ग्रामीण भेगका दलित र अशिक्षितलाई क्रिश्चियन बनाउने एजेन्टहरू सक्रिय !

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । हिन्दू धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउन मधेश प्रदेशका ग्रामीण भेगमा एजेन्टहरू सक्रिय भएका छन् । विशेष गरी अशिक्षित र दलित समुदायमा क्रिश्चियन धर्मका एजेन्टहरू सक्रिय भएका हुन् ।अनेक खालका प्रलोभन र भ्रममा पारेर क्रिश्चिन धर्मका एजेन्टहरू धर्म परिवर्तन गराउँदै हिँडेका छन् । मधेशका ग्रामीण भेगका अधिकतर परिवार हिन्दू धर्म मान्छन् । तर प्रलोभनमा परेर पछिल्लो समय हिन्दू धर्म परिवर्तन गर्नेहरूको संख्या ह्वात्तै बढेको छ ।

सिरहाको औरही गाउँपालिका ५ स्थित सामुदायिक भवनमा हरेक शनिवार क्रिश्चियन धर्मका अगुवाहरू पुग्छन् । उनीहरूले दलित समुदायका अशिक्षित व्यक्तिलाई भेला पार्छन् । र, क्रिश्चियन धर्ममा लागेपछि कहिल्यै बिरामी नपर्ने, घरमा कुनै कलह नहुने, धन प्राप्ति हुने जस्ता अन्धविश्वास फैलाएर धर्म परिवर्तन गराउँछन् ।

 

 

स्थानीय एक बृद्धले सुनाए, ‘करिब २ महिनादेखि ३/४ जना व्यक्ति आउँछन् । उनीहरू भेला पारेर सबैको हातमा ‘परमेश्वर पिता’ नामको पुस्तक थमाउँछन् । भन्छन् क्रिश्चियन धर्ममा लागेपछि सबै खालको रोग निको हुन्छ । पैसाको अभाव कहिल्यै हुँदैन । यस्ता यस्ता कुरा गरेर धर्म परिवर्तन गराइरहेको छ ।’

उनका अनुसार दुई महिनामै करिब ५ सयभन्दा बढी व्यक्तिले हिन्दू धर्म त्यागेर क्रिश्चियन बनेका छन् । धर्म बदल्नेमध्ये अधिकांश दलित र अशिक्षित महिला छन् ।

‘सुरुमा ‘परमेश्वर पिता’ पुस्तकमा रहेका भजनहरु मात्र सिकाए’, उनले भने, ‘पछि मात्र यो क्रिश्चियन धर्म हो भन्यो । बाहिरका ति ३र४ जना व्यक्ति आएपछि भेला पारेर नेपालीमा लेखिएको पुस्तक पढ्छन् र त्यसलाई मैथलीमा सम्झाउँछन् ।’

बिरामी पर्दा लाखौं रुपैयाँ खर्च हुन्छन् र क्रिश्चियन बनेपछि बिरामी नै नपर्ने भन्ने गरेकाले धेरै व्यक्ति त्यसमा लाग्न थालेको उनको भनाई छ ।

केहि दिनअगाडि क्रिश्चियन बनेका अन्दाजी ४० वर्षीय राजदेव यादवले भने, ‘एक महिलाको खुट्टा दुख्थ्यो । कहाँ कहाँ पुगेर उपचार गराए । तर निको भएन । क्रिश्चियन बनेपछि निको भयो । त्यसैले म पनि यहाँ आउन थालेको छु ।’

बिरामी निको हुन्छ र रु यो त अन्धविश्वास हो भन्ने जिज्ञासामा उनले भने, ‘अन्धविश्वास कसरी बुझ्ने रु म मान्दिन्नँ ।’ यसरी अन्धविश्वासमा उनी मात्र होइन, यहाँका सयौँ व्यक्ति परेका छन् ।

शनिवारका दिन सामुदायिक भवनमा भेला पारेर धर्म परिवर्तन गराउने क्रिश्चियनहरु बाहिरबाट आउने गरेको सूचना पाएपछि आज हिन्दू सम्राट् सेनाका युवाहरू त्यहाँ पुगेका थिए ।

हिन्दू युवाहरूले प्रलोभन र भ्रममा पारेर धर्म परिवर्तन गराउन नहुने भन्दै क्रिश्चियनका अगुवाहरूबाट ‘परमेश्वर पिता’ नामको पुस्तक खोसेर च्यातेका छन् । उनीहरू क्रिश्चियनको पुस्तक खोस्न खोज्दा केहिबेर तनाव उत्पन्न भएको थियो ।

हिन्दू सम्राट सेनाका अजय यादवले प्रलोभन देखाएर धर्म परिवर्तन गराउन अपराध हो, तर प्रहरी प्रशासन चुप लागेपछि हिन्दू धर्म संकटमा परेको बताए । उनले क्रिश्चियन धर्मका नाममा अफवाह फैलाउने र हिन्दू धर्म परिवर्तन गराउँदै हिँड्नेलाई कारबाही गर्न प्रशासनसँग माग समेत गरे ।

उनले ग्रामीण भेगमा बढी मानिस अशिक्षित रहेको र यसलाई नै टार्गेट गरी क्रिश्चियनहरु सक्रिय बनेको बताए । उनले भने, ‘धर्म परिवर्तन नगराउन क्रिश्चियन अगुवाहरूलाई आज चेतावनी दिएका छौँ । चेतावनीको अवज्ञा भयो भने कारबाही गर्छौँ ।’साभार : नेपाल प्रेस

12 comments
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

12 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

13 दिन पहिले

गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर

जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..

14 दिन पहिले

जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..

जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..

15 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

15 दिन पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

22 दिन पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

22 दिन पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

22 दिन पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

3 महीना पहिले