अवि प्रतिष्ठानद्वारा मावि बनौटाका चार बिद्यार्थी सम्मानित
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,असार ३१ गते । अवि प्रतिष्ठान नेपालको आयोजनामा आइतबार महोत्तरी जिल्लाको बलबा नगरपालिका ७ स्थित जनता मावि बनौटामा अध्ययनरत चार जना बिद्यार्थीलाई नगद सहित कदर पत्र प्रदान गरिएको छ । सोहि बिद्यालयबाट अध्ययन गरेका ईन्जिनियर तथा प्रतिष्ठानका अध्यक्ष विनोद चन्द झाले जमाहिर झा, महाकान्त झा पुरस्कारबाट सो विद्यालयमा कक्षा ११ मा अध्ययनरत विजय कुमार राम,पप्पु ठाकुर बरही,कृति कुमारी झा तथा संजु कुमारीलाई जनही ३ हजार आर्थिक सहयोग एवम् कदर पत्र प्रदान गरिएको छ । सो विद्यालयका प्रधानाध्यापक विमलेश यादवको अध्यक्षतामा भएको आर्थिक सहयोग तथा पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष झाले आफु पढेको उक्त विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगका लागि आफुले ३ लाख अक्षय कोष खडा गरी सोको रकमको व्याजबाट वर्षेणी दुई जना छात्र तथा दुई जना छात्रालाई आर्थिक सहयोग गरी अध्ययन प्रति उत्साहित बनाउने बताउनु भयो । उक्त प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, सरसफाई, जीवन स्तरमा सुधारका लागि तथा सामाजिक विकृतिका विरुद्धमा आवाज उठाउने संस्था रहेको बताउनु भयो । अगामी दिनमा स्थानीय जनप्रतिनिधिहरु संगको समन्वयमा आफुले थप काम गर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै वलवा नगरपालिकाका प्रमुख राम विजय महतोले अगामी दिनमा सो संस्थाले अन्य कक्षाका विद्यार्थीलाई समेत पुरस्कृत गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा बोल्दै वडाध्यक्ष भुवनेश्वर प्रसाद यादवले आफ्नो समाजको विकासका लागि अवि प्रतिष्ठान संग समन्वय गरी थप कार्यक्रम ल्याई विद्यार्थीहरुलाई सहयोग गर्ने बताउनु भयो । पुरस्कार वितरण समारोहका अध्यक्ष सो विद्यालयका प्रधानाध्यापक विमलेश यादवले चार जना कक्षा ११ मा पढ्ने विद्यार्थीहरु मध्ये चारजनालाई छनोठ गर्न समिति बनाएको बताउनु भयो । शिक्षकहरुको समन्वयमा विद्यार्थीहरुको अनुसाशन,नियमितता, शिक्षामा लगाव , आर्थिक अवस्था लगायतका विषयका आधारमा विद्यार्थी छनोट गरिएको बताउनु भयो । सो प्रतिष्ठानले धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित यज्ञ्यवल्क्य संस्कृत मावि ज्ञानकुपका चार जना विद्यार्थीलाई समेत आर्थिक सहयोग तथा कदर पत्र प्रदान गरेको अध्यक्ष झाले जानकारी दिनुभयो ।
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
30 मिनट पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
30 मिनट पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
37 मिनट पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
1 दिन पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
15 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..