बिदेह नगरपालिका–५ को मुडीवामा ‘पूर्ण सफा र स्वच्छ घर घोषणा’ कार्यक्रम सम्पन्न
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ४ गते ।
बिदेह नगरपालिका वडा नं. ५ अन्तर्गत मुडीवा टोललाई पूर्ण सरसफाई तथा स्वच्छता उन्मुख समुदायका रूपमा विकास गर्ने उद्देश्यले “पूर्ण सफा र स्वच्छ घर घोषणा कार्यक्रम” सम्पन्न गरिएको छ । वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रम वडा अध्यक्ष राधेश्याम गोइतको अध्यक्षतामा भएको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोग, सामाजिक विकास तथा अनुसन्धान केन्द्र (एसडीआरसी)को सहजीकरण तथा बिदेह नगरपालिकाको समन्वयमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा समुदायमा सरसफाई तथा स्वच्छता व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यसहित शौचालयको सुरक्षित प्रयोग, साबुनपानीले हात धुने बानी, खानेकुराको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन, सुरक्षित खानेपानीको प्रयोग तथा घर–आँगनको नियमित सरसफाइजस्ता विषयमा विशेष जोड दिइएको थियो ।
कार्यक्रममा सहभागीहरूको उपस्थितिमा मुडिया टोललाई पूर्ण सरसफाई घोषणा गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । निर्णयअनुसार सरसफाईका सूचकहरूलाई दैनिक जीवनमा नियमित रूपमा अपनाई स्वच्छ समुदाय निर्माणमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिदेह नगरपालिकाकी उपप्रमुख आशा झाले शौचालय प्रयोग गर्दा छुट्टै चप्पल लगाउने, साबुनपानीले हात धुने तथा व्यक्तिगत सरसफाइका अभ्यासहरू समुदायमा विस्तार हुँदै गएको बताउनु भयो । उहाँले कोरोना महामारीपछि सरसफाइप्रतिको जनचेतना उल्लेखनीय रूपमा बढेको र स्वस्थ जीवनशैलीका लागि यस्ता व्यवहारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र एसडिआरसीका अध्यक्ष मञ्जु कुमारी यादवले कार्यक्रममा प्राप्त सामग्रीभन्दा ज्ञान, सीप र चेतना अझ महत्वपूर्ण सम्पत्ति भएको बताउँदै सिकेका व्यवहारलाई दैनिक जीवनमा लागू गर्न तथा अरूलाई पनि सिकाउन आग्रह गनुृभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष राधेश्याम गोइतले समुदायका ५३ घरधुरीलाई लक्षित गरी शौचालय निर्माण तथा प्रयोग, घर–आँगन सरसफाइ र स्वस्थ जीवनशैली प्रवद्र्धनका गतिविधिहरू सञ्चालन गरिएको जानकारी दिनुभएको थियो । सरसफाइ कायम राखे रोगको जोखिम कम हुने र स्वस्थ समुदाय निर्माणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
एसडिआरसीका सचिव सोनफी साहले सरसफाइसम्बन्धी व्यवहार परिवर्तन नै कार्यक्रमको मुख्य उपलब्धि रहेको उल्लेख गर्दै साबुन सकिएपछि आफैं किनेर प्रयोग गर्ने, शौचालय सफा राख्ने तथा समुदायमा जनचेतना फैलाउने अभ्यास बढेको बताउनु भयो । सहभागी ५३ घरधुरीलाई एक एक थान हार्फिक, ट्वाइलेट ब्रस, चप्पल, हात धुने साबुन दुई थान, साबुनदानी, बाल्टिन धारा सहित, जग तथा फिल्टर प्रदान गरिएको थियो । भने छनोट भएका मध्ये ४ जनाको घरमा शौचालय नबनेकाले हार्फिक, ट्वाइलेट ब्रस, चप्पल बाहेकका सामानहरु वितरण गरिएको कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो ।
एसडिआरसीका फिल्ड सुपरभाइजर जविछ दासले संचालन गर्नुभएको सो कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत रियाज अहमदले विगतको तुलनामा समुदायमा सरसफाइ, शौचालय प्रयोग, हात धुने बानी तथा सुरक्षित खानेपानी प्रयोगमा उल्लेखनीय सुधार आएको बताउनुभयो । कार्यक्रममा फिल्टर, हार्पिक, ब्रस, साबुन र शौचालयका लागि छुट्टै चप्पललगायत सामग्री वितरण गरिएको जानकारी दिँदै समुदायमा सकारात्मक व्यवहार परिवर्तन देखिएको बताउनुभयो ।
यस कार्यक्रमले मुडिया टोलमा सरसफाइ, स्वच्छता र स्वास्थ्यसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ । कार्यक्रममा एसडिआरसीका कार्यक्रम संयोजक विवश श्रेष्ठ, फिल्ड सुपरभाइजरहरु जिवछ दास, दिब्या झा,काजल यादव, राज किशोर यादव, अनोज कापर, भोलेन्टियर, समुदायका अगुवा, महिला स्वयंसेविका,आमा समुहका सदस्यहरु,टोल वास सिसी, वार्ड वास सिसी सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सरसफाइसँग सम्बन्धित आवश्यक सामग्री वितरण गर्नुका साथै सहभागीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
19 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
19 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
19 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
20 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
12 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
21 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
25 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
25 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..