जंगली जनावरको आतंकले किसान चिंतित

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,असार २३ गते ।धनुषा लगायत मधेश प्रदेशका अधिकांश जिल्लामा जंगली जनावरको आतंकका कारण किसानहरुले लगाएका अन्नवाली सखाप हुने गरेका छन् । निलगाई, बदेल, वनसुुगगुर लगागतका जंगली जनावरको कारण खेतमा लगाइएको अन्नवाली रातारात ती पशुहरुले खाने गरेको कारण किसानहरुलाईचिंताले सताउन थालेका छन् । यो समस्या मधेश प्रदेशका सबै जिल्लामा रहेका छन् । जंगल कटान भईरहेकाले मधेशका कृषि योग्य क्षेत्रमा ति जनावरहरु आउन थालेपछि किसानहरुले लगाउने जोसुकै अन्न, तरकारी, फलफुल सबै नास भईरहेका छन् । यसरी भईरहेको जनावर आतंकले धनुषाको उत्तरी, पुर्वी तथा दक्षिणी क्षेत्रमा समेत यसको प्रभाव परेको छ । शनिवार जनकपुरधाममा भएको एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका राज्य मन्त्री संजय कुमार यादवले यो जंगली जनावरको आतंकका विषयमा केन्द्र सरकार संग समन्वय गरेर मधेश सरकारले नियम बनाई व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । संसद बैठकमा साँसदहरुले किसानको कुरा धेरै गरेपनि बजेट बनाउने बेलामा किसान सबै भन्दा पछाडी पर्ने गरेको बताउनु भयो । बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार मुल नाराका साथ फियान नेपाल र जिल्ला खाद्यय अधिकार संजाल धनुषाको संयुक्त आयोजनामा भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनमा मधेश प्रदेश सरकारको पहल र अगामी कार्यदिशा सम्बन्धी सरोकारबलाहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले जंगली जनावरको आतंकलाई समाप्त पार्न बव मंत्रालय,पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरु संगको समन्वयमा ठोस कानुन बनाई अगाडी बढ्नु पर्ने बताउनु भयो । संजालका अध्यक्ष सुभद्रा आलेको अध्यक्षतामा भएको सो अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सो मन्त्राालयका कानुन अधिकृत संदिप कुमार सिँहले संसदबाट आफुहरुलाई जंगली जनावरको आतंकलाई समाप्त पार्न ऐन बनाउन निर्देशन पाएपछि छिटै काम गर्न सकिने बताउनु भयो । उहाँले खाद्य अधिकार ऐन तथा खाद्य सम्प्रभुता ऐन २०७५ का मूख्य मुख्य प्रावधान, कृषि सम्बन्धि हालको बजेट तथा अगामी कार्यदिशाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा खाद्यय अधिकारको अवधारणा र अभ्यासका विषयमा फियान नेपालका बागमती र मधेश प्रदेश संयोजक लक्ष्मी गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगराईन नगरपालिकाका मेयर विनय यादवले जंगली जनावरको आतंकलाई रोक्न तीने तहको सरकारले संयुक्त रुपमा काम नगरे अगामी दिनमा मधेश क्षेत्रमा अन्न उत्पादनमा समस्या आउने बताउनु भयो । स्थानीय तहलाई जंगली जनावरको व्यवस्थापनको अधिकार नै नरहेकाले प्रदेश तथा संघ सरकारले जंगली जनावरको आतंकलाई रोक्न ठोस नीति ल्याउनु पर्ने बताउनु भयो । यो प्रदेश कृषि प्रधान भएपनि सिचाई र मलको आभावमा उत्पामा कमि भएको बताउनु भय । पानी र विजुलीको सुबिधा गरी पशुपालन गरेर प्रांङगारिक मलका प्रयोगले कृषि क्षेत्रमा उत्पादन बढाउन सकिने उहाँले बताउनु् भयो । यसका लागि आफ्ना पालिकामा कृषि मिटरको बिल पालिकाले भुक्तानी गरी पशुपालनमा बिशेष सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अशोक कुमार महतोले जंगली जनावरको आतंकका कारण सो पालिकामा उत्पादन हुने तरकारी तथा आँपलाई सखाप नै पारिएकाले किसानहरुको खाना तथा आम्दनीको स्रोत नै समाप्त भईरहेकाले पशुबिज्ञ संगको समन्वयमा केहि उपाय अपनाउन आग्रह गर्दै सो काममा पालिकाले चाहिने बजेट समेत उपलब्ध गराउने आश्वासन दिनुभयो । यता, मुखियापट्टी मुसहनियाँ गाउँपालिका वडा नं. २ का अध्यक्ष नरेश यादवले तीन तिरबाट नदीले घेरिएको सो पालिकामा उब्जनी योग्य ५० विघा जग्गामा नदी कटानको कारण बालुवा थुप्रिएकाले किसानहरुलाई खाद्य उत्पादनमा समस्या भईरहेको बताउनु भयो । सो कार्यक्रममा किसानहरुले जंगली जनावरको आतंकका कारण भईरहेको समस्याका बारेमा जानकारी गराएका थिए । सोमबार मधेश प्रदेशका विभिन्न जिल्लाका सम्बन्धित व्यक्तित्को सहभागितामा विशोष कार्यक्रम गरी जंगली जनावरको आतंकका विषयमा विशेष छलफल गरी अगाडी बढ्ने फियान नेपालका मधेश प्रदेश अधिकृत नन्दनी यादवले जानकारी दिनुभयो ।

12 comments
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

1 घन्टा पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

1 घन्टा पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

1 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..