ओली समूहभित्र पनि अन्तरविरोध : निर्णय सच्याएर अपानि

6 वर्ष पहिले प्रकाशित

Smrititimes

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय सच्याएर अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । १० वैशाखमा गरिएको कार्यविभाजन सम्बन्धी निर्णय सच्याएर १३ वैशाखमा अपानि जारी गरिएको छ ।

सच्चिएको अपानिमा केही नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । अपानिअनुसार महेश बस्नेत, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, दावा लामा, भगवती चौधरी, ज्वालाकुमारी महतोलगायतको जिम्मेवारी हेरफेर भएको छ । अर्थात्, बालुवाटार बैठकले गरेको निर्णयपछि बधाइ लिइसकेका नेताहरूले अपानि जारी भएपछि जिम्मेवारी गुमाएका छन् ।

मुख्यगरी बस्नेत र गुरुङको जिम्मेवारी खोसिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । पार्टी बैठकले पूर्वमन्त्री बस्नेतलाई युवा संघ नेपाल र नेपाल खेलकुद महासंघ तथा सम्बद्ध संस्थाहरुको इन्चार्जको जिम्मेवारी दिएको थियो । तर, अपानि अनुसार भने बस्नेतलाई नेपाल खेलकुद महासंघको इन्चार्जबाट हटाइएको छ ।

यो जिम्मेवारी माओवादी पृष्ठभूमिका नेता एवम् युवा तथा खेलकुद मन्त्री दावा लामालाई दिइएको छ । पार्टी बैठकले लामालाई युवा तथा खेलकुद विभागको प्रमुख तोकेको थियो । अब लामाले पार्टी संगठनमा दोहोरो जिम्मेवारी र मन्त्रालयको नेतृत्व गर्नेछन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पार्वत गुरूङको जिम्मेवारी पनि अपानिले खोसेको छ । पार्टी बैठकले गुरुङलाई गाउँपालिका महासंघ, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र दोलखा जिल्लाको इन्चार्ज दिने निर्णय गरेको थियो ।

तर, अपानिमा भने गुरूङ दोलखा जिल्लाको इन्चार्ज मात्रै छन् । बाँकी जिम्मेवारी गोकुल बाँस्कोटालाई दिइएको छ । अपानिबाट थप जिम्मेवारी पाएका बाँस्कोटालाई पार्टी बैठकले भने काभ्रे जिल्लाको इन्चार्ज मात्रै दिएको थियो ।

यस्तै जिम्मेवारी हेरफेर हुनेमा सुनसरी जिल्लाको सहइन्चार्जबाट भगवती चौधरी इन्चार्ज बनेकी छन् भने बाराका सहइन्चार्ज तोकिएका बलबीर चौधरीलाई बढुवा गर्दै इन्चार्ज बनाइएको छ । बालुवाटार बैठकबाट असन्तुष्टि जनाउँदै बाहिरिए पछि अपानिबाट चौधरीको जिम्मेवारी हेरफेर गरिएपनि अन्य नेताहरूको असन्तुष्टि सार्वजनिक भएन ।

तर, एक नेताका अनुसार, पार्टीभित्र विवाद बढेपछि मिलाउन अध्यक्ष ओलीले जिम्मेवारी हेरफेर गरेर अपानि जारी गरेका हुन् । ओली निकट नेताहरू विभाजित भएकै कारण जिम्मेवारी हेरफेर गर्नुपरेको ती नेता बताउँछन् ।

विशेषगरी पूर्वमन्त्रीहरू बस्नेत र बाँस्कोटा बीचको विवादले पनि जिम्मेवारी हेरफेरलाई बल पुगेको छ । दुवै जना ओलीका अति निकट नेता भएपनि लामो समय देखि एकअर्का बीच राम्रो सम्बन्ध छैन । अहिले त्यसैको कारण बैठकको निर्णय सच्याएर अपानि जारी गरिएको ती नेता बताउँछन् ।

युवा संघबाट बाहिरिएका नेताहरुले ७ वैशाखमा मात्रै गठन गरेको नेपाल खेलकुद महासंघको इन्चार्ज पनि बस्नेतलाई दिइए पछि असन्तुष्टि बढेको थियो । बस्नेतलाई इन्चार्जबाट हटाउन ओलीलाई दवाब दिइयो । बस्नेत युवा संघको इन्चार्ज भएकै बेला संघबाट बाहिरिएका रमेश पौडेलको नेतृत्वमा नेपाल खेलकुद महासंघ बनेको छ । पौडेल बाँस्कोटासँग नजिक छन् ।

सुनिएन असन्तुष्टिको स्वर

अन्तरविरोधकै कारण केही नेताहरुको जिम्मेवारी हेरफेर गरिए पनि बाँकी असन्तुष्टको माग भने सुनुवाइ गरिएको छैन । यस्तो असन्तुष्टि जनाउनेमा ओली निकट नेता खगराज अधिकारी एक थिए ।

स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख र स्वास्थ्य सम्बद्ध संगठनहरुको इन्चार्जको भूमिका दिइएको अधिकारीले बालुवाटार बैठकमै असन्तुष्टि जनाएका थिए । भूगोलसँग जोडिने जिम्मेवारी माग्दा पनि नपाएका अधिकारीले बैठकमै असन्तुष्टि जनाएका थिए ।

जवाफमा ओलीले ‘कहाँ बस्दा भूगोलसँग जोडिनुहुन्छ, भन्नुहोस्’ भनेर सोधे । तर, अधिकारीले भने त्यस्तो ठाउँ नै बाँकी नरहेको संकेत दिएका थिए । अधिकारीको भनाइ थियो, ‘मलाई पोखरा महानगरपालिकाको ३१ नम्बर वडाको जिम्मेवारी दिइयोस् ।’ २ जेठ २०७५ अगाडि गण्डकी इन्चार्ज रहेका अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि सहइन्चार्जको जिम्मेवारी दिइएको थियो ।

बालुवाटार बैठकमा भने गण्डकीको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जहरुमा किरण गुरुङ, पद्‍मा अर्याल र लिलबहादुर थापा प्रस्ताव गरियो । बैठकमै असन्तुष्टि जनाएका अधिकारीले उनको चाहनाअनुसारको भूमिका पाएनन् ।

‘कम्युनिष्ट पार्टीमा लागेपछि सदस्यकै भूमिका मात्रै पाए पनि इज्जतको कुरा हो । महत्वपूर्ण भूमिका त जो सक्रिय छ, उसैले पाउने हो नि’, अधिकारीले अनलाइनखबरसँग भने ।

अधिकारीजस्तै प्रस्तावित जिम्मेवारीबारे अरू नेताहरुले पनि बैठकमै असन्तुष्टि जनाएका थिए । अखिलको इन्चार्ज तोकिएका खिमलाल भट्टराईले पनि अधिकारीकै भाषामा बोलेका थिए । ‘यो जिम्मेवारी पनि माधव ढुंगेललाई नै दिऔं । उहाँ विद्यार्थी विशेषको पनि इन्चार्ज हुनुहुन्छ’, भट्टराईको भनाइ उदृत गर्दै एक सहभागीले भने ।

अर्थात्, भट्टराईलाई जति जिम्मेवारी दिइएको थियो, त्यो भन्दा धेरै जिम्मेवारी आफू भन्दा जुनियर ढुंगेलले पाएका थिए । ढुंगेललाई विद्यार्थी विशेष जिल्लासँग एमालेमा महत्वपूर्ण अर्थ राख्ने पेशागत जिल्ला कमिटी इन्चार्जको समेत भूमिका दिइएको छ ।

कुनै मापदण्ड निर्धारण नगरी जिम्मेवारी दिइएकोमा नेताहरु जति असन्तुष्ट छन्, त्यो भन्दा पनि माओवादी पृष्ठभूमिका नेताहरुलाई पाएको भूमिकाले बढी असन्तुष्ट देखिएका छन् । हुन पनि माओवादी पृष्ठभूमिका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, दावा लामाले मन्त्री पदसँगै पार्टीमा तेहोरो भूमिका पाएका छन् ।

जिम्मेवारी निर्धारणमा वरिष्ठता मात्रै नभएर भूगोलबारे समेत ध्यान नदिएको असन्तुष्टि १० वैशाखको बालुवाटार बैठकमै उठेको थियो । खेममान खड्कालाई लुम्बिनी प्रदेश सचिवसँगै बाँके र पश्चिम रुकुमको इन्चार्जको भूमिका दिइएको बाँकेका पुराना नेता महमद हारुन हलुवाईले असन्तुष्टि जनाएका थिए ।

‘भूगोल मिल्ने भएपनि हुन्थ्यो । पश्चिम रुकुम र बाँके एउटै व्यक्तिले हेर्न सकिएला र’, उनको प्रश्न थियो । आफूलाई बाँकेको जिल्ला सहइन्चार्ज मात्रै दिइए पछि हुलवाईले यसबारे पुनर्विचार गर्नुपर्ने संकेत गरेका थिए । तर, उनको माग सुनुवाइ भएन ।

स्रोतका अनुसार, एमालेभित्रैका नेताहरू नभएर माओवादीबाट आएका नेताहरूको माग पनि अपानिमा सम्बोधन भएन ।

कर्णाली प्रदेश सचिवको भूमिका सँगै पश्चिम रुकुमको इन्चार्ज तोकिएका धर्मराज रेग्मीले अरू कुनै जिल्ला मागेका थिए । उनको चाहना, कालीकोट र पश्चिम रुकुम जस्तो माओवादीको प्रभाव रहेको क्षेत्रको इन्चार्ज नबन्ने थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

5 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

5 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

6 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

6 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

7 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

7 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

18 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

19 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

24 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..