ज्ञान र सीप प्राप्त गरेको बताउदै यस कार्यक्रमले शौचालयको सुरक्षित प्रयोग, साबुनपानीले हात धुने बानी, स्वच्छ खानेपानीको प्रयोग तथा घर–आँगन सफा राख्ने जस्ता व्यवहारलाई दैनिक जीवनमा अपनाउन प्रेरित गरेको जानकारी दिनुभयो । उहाँले प्राप्त सामग्रीहरूलाई सही रूपमा प्रयोग गर्दै सिकेका कुराहरू परिवार र समुदायमा पनि फैलाउन आवश्यक रहेको बताउनु भयो । स्वस्थ, सफा र स्वच्छ समुदाय निर्माणका लागि सहयोग पु¥याउने सबै संस्था, प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सहयोगी प्लान इन्टरनेसन नेपालका परियोजना बिज्ञ मिहिरकुमार झाले भन्नुभयो,‘२०७३ सालमा नेपाल सरकारले खुला दिसामुक्त तथा शौचालययुक्त अभियान सञ्चालन गरेपछि अधिकांश घरमा शौचालय निर्माण भयो। अहिलेको कार्यक्रमले शौचालय निर्माणमा मात्र होइन, यसको सही प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित खानेपानी, खाद्य स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन तथा घर–आँगन सफा राख्ने जस्ता व्यवहारमा परिवर्तन ल्याउन जोड दिएको छ।’
यो कार्यक्रमले सरसफाइसम्बन्धी ज्ञान मात्र होइन, व्यवहार परिवर्तनको महत्व पनि सिकाएको उहाँको भनाइृ थियो । प्राप्त गरेका सामग्री र सिकाइको सदुपयोग गर्दै आफ्नै घरबाट सरसफाइको अभ्यास सुरु गर्ने, छिमेकीलाई पनि प्रेरित गर्ने र स्वच्छ समुदाय निर्माणमा योगदान दिने उहाँले बताउनु भयो । “स्वच्छ व्यवहार, इज्जत र सम्मान, पूर्ण सरसफाई हाम्रो अभियान” भन्ने नारालाई आत्मसात् गर्दै सबैलाई स्वस्थ, सुरक्षित र सम्मानित जीवनतर्फ अघि बढ्न आग्रह गर्नुभयो । सो कार्यक्रममा बोल्दै आयोजक सामाजिक विकास र अनुसन्धान केनद्रका अध्यक्ष मञ्जु कुमारी यादवले यस कार्यक्रमबाट घर, आँगन र बालबालिकाको सरसफाइमा धेरै सुधार गर्न सकेको र पहिलेभन्दा अहिले घरपरिवार बढी सफा, व्यवस्थित र स्वस्थ भएको महसुस भएको बताउनु भयो । । प्राप्त सामग्री र सिकाइलाई व्यवहारमा लागू गर्दै सरसफाइको बानी विकास गर्न आग्रह गर्नुभयो । उहाँले अब आफैँ मात्र नभई छिमेकी र समुदायका अन्य व्यक्तिलाई पनि सरसफाइका राम्रो अभ्यासहरू सिकाउने र सबै मिलेर स्वच्छ वातावरण निर्माण गर्ने स्थानीय सहभागीहरुलाई आग्रह गर्नुभयो ।

परियोजनाका फिल्ड सुपर भाइजर जिवछ दासले संचालन गर्नुभएको सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले नवटोलीमा विगत तीन महिना देखि सरसफाईका लागि आफुहरुले गरेको कामका बिवषयमा सहभागीहरुलाई जानकारी गराउनु भयो । उहाँले विगत तीन महिनादेखि सञ्चालन भएको यस कार्यक्रमअन्तर्गत तालिम, समिति गठन, स्वयंसेवक परिचालन तथा नियमित अनुगमनमार्फत करिब ४० घरधुरीमा सरसफाइ र स्वच्छतासम्बन्धी ६ वटा सूचकको अभ्यास गराइएको बताउनस भयो । ती मध्ये ३८ वटा घरमा शौचालय बननुका साथै ६ वटै सूचक पालन भएको र बााकी रहेको २ वटा घरमा शौचालय नबनेकाले निकट भविश्यमा नै बन्ने बताउनु भयो । सुरुवातमा धेरै घरधुरीमा सरसफाइप्रति पर्याप्त ध्यान नदिइए पनि निरन्तर अनुगमन, सुझाव र प्रोत्साहनका कारण उल्लेखनीय सुधार आएको उहाँको भनाई थियो ।

कार्यक्रमले शौचालयको सुरक्षित प्रयोग, साबुनपानीले हात धुने बानी, खाद्य स्वच्छता, महिनावारी स्वच्छता, सुरक्षित खानेपानी तथा घर–आँगनको सरसफाइमा सकारात्मक परिवर्तन ल्याएको उहााको भनाइ थियो । उहाँले वितरण गरिएका सामग्रीहरू जस्तै फिल्टर, बाल्टी, साबुन, साबुनदानी, शौचालय ब्रस र चप्पलको सही प्रयोग गरी सरसफाइलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सो कार्यक्रमको अध्यक्षता गर्नुभएका वडाध्यक्ष आयोजक वडा स्तरीय खानेपानी ,सरसफाई स्वच्छता समनवय समितिका अध्यक्ष राजकिशोर सिँहले सरसफाइ केवल व्यक्तिगत विषय नभई परिवार, छिमेकी, नातेदार र सम्पूर्ण समुदायसँग जोडिएको अभियान रहेको बताउनु भयो । त्यसैले सफा र स्वच्छ वातावरण कायम राख्न हामीले आफ्नो जिम्मेवारी निरन्तर निभाउनुपर्छ उहाँको भनाइ थियो ।

सो कार्यक्रममा समितिका सदस्य तथा गिद्धा स्वास्थ्य चौकीका प्रमुख मोहन साह,वडा सदस्य बेचनी देवी दास लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सामाजिक विकास र अनुसन्धान केन्द्रका सचिव सोनफी साह,परियोजनाका कार्यक्रम अधिकृत रियाज अहमद, फिल्ड सुपरभाइजरहरु जिवछ दास, दिब्या झा,काजल यादव, राज किशोर यादव, अनोज कापर, भोलेन्टियर, समुदायका अगुवा, महिला स्वयंसेविका, वास सिसी सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सरसफाइसँग सम्बन्धित आवश्यक सामग्री वितरण गर्नुका साथै सहभागीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। आयोजक समितिले “स्वच्छ व्यवहार, इज्जत र सम्मान, पूर्ण सरसफाई हाम्रो अभियान” भन्ने नारासहित नवटोलीलाई स्वच्छ, स्वस्थ र नमुना समुदायका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

19 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

19 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

19 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

19 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

19 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

20 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

25 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..