जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, नियम उल्लङ्घन गर्ने संस्थामाथि कारबाही
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ। पछिल्लो समय गरिएको स्थलगत निरीक्षणमा अनुमति विपरीत कक्षा सञ्चालन, फरक नाममा विद्यालय सञ्चालन, न्यून विद्यार्थी संख्यामा विद्यालय चलाउने तथा कोचिङ सेन्टरलाई विद्यालयका रूपमा प्रयोग गर्ने जस्ता गतिविधि फेला परेपछि उपमहानगरले कारबाही प्रक्रिया अघि बढाएको हो।
उपमहानगरको शिक्षा समितिले २० भन्दा बढी निजी विद्यालयको अनुगमन गर्दा अधिकांश विद्यालयले शिक्षा सम्बन्धी कानुनी प्रावधान र मापदण्डको उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ। अनुगमनका क्रममा कतिपय विद्यालयले एक संस्थाको नाममा अनुमति लिएर अर्कै नामबाट सञ्चालन गरेको, स्वीकृत स्थानभन्दा बाहिर विद्यालय चलाएको तथा अनुमति नलिएका कक्षाहरू सञ्चालन गरेको भेटिएको छ।
अनुमति र सञ्चालनमा असंगति
शिक्षा समितिका अनुसार जनकपुरधाम–१३ स्थित न्यू पिनाकल एकेडेमीले पिस टेक्निकल एकेडेमी प्रालिको नाममा अनुमति लिएर फरक नामबाट विद्यालय सञ्चालन गरिरहेको पाइएको छ। विद्यालयका विभिन्न कक्षामा विद्यार्थी संख्या अत्यन्त न्यून भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, जनकपुरधाम–८ मा रहेको नेशनल चिल्ड्रेन पार्क इङ्ग्लिस बोर्डिङ स्कुलले पनि अर्को संस्थाको अनुमतिमा विद्यालय सञ्चालन गरिरहेको र माथिल्ला कक्षाहरूमा अत्यन्त न्यून विद्यार्थी रहेको पाइएको छ। उक्त विद्यालयलाई पनि जरिवाना गरिएको शिक्षा समितिले जनाएको छ।
स्वीकृति भन्दा माथिका कक्षा सञ्चालन
अनुगमनका क्रममा केही विद्यालयले प्राप्त अनुमतिभन्दा माथिका कक्षा सञ्चालन गरिरहेको तथ्यसमेत खुलेको छ। जनकपुरधाम–२१ स्थित श्री लक्ष्मी सरस्वती पार्वती इङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा ८ सम्मको अनुमति पाए पनि कक्षा १० सम्म अध्यापन गराइरहेको भेटिएको छ।
यसलाई शिक्षा सम्बन्धी नियमको गम्भीर उल्लङ्घन ठहर गर्दै अतिरिक्त कक्षा बन्द गर्न निर्देशन दिइएको छ। साथै विद्यालयलाई आर्थिक जरिवानासमेत गरिएको छ।
नाम फरक, अनुमति फरक
जनकपुरधाम–१३ कै जेम्स एकेडेमी स्कुलमा पनि अनुमति र सञ्चालनबीच असंगति देखिएको छ। युनिक एजुकेशन एग्रो फाउन्डेशनको नाममा अनुमति लिइएको भए पनि विद्यालय फरक नामबाट सञ्चालन भइरहेको पाइएको छ।
शिक्षा समितिले विद्यालयले आवश्यक मापदण्ड पूरा नगरेको निष्कर्ष निकाल्दै कक्षा ७ र ८ को अनुमति खारेजी प्रक्रिया अघि बढाएको छ।
बन्द गर्न निर्देशन
केही विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून रहेको तथा स्वीकृत संरचनाअनुसार सञ्चालन नभएको पाइएको छ। जनकपुरधाम–८ स्थित लिटल च्याम्प एजुकेशन प्रालिले अनुमति लिएअनुसार कक्षा सञ्चालन नगरेको पाइएपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, सिद्धार्थ मन्टेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुलले आवश्यक अनुमति नै नलिई विभिन्न तह सञ्चालन गरेको भेटिएपछि जरिवानासहित बन्द गर्न भनिएको छ।
कोचिङ सेन्टरको आवरणमा शैक्षिक संस्था
जनकपुरधाम–२३ मा सञ्चालित स्टुडेन्ट एकेडेमीले विद्यालय सञ्चालनको औपचारिक अनुमति नलिई शैक्षिक गतिविधि सञ्चालन गरिरहेको पाइएको छ। शिक्षा समितिले यस्ता संस्थालाई कानुनी प्रक्रिया पूरा नगरी विद्यालय सञ्चालन नगर्न चेतावनी दिँदै कारबाही गरेको जनाएको छ।
सुधार नगरे कडा कारबाही
शिक्षा समितिका सदस्य दिपक ठाकुरले शिक्षा क्षेत्रलाई व्यापारिक स्वार्थको माध्यम बनाउन नदिइने स्पष्ट पारे। उनका अनुसार अनुगमनका क्रममा धेरै विद्यालयले विद्यार्थी संख्या, अनुमति, नाम तथा कक्षा सञ्चालन सम्बन्धी नियमको खुला उल्लङ्घन गरेको पाइएको छ।
“शिक्षा सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको क्षेत्र हो। अभिभावकबाट शुल्क उठाएर पनि न्यूनतम मापदण्ड पूरा नगर्ने प्रवृत्ति अब स्वीकार्य हुँदैन,” उनले भने। सुधारका लागि समय दिइएको भए पनि अटेर गर्ने विद्यालयको अनुमति खारेजदेखि बन्दसम्मको प्रक्रिया अघि बढाइने उनले चेतावनी दिए।
अनुगमन जारी
उपमहानगरपालिकाले हालसम्म २० भन्दा बढी निजी विद्यालयको निरीक्षण सम्पन्न गरिसकेको जनाएको छ। बाँकी विद्यालयहरूको पनि चरणबद्ध रूपमा अनुगमन भइरहेको छ।
अनुगमनका क्रममा विद्यालयको अनुमति, विद्यार्थी संख्या, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार, अभिलेख, शुल्क संरचना तथा समग्र वैधानिक अवस्थाको अध्ययन भइरहेको छ। उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र गुणस्तर कायम गर्न नियमविपरीत सञ्चालन भइरहेका संस्थामाथि आवश्यक कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।स्थानीय अभिभावकहरूले पनि निजी विद्यालयहरूको नियमित अनुगमन गरी शिक्षा क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउनुपर्ने माग गरेका छन्।
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
23 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
23 घन्टा पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
5 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
6 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
7 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
7 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
7 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
13 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
14 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
14 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
17 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..