सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा बैठक सम्पन्न

4 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम
असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा बैठक शुत्रबार जनकपुरधाममा सम्पन्न भएको छ । सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए), सपोर्ट नेपाल, सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी),जानकी महिला जागरण समाज(जवास)को आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा संचालित सो परियोजना अन्तरगत भएका कामहरुको बारेमा जानकारी सहित समीक्ष बैठक सम्पन्न भएको हो ।
सामुदायिक परिवार कल्याण संघका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय धनुषाका निमित्त प्रमुख नवल किशोर साहले परियोजनाको प्रस्तुतीकरणबाट किशोर–किशोरीहरूमा उल्लेखनीय सकारात्मक परिवर्तन आएको देखिएको बताउँदै बाँकी वडाहरूमा समेत यस्ता कार्यक्रम विस्तार गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विज्ञ मिहिरकुमार झाले लागूऔषध दुरुपयोग न्यूनीकरण, धूम्रपान त्याग, विद्यालय छोडेका युवाहरू पुनः विद्यालयमा फर्किने जस्ता सकारात्मक परिवर्तन देखिएको बताउनुभयो । उहाँले विशेषगरी किशोरीहरूमा परियोजनाको प्रभाव बढी देखिएको उल्लेख गर्दै अनलाइन सुरक्षा, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा लागूऔषध नियन्त्रणका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
धनुषा जिल्ला वैदेशिक रोजगारीका लागि प्रमुख जिल्लामध्ये एक भएकाले त्यससँग सम्बन्धित सामाजिक चुनौती तथा लागूऔषध दुरुपयोगको जोखिम बढ्दै गएको विषयमा पनि छलफल भएको थियो । परियोजनाले बालविवाहप्रति अभिभावकको सोचमा सकारात्मक परिवर्तन ल्याएको, छोरीहरूको शिक्षा र भविष्यमा लगानी गर्ने प्रवृत्ति बढेको तथा बालविवाहको दबाब घटेको जानकारी दिइयो । कार्यक्रममा सपोर्ट नेपालका कार्यक्रम संयोजक संजीव जोशीले परियोजना अन्तर्गत बालबालिका, युवा तथा महिलाको नेतृत्व र निर्णय क्षमताको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवर्तनका संवाद (सीओसी) सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण, ग्रेजुएसन समारोह तथा नियमित सीओसी कक्षा सञ्चालन गरिएको छ । साथै हानिकारक सामाजिक मूल्य–मान्यता, भेदभाव तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अवरोध न्यूनीकरणका लागि वडा अध्यक्षको संयोजकत्वमा १६ वटा सीओसी व्यवस्थापन समिति गठन गरी नियमित बैठक सञ्चालन गरिएको छ । सामाजिक विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक विवश श्रेष्ठले परियोजनाले गर्भावस्थादेखि २४ वर्षसम्मका बालबालिका, किशोर–किशोरी, युवा तथा अभिभावकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, संरक्षण, नेतृत्व विकास, पोषण तथा सरसफाइका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार अभिभावक शिक्षा सत्र, आमा समूह बैठक र घरभेट कार्यक्रम सम्पन्न भएका छन्। साथै पोषण प्रवद्र्धन, नवजात शिशु स्वागत कार्यक्रम, पुरुष सहभागिता वृद्धि, करेसाबारी कार्यक्रम तथा स्वच्छता प्रवद्र्धनका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।

जानकी महिला जागरण समाजकी परियोजना संयोजक निकिता सिंह यादवले बाल संरक्षण, बाल अधिकार, किशोरी सशक्तीकरण तथा युवा रोजगार प्रवद्र्धनका क्षेत्रमा परियोजनाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले बाल अधिकारका चार आधारभूत पक्ष—बाँच्न पाउने, संरक्षण, विकास तथा सहभागिताको अधिकार—सम्बन्धी जनचेतना अभिवृद्धि गरिएको जानकारी दिनुभयो । साथै किशोरी क्लब गठन, बालविवाहमुक्त टोल घोषणा, सकारात्मक अभिभावकत्व, जीवनोपयोगी सीप तालिम, लैङ्गिक समानता तथा सुरक्षित बसाइँसराइसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो । सो कार्यक्रममा सिएफडब्लुएका कार्यक्रम संयोजक मोमताज राय भाटले अहिले सम्म भएको कामको बारेमा जानकारी गराउनु भएको थियो । जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य संयोजक अयोधी दासले सीओसी कक्षाको प्रभावका कारण किशोरीहरूमा आत्मविश्वास बढेको, स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाको संख्या वृद्धि भएको तथा स्वास्थ्य सूचकहरूमा सुधार देखिएको बताउनुभयो ।

उहाँले बालविवाह विरुद्धको अभियानमा पनि उल्लेखनीय सफलता हासिल भएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी किशोरी तथा युवा प्रतिनिधिहरूले पनि आफ्नो अनुभव साझा गरेका थिए। स्टिक्स एण्ड स्टोन्स सहजकर्ता रबिता कुमारी यादवले बाल संरक्षण, किशोरी सुरक्षा तथा अनलाइन सुरक्षासम्बन्धी तालिमले आफूलाई सचेत र आत्मविश्वासी बनाएको बताइन्। उनले सामाजिक सञ्जालमा हुने जोखिम, अनलाइन ठगी तथा किशोरीमाथि हुने हिंसाबारे सचेत रहनुपर्ने आवश्यकता बताउनु भयो । सीओसी च्याम्पियन प्रियंका कुमारी रामले बालविवाहको विरोध गर्दै शिक्षा र सामाजिक सेवामा सक्रिय भएको अनुभव सुनाउनुभयो । उहाँले शिक्षा, समानता र सामाजिक उत्तरदायित्वबारे महत्वपूर्ण सिकाइ प्राप्त गरेको बताउनुभयो । त्यसैगरी, सीओसी च्याम्पियन मनिषा पण्डितले सीओसी कक्षापछि किशोरीहरू आत्मविश्वासी, निर्भीक र आफ्ना विचार खुला रूपमा व्यक्त गर्न सक्षम भएको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरूले सशक्त बालिका परियोजनाले बालविवाह न्यूनीकरण, किशोरी सशक्तीकरण, लैङ्गिक समानता, स्वास्थ्य, शिक्षा, पोषण तथा समुदायस्तरमा व्यवहारगत सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष प्रस्तुत गरेका थिए। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रमको सञ्चालन सामुदायिक परिवार कल्याण संघका सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक मोमताज राय भाटले गरेका थिए। सो कार्यक्रममा आयोजक संस्थाहरु सपोर्ट नेपालका कार्यबाहक अधयक्ष सुनिल मल्लिक, एसडिआरसीका अध्यक्ष मञ्जु कुमारी यादव तथा जवासका अध्यक्ष मन्दाकिनी कर्ण तथा चारवटै संस्था, कार्यक्रम संयोजक, फिल्ड सुपरभाइजर, सिओसी कक्षाका चम्पियनहरु, माहिला स्वास्थ्य स्वयंसेविका, पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।परियोजना धनुषा जिल्लाको विदेह नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका तथा जनकन्दिनी गाउँपालिकामा संचालित छन् । 

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

15 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

15 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

24 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

28 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..