खाद्य स्वच्छता र एएमआर नियन्त्रणका लागि जनकपुरधाममा बहु–क्षेत्रीय सहकार्यमा जोड

2 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम,
असार ३० गते।
खाद्य स्वच्छता प्रवद्र्धन, सुरक्षित खाद्य प्रणालीको विकास तथा खाद्यजन्य प्रतिजैविक प्रतिरोध (एएमआर) नियन्त्रण गर्ने उद्देश्यले जनकपुरधाममा एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनुषाको आयोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा वक्ताहरूले खाद्य स्वच्छता र सुरक्षित खाद्य प्रणाली सुनिश्चित गर्नुका साथै प्रतिजैविक (एन्टिबायोटिक) औषधिको अनावश्यक प्रयोग रोक्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरूका अनुसार मानव, पशु र वातावरणीय स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको भएकाले वन हेल्थ अवधारणा अनुसार समन्वित प्रयासबाट मात्र प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्न सकिन्छ ।
एफएओ नेपालका डा. साकार शिवाकोटीले परियोजनाको प्रगति प्रस्तुत गर्दै राष्ट्रिय तथा मधेश प्रदेशमा एएमआरको अवस्था, चुनौती र आगामी योजनाबारे जानकारी गराउनुभयो । उहाँका अनुसार सुरक्षित खाद्य उत्पादन, प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग तथा वैज्ञानिक निगरानी प्रणालीलाई सुदृढ बनाउन सके प्रतिजैविक प्रतिरोध नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल गर्न सकिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जय कुमार यादवले प्रतिजैविक औषधि आवश्यक परेको अवस्थामा मात्र जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले एएमआर विश्वव्यापी जनस्वास्थ्यको गम्भीर चुनौती बनिसकेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईँटेलले खाद्य सुरक्षा सुनिश्चित गर्न नियामक निकाय, स्थानीय तह, निजी क्षेत्र, उत्पादक तथा उपभोक्ताबीच समन्वित प्रयास अपरिहार्य रहेको बताउँदै खाद्य स्वच्छतासम्बन्धी जनचेतना बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल छलफलमा खाद्य, स्वास्थ्य, पशु सेवा, उपभोक्ता अधिकार तथा युवा क्षेत्रका प्रतिनिधिहरूले खाद्य स्वच्छता ऐन, २०८१ को कार्यान्वयन, प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग, एकीकृत निगरानी प्रणाली, निजी क्षेत्रको भूमिका, उपभोक्ताको अधिकार तथा वन हेल्थ अवधारणाको प्रभावकारी कार्यान्वयनका विषयमा आफ्ना धारणा राख्नुभयो। छलफलमा एएमआर स्वास्थ्य क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको निष्कर्ष निकालिएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी दिनमा सुरक्षित खाद्य उत्पादन, प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग तथा खाद्य स्वच्छतासम्बन्धी जनचेतना आफ्ना–आफ्ना क्षेत्र र समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मधेश प्रदेशका प्रमुख बिमल दाहालले खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा प्रतिजैविक प्रतिरोध नियन्त्रण सरकार, निजी क्षेत्र, उत्पादक, उपभोक्ता तथा सम्पूर्ण सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले बहु–क्षेत्रीय सहकार्य, वैज्ञानिक निगरानी तथा प्रमाणमा आधारित नीतिको प्रभावकारी कार्यान्वयनमार्फत सुरक्षित खाद्य प्रणाली निर्माणमा जोड दिँदै यस्ता कार्यक्रमले मधेश प्रदेशमा उपभोक्ता स्वास्थ्य संरक्षण तथा खाद्यजन्य प्रतिजैविक प्रतिरोध नियन्त्रणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य तथा पशु सेवा क्षेत्र, स्थानीय तह, निजी क्षेत्र, खाद्य उत्पादक, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

12 comments
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

4 घन्टा पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

4 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

4 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 दिन पहिले

जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..

जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..

1 दिन पहिले

भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..

जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..

2 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

6 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

15 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

15 दिन पहिले

गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..

  जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..

23 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

1 महीना पहिले

सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..

  जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

1 महीना पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..

काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..