
पोषण र वातावरण मैत्री सोहजनमा लगानी बढाउन वकालत कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम, असार १९ गते । मधेशमा सहजै रुपमा उत्पादन हुने शरीर र वातावरणका लागि अति लाभदायक सोहजनको उत्पादनमा बृद्धि गर्न विभिन्न सरोकारबलाहरु संग वकालत कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ । सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा मधेशका बाँझो तथा पानी कम लाग्ने ठाउँमा यसको उत्पादन बढाई पोषर, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको क्षेत्रमा काम गर्न सकिने सरोकारबलाहरुले बताएका छन् ।आँगन जनकपुरको आयोजना तथा चन्द्रनगर गाउँपालिका सर्लाहीको सहयोगमा भएको सोहजन अभियानमा लगानी गर्न प्रदेश एवं संघीय सरकार तथा दातृ निकाय र निजी क्षेत्र संगको वकालत कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चन्द्रनगर गाउँपालिका सर्लाहीका अध्यक्ष राजकुमार महतोले मधेशमा सोहजनको उत्पादन बढाई आर्थिक, पोषण तथा वातावरण क्षेत्रमा काया पलट हुने बताउनु भयो । आफु विगतका समय देखि नै सोहजन खेतीको फइदाका बारेमा जानकारी गराउदैक अहिले पालिकामा व्यवासयिक सोहजन खेती गरी यसबाट बहुआयामिक रुपमा फाइदा लिन सक्ने भएकाले अभियान संचालन गरिएको बताउनु भयो । सोहजनका तरकारी, यसको पातको सेवा लगायतका प्रयोग गरी ३ सय भन्दा बढी रोगको रोकथाम तथा उपचार गर्न सकिने र यसको ९२ प्रकारको पोषक तत्व रहेकाले सबै उमेरका तथा जुन सुकै रोग लगेकाले पनि खान सकिने हुँदा यो अति महत्वपुर्ण खाद्य पदार्थ रहेको बताउनु भयो । बजारमा यसको माग समेत बढेकाले व्यवसायिक रुपमा सोहजन खेतीले आर्थिक आम्दनी हूँदा यसले बैदेशिक रोजगारीलाई समेत कम गर्न सकिने उहाँले बताउनु भयो । सोहजनका रुख सबै भन्दाबढी कार्वनडाइअक्साइड सोषण गरी अक्सिजन फाल्ने भएकाले वातावरणीय दृटिकोणले समेत यो अति नै महत्वपुर्ण बृक्ष रहेको उहाँले बताउनु भयो । सोहिजनको पातको प्रयोगले शरीरमा धेरै फाइदा गर्नुका साथै यसको पात खानाले बाख्राहरुको मासू तथा गाईभैसीको दुध समेत थप पोषिलो हुने हुँदा हरेक तवरले यसको उत्पादन बढाउदा फाइदा हुने बताउनु भयो । यसको पात तथा हाँगाहरुबाट साबुन, कस्मेटिक सामानहरु समेत बनिरहेकाले अन्तराष्ट्रिय बजारमा सहीजनको माग बढेकाले मधेश क्षेत्रमा यसको उत्पादन बढाई आर्थिक उन्नतीको बटो खुल्ने बताउनु भयो। यसका लागि राष्ट्रिय तथा अन्रताष्ट्रिय स्तरका संस्थाहरुले समेत अनुदान दिने भएको कार्यक्रममा जनाइएको छ । व्यवसायिक सोहिजन खेती गरी यस संग सम्बन्धीत सामान बनाउन उद्योग समेत स्थापना गर्न सकिने हुँदा सोहिजन खेतीको सम्भावना बढेको आयोजक संस्था आँगन जनकपुरका अध्यक्ष मिथिलेश साहले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै कृषि बिज्ञ हृदयनारायण ठाकुरले सोहजनको प्रयोगले रोग संग लड्ने क्षमता बढ्नुका साथै यो पौष्टिकताले भरिएको तरकारी हूँदा सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो । कमपानी भएको ठाउँमा यसको विउ तथा हाँगा रोपे पछि बिना केही लगानीको उत्पादन हुने हुँदा यो ओरगेनिक तरकारी सकेत रहेको उहाँले बताउनु भयो । सो कार्यक्रममा विभिन्न मन्त्रालयका कर्मचारी, गैर सरकारी संस्थाका पदाधिकारी, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
10 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
10 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
12 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
12 दिन पहिले
गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर
जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..
14 दिन पहिले
जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..
जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..
14 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
15 दिन पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
21 दिन पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
21 दिन पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
21 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
1 महीना पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
3 महीना पहिले