होटलमा हुने बाल श्रमलाई न्युनिकरण गर्न सरोकारबला संग पैरवी सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम असार १४ गते ।होटल व्यवसायमा हुने बाल श्रमिक संग मानवीय व्यवहार गर्न जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेटले आग्रह गर्नुभएको छ । जनकपुरधाममा संचालित प्रायः होटलहरुमा काम गरिरहेका बाल श्रमिकहरुलाई कामको साथै उचित पारिश्रमिक समेत नपाइएको अवस्थामा उनिहरुको आधारभुत शिक्षामा पहूँचको लागि समेत अगाडी आउनु पर्ने आवश्यक्ता रहेको उहाँले बताउनु भयो । राज्यले शिक्षा र स्वास्थ्यको सुबिधाको ग्यारेन्टी गरेको व्यापारीहरुले ५० प्रतिसत सम्म कर दिन सक्ने अध्यक्ष महासेठले बताउनु भयो ।सबै बालबालिका पुर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्ने आभियानका साथै आसमान नेपालले संचालन गरेको श्रमिक बालबालिकाहरुको सहभागिता सम्बन्धी सरोकारबलाहरु संगको पैरवी कार्यक्रममा श्रम कार्यालय जनकपुरका वरिष्ठ श्रम अधिकृत धर्मराज रोकायाले सहभागीहरुलाई श्रम सम्बन्धी संबैधानिक नीतिहरु , श्रमको सम्मान राष्ट्रको अभियान रणनिती २०७८, सामाजिक सुरक्षा सम्बन्धी कानुनी प्रबन्धहरु ल्गायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । जर्मन संस्था किन्डर नट हिल्फ (के.एन.एच) को सहयोगमा आसमान नेपाल तथा जनकपुरधाम उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुलाई लिसनिङ टु द एक्सपर्ट परियोजना अन्तरगत बाल श्रमको अवस्थाका बारेमा जानकारी गराईएको थियो । सो परियोजनाका संयोजक दिपेन्द्र तिवारीले श्रमिक बालबालिकाहरुको सहभागीता, बालबालिकाले श्रम गर्नुपर्ने कारणहरु,श्रमिक बालबालिकाहरु संग गरिएको परामर्श भेलाबाट आएको मुख्य समस्याहरु त्था सुझाबका बारेमा होटल व्यवसायीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी जमुना भुजेलले जनकपुरधाम क्षेत्रलाई बाल श्रमिक मुक्त बनाउन ध्यान दिनुपर्ने बताउनु भयो ।यहाँका होटेलहरुमा काम गर्ने महिला श्रमिकहरुको काम गर्ने समय र ती अनुसारको तलब दिन समेत होटलका संचालकहरु मध्ये अधिकाशंले नदिने गरेको बताउनु भयो ।आसमान नेपालले यो परियोजना अन्तरगत अहिले सम्म बाल सहभागिता र बालमैत्री परामर्श सम्बन्धि क्षमता विकास तालिममा ३० वटा गैर सरकारी संस्थाका ५९ जना कर्मचारीलाई बाल सहभागिचता र बाल मैत्री परामर्श सम्बन्धि क्षमता विकास तालिम प्रदान गरिएको छ । आसमान नेपालले मधेश प्रदेशमा ८ वटा परामर्श बैठकमा एक सय १६ जना गरी कुल ४ वटा प्रदेशका २५ वटा बैठकमा ३ सय ६४ जनालाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । उक्त पैरवी कार्यक्रममा जनकपुरधामका होटल संचालकहरु, श्रमिक, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह , आसमान नेपालकी कौशल्या महतो लगायतका सरोकारबलाहरुको सहभागिता रहेको थियो ।

12 comments
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

10 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

12 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

12 दिन पहिले

गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर

जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..

14 दिन पहिले

जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..

जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..

14 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

15 दिन पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

21 दिन पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

21 दिन पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

21 दिन पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

3 महीना पहिले