समुन्नत नगर बनाउने प्रतिबद्धता

2 वर्ष पहिले प्रकाशित

Smrititimes

लहान, असार ११ गते ।  लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै ‘हाम्रो लहान, सभ्य सुन्दर र समुन्नत लहान’ को नारा कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १६ करोड २२ लाख आठ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीले आइतबार आयोजित नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो। यसअघि नगर सभाको उद्घाटन गर्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले लहान नपाको जनपक्षीय बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह    गर्नुभयो।  उहाँले भन्नुभयो, “मधेशको विकासका लागि कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ। कोशी कमला डाइभर्सन सञ्चालनका लागि टेन्डर लागि सकेको छ। मधेशको समृद्धिका लागि सिँचाइ मलखाद बजार व्यवस्थापन गर्न मधेश सरकारले काम गर्न तयारी थालिसकेको छ।” लहान नगरपालिकाले आँप उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने र आँपबाट बन्ने जुस उद्योग तथा आँप चिस्यानका लागि शीत भण्डारणसम्बन्धी कार्यक्रम ल्याए मधेश प्रदेश सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो।मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी र प्रदेश सभा सदस्य जिवछी यादवले लहान नगरपालिकाले तय गरेको नारा अनुसार नै ल्याएको बजेट कार्यान्वयन होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा तीनसम्म अङ्ग्रेजी माध्यम, स्थानीय पाठ्यक्रम,  विद्यालयमा नर्सको व्यवस्था, छात्रावाससहितको प्राविधिक विद्यालय सञ्चालन गर्ने जस्ता शिक्षातर्फ २६ बुँदे कार्यक्रम तय गरेको छ। यसै गरी स्वास्थ्यतर्फ एक नगर अस्पताल निर्माण, वडा नम्बरको स्वास्थ्य चौकीलाई स्तरोन्नति, बर्थिङ सेन्टर स्थापना, निःशुल्क एम्बुलेन्स तथा शव वाहन सेवा, कृषितर्फ कस्टम आयरिङ सेन्टर स्थापना, लहानको आँपलाई ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ, कृषकलाई अनलाइन सूचीकरण गरी किसान कार्ड लागु, कृषि सिँचाइ, डिप बोरिङ, सतह सिँचाइ सुविधा, कृषि सिँचाइ तथा विद्युत् मिटरमा अनुदान व्यवस्थालाई निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ।   साभार : गोरखापत्र

12 comments
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

12 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

13 दिन पहिले

गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर

जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..

14 दिन पहिले

जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..

जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..

14 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

15 दिन पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

21 दिन पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

21 दिन पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

21 दिन पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

3 महीना पहिले