भारु अवमूल्यनले व्यवसाय प्रभावित
3 वर्ष पहिले प्रकाशित
Smrititimes
सप्तरी, साउन ४ गते । सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । यो प्रदेशका सीमावर्ती हाटबजार, पर्यटन र होटल व्यवसाय भारतीय पर्यटकमा निर्भर छ । भारु नचल्ने अवस्थाकै कारण सीमावर्ती बजारको खरिद बिक्रीमा पनि प्रभाव परेको छ ।भारु एक सयमाथिका नोट नेपालमा प्रतिबन्ध नै छ । भारु सयका नोट चलाउन पनि व्यवसायीले आनाकानी गर्छन् । भारु एक सयमा १० रुपियाँ बट्टा दर (छुट) दिँदा पनि नेपालको सीमावर्ती बजारमा चल्न छाडेको छ । एक सय भारु बराबर १६० नेपाली रुपियाँ तोकिएको विनिमय दर हो । तर, सीमावर्ती बजारमा तोकिएको दरमा कारोबार हुन छाडेको महिनौँ भइसक्यो । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनीताकुमारी यादवले भारु नोट चल्नै छाडेपछि भारतीय नागरिक आउने क्रम पातलिएको र त्यसले पर्यटन तथा होटल व्यवसायमा ठुलो प्रभाव पारेको बताउनुभयो । “भारु नोट सहजै चल्दा जनकपुरधाम, राजविराज, माडर, जलेश्वर, वीरगन्ज, गौर, कलैयालगायतका नाकाबाट दैनिक सरदर हजारौँ भारतीय नम्बर प्लेटका गाडी भित्रिन्थे,” उहाँले भन्नुभयो, “तर पछिल्लो समय भारु नोट चल्न छाडेपछि ती नाकाबाट आउने भारतीय पर्यटक निकै कम भएको छ ।”
भारु नोट नचल्दा यतिबेला मधेश प्रदेशका धेरै होटल खाली रहेको सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालु अग्रवालले बताउनुभयो । यो समस्याले नेपाल घुम्न, पढ्न आउने भारतीय विद्यार्थी र उपचारका लागि आउने बिरामी प्रभावित भएका बताउँदै उहाँले भारतीय नोट नचल्दा राजविराजसहित आसपासका सीमावर्ती बजारमा चलपहल पनि कम भएको जानकारी दिनुभयो । सीमावर्ती भारतीय बजार कुनौली, वीरपुर, जयनगर, रक्सौल, लौकहीलगायतका व्यापारीले भारु लिन छाडेपछि राजविराज, जनकपुरधाम, वीरगन्ज, लाहान, कलैया, गौर र आसपासका व्यापारीले पनि भारु नोट लिन छाडेका अग्रवालले बताउनुभयो । भारु नोट नचल्दा बजारको खरिद बिक्री ४० प्रतिशतले घटेको छ । कुनै बेला भारु लिन होडबाजी गर्ने व्यवसायी यतिबेला भारु लिन मान्दैनन् । पहिले सटही सेन्टरले एक सय भारुलाई नेपाली १६५ रुपियाँसम्म हालेर किन्थे । अहिले भने भारु कारोबारमा अवमूल्यन भएको छ । मजदूरीका लागि भारत पुगेर फर्किनेले पनि भारु बोकेर आउनु र कालोबजारीबाट भारु भित्रिँदा बजारमा भारुको भाउ घटेको स्थानीय व्यापारी बताउँछन् । केही व्यापारी भारतीय नोट स्वीकार गर्न तयार भए पनि १० देखि २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितले गुनासो पोखेका छन् । एक स्थानीयवासीले राजविराज बजारमा पाँच सयको भारु नोट सात सय नेपाली रुपियाँमा साटिनुपरेको बताउनुभयो । भारतको पटनाबाट हालै घर फर्किएका राजविराज–७ का रूपेश साहले आफूसँग भएको १५ हजार भारुलाई नेरु बनाउन एक व्यवसायीलाई आठ सय रुपियाँ अतिरिक्त शुल्क तिर्नु परेको दुःखेसो पोख्नुभयो । यस्तै राजविराज–६ का सुखराम मण्डलले आफूसँग पाँच सय दरका पाँच हजार भारतीय रुपियाँ साट्न नगरका सबै बैङ्क पुगे पनि कसैले साट्न नमानेको गुनासो गर्नुभयो । उहाँका अनुसार भारतीय सरकारले दुई हजार दरका नोटमाथि प्रतिबन्ध लगाएको भए पनि यहाँ त सय, दुई सय, पाँच सय दरका नोट पनि कारोबार बन्द भएको बताउनुभयो । साभार : गोरखापत्र
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
30 मिनट पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
30 मिनट पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
37 मिनट पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
1 दिन पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
15 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..