होटलमा हुने बाल श्रमलाई न्युनिकरण गर्न सरोकारबला संग पैरवी सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम असार १४ गते ।होटल व्यवसायमा हुने बाल श्रमिक संग मानवीय व्यवहार गर्न जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेटले आग्रह गर्नुभएको छ । जनकपुरधाममा संचालित प्रायः होटलहरुमा काम गरिरहेका बाल श्रमिकहरुलाई कामको साथै उचित पारिश्रमिक समेत नपाइएको अवस्थामा उनिहरुको आधारभुत शिक्षामा पहूँचको लागि समेत अगाडी आउनु पर्ने आवश्यक्ता रहेको उहाँले बताउनु भयो । राज्यले शिक्षा र स्वास्थ्यको सुबिधाको ग्यारेन्टी गरेको व्यापारीहरुले ५० प्रतिसत सम्म कर दिन सक्ने अध्यक्ष महासेठले बताउनु भयो ।सबै बालबालिका पुर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्ने आभियानका साथै आसमान नेपालले संचालन गरेको श्रमिक बालबालिकाहरुको सहभागिता सम्बन्धी सरोकारबलाहरु संगको पैरवी कार्यक्रममा श्रम कार्यालय जनकपुरका वरिष्ठ श्रम अधिकृत धर्मराज रोकायाले सहभागीहरुलाई श्रम सम्बन्धी संबैधानिक नीतिहरु , श्रमको सम्मान राष्ट्रको अभियान रणनिती २०७८, सामाजिक सुरक्षा सम्बन्धी कानुनी प्रबन्धहरु ल्गायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । जर्मन संस्था किन्डर नट हिल्फ (के.एन.एच) को सहयोगमा आसमान नेपाल तथा जनकपुरधाम उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुलाई लिसनिङ टु द एक्सपर्ट परियोजना अन्तरगत बाल श्रमको अवस्थाका बारेमा जानकारी गराईएको थियो । सो परियोजनाका संयोजक दिपेन्द्र तिवारीले श्रमिक बालबालिकाहरुको सहभागीता, बालबालिकाले श्रम गर्नुपर्ने कारणहरु,श्रमिक बालबालिकाहरु संग गरिएको परामर्श भेलाबाट आएको मुख्य समस्याहरु त्था सुझाबका बारेमा होटल व्यवसायीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी जमुना भुजेलले जनकपुरधाम क्षेत्रलाई बाल श्रमिक मुक्त बनाउन ध्यान दिनुपर्ने बताउनु भयो ।यहाँका होटेलहरुमा काम गर्ने महिला श्रमिकहरुको काम गर्ने समय र ती अनुसारको तलब दिन समेत होटलका संचालकहरु मध्ये अधिकाशंले नदिने गरेको बताउनु भयो ।आसमान नेपालले यो परियोजना अन्तरगत अहिले सम्म बाल सहभागिता र बालमैत्री परामर्श सम्बन्धि क्षमता विकास तालिममा ३० वटा गैर सरकारी संस्थाका ५९ जना कर्मचारीलाई बाल सहभागिचता र बाल मैत्री परामर्श सम्बन्धि क्षमता विकास तालिम प्रदान गरिएको छ । आसमान नेपालले मधेश प्रदेशमा ८ वटा परामर्श बैठकमा एक सय १६ जना गरी कुल ४ वटा प्रदेशका २५ वटा बैठकमा ३ सय ६४ जनालाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । उक्त पैरवी कार्यक्रममा जनकपुरधामका होटल संचालकहरु, श्रमिक, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह , आसमान नेपालकी कौशल्या महतो लगायतका सरोकारबलाहरुको सहभागिता रहेको थियो ।
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
3 घन्टा पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
3 घन्टा पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
3 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
1 दिन पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
15 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..