नदी कटानबाट गाउँले त्रसित

3 वर्ष पहिले प्रकाशित

Smrititimes

लहान, असार १० गते । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो। “तीन दशकअघि थोरै क्षेत्रमा बलान नदी पूर्वतर्फबाट सिधा उत्तर दक्षिण बग्दा तिलेबोना र करैया गाउँका ५० बिघाभन्दा बढी खेती योग्य जमिन सुरक्षित थियो” उहाँले नदी कटानको कथा सनाउनुभयो, “हेर्दाहेर्दै ३० वर्षयता सबै उर्वर जग्गा बलान नदीले कटान गरेर अब गाउँ पनि बगाउने अवस्था आइसकेको छ। लालपुर्जा भएका जग्गा जति खोलामा छन्, किसानहरू सुकुमवासी भए।”गोरखापत्रले निरन्तर समाचार प्रकाशित गरेपछि मधेश प्रदेश सरकारको ससर्त अनुदानको २५ लाख रुपियाँ यस वर्ष नदी नियन्त्रणका लागि छुट्याइएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष मुशहरू यादवले जानकारी दिनुभयो। त्यस रकमबाट ७० मिटरलाई मात्र पुग्ने हुँदा तत्काल तटबन्ध निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो। सात सय मिटर तटबन्ध निर्माण भए मात्रै कटान नियन्त्रण हुन सक्ने अवस्थामा यो रकम हात्तीको मुखमा जिरा भए जस्तै भएको २३ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। उहाँका अनुसार सुक्खा मौसममा बलान नदी कटान नियन्त्रणका लागि सङ्घीय सांसद रामशङकर यादव, प्रदेश सभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिका सबैसँग सहयोग मागिएको थियो।  प्रदेश सभा सदस्य ललिता दासको पहलमा २५ लाख रुपियाँ मात्रै आएपछि दीर्घकालीन समाधान नहुने भन्दै स्थानीय बासिन्दा असन्तुष्ट देखिएका छन्। गतवर्ष नगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेर बोरामा बालुवा हालेर बनाएको तटबन्ध पहिलो पटक आएको बाढीले नै बगाएर लगेको थियो। यस वर्ष पनि वर्षाको समयमा सुरु भएको तटबन्ध निर्माण कार्य कतिको भरभपर्दो हुने भने चिन्ता स्थानीयवासीमा छ। बलान नदी कटानबाट लहान नगरपालिकाको वडा नं. ३, १९ र २३ सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको १ र ३ का सयौँ बिघा उर्वर जमिन कटान गरेर स्थानीय किसानलाई विपन्न र सुकुमवासी बनाइदिएको छ।  साभार : गोरखापत्र   

12 comments
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

4 घन्टा पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

4 घन्टा पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

4 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..