द्वन्द्व पिडितलाई दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने माग गरियो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

 जनकपुरधाम,जेठ २६ गते ।जनकपुरधाममा भएको एक कार्यक्रममा बोल्दै वक्ताहरुले माओबादी जनयुद्ध तथा मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुका परिवारलाई दिर्घकालिशन रुपमा व्यवस्थापनको हुनुपर्नेमा जोड दिएका छन् । समग्र जनउत्थान केन्द्र लाहानको आयोजनामा न्यायमा पहुँच सवलीकरण कार्यक्रम द्वन्द्वका पिडितहरुको परिपुरण तथा ततलिन आवश्यक्ता सम्बोधन गर्न प्रदेश सरकार र अन्य सरोकारबलाहरुको भुमिका विषयक सम्बाद कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका पुर्व कानुन मन्त्री राजकुमार लेखीले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आन्दोलनको चर्चा समेत नगरेको बताउदै विगतपाँच वर्ष देखि नीति तथा कार्यक्रमहरु विना छलफल कपीपेस्ट मात्र भईरहेको आरोप लगाउनु भयो। द्वन्द पिडितहरुलाई आर्थिक तथा सामाजिक रुपमा दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नीतिगत रुपमा नै काम गर्नुपर्ने भएकाले यसका विषयमा सरकार संग समन्वय गर्ने बताउनु भयो । केन्द्रका अध्यक्ष रामभरोशी महतोको अध्यक्षतामा भएको सो सम्बाद कार्यक्रममा बोल्दै प्रदेश साँसद शारदादेवी थापाले द्वन्द्व पिडितलाई सदैभरी राज्य आर्थिक सहयोग गर्ननसक्ने भएकाले उनिहरुलाई सिप मुलक काममा लगाउनुपर्नेमा जोड दिनुभयो । द्वन्द पिडित राज्यको हुनुपर्नेमा पार्टीगत भएको जस्तो विगतमा अनुभव गरेको बताउदै उहाँले उनिहरुलाई राज्य पक्षले कार्डको व्यवस्थापन गरी प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनु भयो । प्रदेश साँसद राजेन्द्र प्रसाद चौधरीले द्वन्द पिडितको नाउँमा अन्यले समेत विगतमा राहत पाएको बताउदै बास्तविक द्वन्द पिडितलाई आत्म निर्भर हुन सरकारले काम गर्नुपर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै प्रदेश गृह संचार तथा कानुन मन्त्रालयका सचिव उत्तम प्रसाद खरेलले द्वन्द पिडितहरुका लागि राज्य विभिन्न प्रकारका योजनाहरु ल्याएको जानकारी गराउदै पाँच लाख सम्मको व्यवसायका लागि सहुलियत ऋणको सुबिधा तथा एक लाख सम्मको उपचार खर्च समेत दिनेगरेको बताउनु भयो । अहिले सम्म देशभर ६३ हजार द्वन्द पिडितको नाउँमा उजुरी परेको उहाँले जानकारी दिनुभयो । सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोज मधेश प्रदेशका प्रमुख मन्जु खतिवडाले एक द्वन्द पिडित परिवार एक रोजगारको सिफरिस आयोगले गरेपनि राज्य पक्षले कार्यान्वयन नगरेको बताउनु भयो । समस्या समाधान गर्न प्रदेश तथा पालिकाहरुले कानुन बनाउन नसकेको अवस्थामा द्वन्द पिडितहरुलाई समस्या भईरहेको कार्यक्रममा सहभागी द्वन्द पिडितहरुले बताएका थिए ।

12 comments
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

5 घन्टा पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

5 घन्टा पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

5 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..