विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा ल्याए “मिथिला थाली”
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । विश्व प्रसिद्ध नेपाली तथा मिथिलाका छोरा मास्टर सेफ सन्तोष साहले आफ्नै मातृ भूमि जनकपुरधाममा मिथिलाको भोजन तथा संस्कृति झल्किने पहिलो प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । विश्व विख्यात बनेका मास्टर सेफ सन्तोषले ख्याति कमाएका मिथिलाका परिकार पस्केर अतिथिलाई सत्कार गर्नका लागि जनकपुरधाममा “मिथिला थाली” नामक होटल एण्ड रेष्टुरेन्ट नामक प्रतिष्ठा सञ्चालनमा ल्याएका छन् । मिथिलाको गाउँ घरमा महिलाहरूले तयार पार्ने पिठौरी, अदौरीद दनौरी, तिलौरी, कुम्रौडी, सकरौडी, कडी कडही सहितका विभिन्न परिकारहरू परम्परागत चुलामा तयार पारेर अतिथिलाई सस्तो दरमा खुवाउने अठोट लिएका छन् । उनले आफूलाई रेष्टुरेन्ट सञ्चालनका लागि विश्वका दाताहरूले आग्रह गरेपनि आफूले यसको सुरुआत आफ्नै मातृ भूमिबाट आफ्नै लगानीमा गरेको जानकारी दिनु भएको छ । मिथिला थालीका साथै मिथिलाको पहिचान झल्किने आवास तथा पार्टी प्यालेस पनि सञ्चालनमा ल्याएका हुन् ।

यसबाट यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठूलो मद्दत पुग्ने विश्वास विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहको रहेको छ । आफूले यसै प्रतिष्ठानको नामबाट नेपालका विभिन्न ठूला शहरका साथै युरोपका विभिन्न मुलुक, नेपालीहरू बसोबास गर्ने खाडी मुलुकमा गरेर पाँच वर्ष भित्रमा १ सय प्रतिष्ठान सञ्चालन गर्ने अठोट सहित अगाडी बढेको बताउनुभयो । मिथिला थालीका स्वाद दिन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई २ सय ५० रुपैयाँमा भोजन गराउने बताउनु भयो । लागत मूल्यमा न्यून मुनाफा लिएर मिथिला भोजनका पारखीहरूलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । मिथिला थालीका साथै मिथिलाको गाउँमा उत्पादन हुने सामानहरूको खरिद आफ्नो सवारी साधनले खरिद गर्ने भएकाले यसबाट घर घरमा महिलालाई रोजगारीको अवस्था सृजना हुने र परम्परागत उत्पादनको प्रवद्र्धन एवं संरक्षण हुने विश्वास मास्टर सेफ साहको रहेको छ । करिब दुई करोडको लागतमा सञ्चालनमा ल्याएको मिथिला थाली नामक होटल एवं रेष्टुरेन्टको शाखा अन्यत्र खोल्नका लागि दाताहरू लगानी गर्नका लागि आफै आइरहेको उहाँले बताउनुभयो । निकट भविष्यमा नै नेपालको काठमाडौँ, पोखरा, मुग्लिङ, राजविराज, वीरगन्ज, नारायणघाट सहितका ठूला सहरहरूमा खोल्ने बताउनुभयो । बेलायतको रियालिटी कुकरी टिभी शृङ्खलाका विजेता साहले जनकपुरधामको रामानान्द चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष साह’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गरिएको छ । २५० रुपैयाँमा १७ वटा परिकार खान पाइने बताउँदै साहले थाली वेचेवापतको तीन रुपैयाँ स्थानीय एक अनाथालयलाई प्रदान गरिने जानकारी दिनु भयो । मिथिला थाली नामक रेष्टुरेन्टमा मिथिला प्रसिद्ध परिकारहरू बिक्री गर्ने कक्ष पनि रहेको छ । यसबाट मिथिलाका परिकारहरू खरिद गरेर घरमा लगेर पकाउन मिल्ने उहाँले जानकारी दिनु भएको छ । पकाएको परिकार खान मिल्नुका साथै किनेर कोसेलीको रुपमा घर पनि लान मिल्ने भएको छ । यसका साथै सोही ठाउँमा मिथिला पेन्टिङको बिक्री कक्ष पनि रहने मास्टर सेफ साहले बताउनुभयो ।साभार : रेडियो नेपाल
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
4 घन्टा पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
4 घन्टा पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
4 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
1 दिन पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
15 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..