
जंगली जनावरको आतंकले किसान चिंतित
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम,असार २३ गते ।धनुषा लगायत मधेश प्रदेशका अधिकांश जिल्लामा जंगली जनावरको आतंकका कारण किसानहरुले लगाएका अन्नवाली सखाप हुने गरेका छन् । निलगाई, बदेल, वनसुुगगुर लगागतका जंगली जनावरको कारण खेतमा लगाइएको अन्नवाली रातारात ती पशुहरुले खाने गरेको कारण किसानहरुलाईचिंताले सताउन थालेका छन् । यो समस्या मधेश प्रदेशका सबै जिल्लामा रहेका छन् । जंगल कटान भईरहेकाले मधेशका कृषि योग्य क्षेत्रमा ति जनावरहरु आउन थालेपछि किसानहरुले लगाउने जोसुकै अन्न, तरकारी, फलफुल सबै नास भईरहेका छन् । यसरी भईरहेको जनावर आतंकले धनुषाको उत्तरी, पुर्वी तथा दक्षिणी क्षेत्रमा समेत यसको प्रभाव परेको छ । शनिवार जनकपुरधाममा भएको एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका राज्य मन्त्री संजय कुमार यादवले यो जंगली जनावरको आतंकका विषयमा केन्द्र सरकार संग समन्वय गरेर मधेश सरकारले नियम बनाई व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । संसद बैठकमा साँसदहरुले किसानको कुरा धेरै गरेपनि बजेट बनाउने बेलामा किसान सबै भन्दा पछाडी पर्ने गरेको बताउनु भयो । बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार मुल नाराका साथ फियान नेपाल र जिल्ला खाद्यय अधिकार संजाल धनुषाको संयुक्त आयोजनामा भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनमा मधेश प्रदेश सरकारको पहल र अगामी कार्यदिशा सम्बन्धी सरोकारबलाहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले जंगली जनावरको आतंकलाई समाप्त पार्न बव मंत्रालय,पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरु संगको समन्वयमा ठोस कानुन बनाई अगाडी बढ्नु पर्ने बताउनु भयो । संजालका अध्यक्ष सुभद्रा आलेको अध्यक्षतामा भएको सो अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सो मन्त्राालयका कानुन अधिकृत संदिप कुमार सिँहले संसदबाट आफुहरुलाई जंगली जनावरको आतंकलाई समाप्त पार्न ऐन बनाउन निर्देशन पाएपछि छिटै काम गर्न सकिने बताउनु भयो । उहाँले खाद्य अधिकार ऐन तथा खाद्य सम्प्रभुता ऐन २०७५ का मूख्य मुख्य प्रावधान, कृषि सम्बन्धि हालको बजेट तथा अगामी कार्यदिशाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा खाद्यय अधिकारको अवधारणा र अभ्यासका विषयमा फियान नेपालका बागमती र मधेश प्रदेश संयोजक लक्ष्मी गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगराईन नगरपालिकाका मेयर विनय यादवले जंगली जनावरको आतंकलाई रोक्न तीने तहको सरकारले संयुक्त रुपमा काम नगरे अगामी दिनमा मधेश क्षेत्रमा अन्न उत्पादनमा समस्या आउने बताउनु भयो । स्थानीय तहलाई जंगली जनावरको व्यवस्थापनको अधिकार नै नरहेकाले प्रदेश तथा संघ सरकारले जंगली जनावरको आतंकलाई रोक्न ठोस नीति ल्याउनु पर्ने बताउनु भयो । यो प्रदेश कृषि प्रधान भएपनि सिचाई र मलको आभावमा उत्पामा कमि भएको बताउनु भय । पानी र विजुलीको सुबिधा गरी पशुपालन गरेर प्रांङगारिक मलका प्रयोगले कृषि क्षेत्रमा उत्पादन बढाउन सकिने उहाँले बताउनु् भयो । यसका लागि आफ्ना पालिकामा कृषि मिटरको बिल पालिकाले भुक्तानी गरी पशुपालनमा बिशेष सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अशोक कुमार महतोले जंगली जनावरको आतंकका कारण सो पालिकामा उत्पादन हुने तरकारी तथा आँपलाई सखाप नै पारिएकाले किसानहरुको खाना तथा आम्दनीको स्रोत नै समाप्त भईरहेकाले पशुबिज्ञ संगको समन्वयमा केहि उपाय अपनाउन आग्रह गर्दै सो काममा पालिकाले चाहिने बजेट समेत उपलब्ध गराउने आश्वासन दिनुभयो । यता, मुखियापट्टी मुसहनियाँ गाउँपालिका वडा नं. २ का अध्यक्ष नरेश यादवले तीन तिरबाट नदीले घेरिएको सो पालिकामा उब्जनी योग्य ५० विघा जग्गामा नदी कटानको कारण बालुवा थुप्रिएकाले किसानहरुलाई खाद्य उत्पादनमा समस्या भईरहेको बताउनु भयो । सो कार्यक्रममा किसानहरुले जंगली जनावरको आतंकका कारण भईरहेको समस्याका बारेमा जानकारी गराएका थिए । सोमबार मधेश प्रदेशका विभिन्न जिल्लाका सम्बन्धित व्यक्तित्को सहभागितामा विशोष कार्यक्रम गरी जंगली जनावरको आतंकका विषयमा विशेष छलफल गरी अगाडी बढ्ने फियान नेपालका मधेश प्रदेश अधिकृत नन्दनी यादवले जानकारी दिनुभयो ।

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
10 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
10 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
12 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
12 दिन पहिले
गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर
जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..
14 दिन पहिले
जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..
जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..
14 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
14 दिन पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
21 दिन पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
21 दिन पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
21 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
1 महीना पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
3 महीना पहिले