खाद्य स्वच्छता र एएमआर नियन्त्रणका लागि जनकपुरधाममा बहु–क्षेत्रीय सहकार्यमा जोड
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
असार ३० गते।
खाद्य स्वच्छता प्रवद्र्धन, सुरक्षित खाद्य प्रणालीको विकास तथा खाद्यजन्य प्रतिजैविक प्रतिरोध (एएमआर) नियन्त्रण गर्ने उद्देश्यले जनकपुरधाममा एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनुषाको आयोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा वक्ताहरूले खाद्य स्वच्छता र सुरक्षित खाद्य प्रणाली सुनिश्चित गर्नुका साथै प्रतिजैविक (एन्टिबायोटिक) औषधिको अनावश्यक प्रयोग रोक्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरूका अनुसार मानव, पशु र वातावरणीय स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको भएकाले वन हेल्थ अवधारणा अनुसार समन्वित प्रयासबाट मात्र प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्न सकिन्छ ।
एफएओ नेपालका डा. साकार शिवाकोटीले परियोजनाको प्रगति प्रस्तुत गर्दै राष्ट्रिय तथा मधेश प्रदेशमा एएमआरको अवस्था, चुनौती र आगामी योजनाबारे जानकारी गराउनुभयो । उहाँका अनुसार सुरक्षित खाद्य उत्पादन, प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग तथा वैज्ञानिक निगरानी प्रणालीलाई सुदृढ बनाउन सके प्रतिजैविक प्रतिरोध नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल गर्न सकिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जय कुमार यादवले प्रतिजैविक औषधि आवश्यक परेको अवस्थामा मात्र जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले एएमआर विश्वव्यापी जनस्वास्थ्यको गम्भीर चुनौती बनिसकेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईँटेलले खाद्य सुरक्षा सुनिश्चित गर्न नियामक निकाय, स्थानीय तह, निजी क्षेत्र, उत्पादक तथा उपभोक्ताबीच समन्वित प्रयास अपरिहार्य रहेको बताउँदै खाद्य स्वच्छतासम्बन्धी जनचेतना बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल छलफलमा खाद्य, स्वास्थ्य, पशु सेवा, उपभोक्ता अधिकार तथा युवा क्षेत्रका प्रतिनिधिहरूले खाद्य स्वच्छता ऐन, २०८१ को कार्यान्वयन, प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग, एकीकृत निगरानी प्रणाली, निजी क्षेत्रको भूमिका, उपभोक्ताको अधिकार तथा वन हेल्थ अवधारणाको प्रभावकारी कार्यान्वयनका विषयमा आफ्ना धारणा राख्नुभयो। छलफलमा एएमआर स्वास्थ्य क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको निष्कर्ष निकालिएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी दिनमा सुरक्षित खाद्य उत्पादन, प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग तथा खाद्य स्वच्छतासम्बन्धी जनचेतना आफ्ना–आफ्ना क्षेत्र र समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मधेश प्रदेशका प्रमुख बिमल दाहालले खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा प्रतिजैविक प्रतिरोध नियन्त्रण सरकार, निजी क्षेत्र, उत्पादक, उपभोक्ता तथा सम्पूर्ण सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले बहु–क्षेत्रीय सहकार्य, वैज्ञानिक निगरानी तथा प्रमाणमा आधारित नीतिको प्रभावकारी कार्यान्वयनमार्फत सुरक्षित खाद्य प्रणाली निर्माणमा जोड दिँदै यस्ता कार्यक्रमले मधेश प्रदेशमा उपभोक्ता स्वास्थ्य संरक्षण तथा खाद्यजन्य प्रतिजैविक प्रतिरोध नियन्त्रणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य तथा पशु सेवा क्षेत्र, स्थानीय तह, निजी क्षेत्र, खाद्य उत्पादक, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
12 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
12 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
13 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
13 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
1 महीना पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्à¤..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्à¤..
2 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषाà..
2 महीना पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 महीना पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फà¤..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
2 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले