नदी कटानबाट गाउँले त्रसित

2 वर्ष पहिले प्रकाशित

Smrititimes

लहान, असार १० गते । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो। “तीन दशकअघि थोरै क्षेत्रमा बलान नदी पूर्वतर्फबाट सिधा उत्तर दक्षिण बग्दा तिलेबोना र करैया गाउँका ५० बिघाभन्दा बढी खेती योग्य जमिन सुरक्षित थियो” उहाँले नदी कटानको कथा सनाउनुभयो, “हेर्दाहेर्दै ३० वर्षयता सबै उर्वर जग्गा बलान नदीले कटान गरेर अब गाउँ पनि बगाउने अवस्था आइसकेको छ। लालपुर्जा भएका जग्गा जति खोलामा छन्, किसानहरू सुकुमवासी भए।”गोरखापत्रले निरन्तर समाचार प्रकाशित गरेपछि मधेश प्रदेश सरकारको ससर्त अनुदानको २५ लाख रुपियाँ यस वर्ष नदी नियन्त्रणका लागि छुट्याइएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष मुशहरू यादवले जानकारी दिनुभयो। त्यस रकमबाट ७० मिटरलाई मात्र पुग्ने हुँदा तत्काल तटबन्ध निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो। सात सय मिटर तटबन्ध निर्माण भए मात्रै कटान नियन्त्रण हुन सक्ने अवस्थामा यो रकम हात्तीको मुखमा जिरा भए जस्तै भएको २३ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। उहाँका अनुसार सुक्खा मौसममा बलान नदी कटान नियन्त्रणका लागि सङ्घीय सांसद रामशङकर यादव, प्रदेश सभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिका सबैसँग सहयोग मागिएको थियो।  प्रदेश सभा सदस्य ललिता दासको पहलमा २५ लाख रुपियाँ मात्रै आएपछि दीर्घकालीन समाधान नहुने भन्दै स्थानीय बासिन्दा असन्तुष्ट देखिएका छन्। गतवर्ष नगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेर बोरामा बालुवा हालेर बनाएको तटबन्ध पहिलो पटक आएको बाढीले नै बगाएर लगेको थियो। यस वर्ष पनि वर्षाको समयमा सुरु भएको तटबन्ध निर्माण कार्य कतिको भरभपर्दो हुने भने चिन्ता स्थानीयवासीमा छ। बलान नदी कटानबाट लहान नगरपालिकाको वडा नं. ३, १९ र २३ सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको १ र ३ का सयौँ बिघा उर्वर जमिन कटान गरेर स्थानीय किसानलाई विपन्न र सुकुमवासी बनाइदिएको छ।  साभार : गोरखापत्र   

12 comments
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

12 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

13 दिन पहिले

गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर

जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..

14 दिन पहिले

जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..

जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..

14 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

15 दिन पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

22 दिन पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

22 दिन पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

22 दिन पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

3 महीना पहिले