भारु अवमूल्यनले व्यवसाय प्रभावित

2 वर्ष पहिले प्रकाशित

Smrititimes

सप्तरी, साउन ४ गते । सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । यो प्रदेशका सीमावर्ती हाटबजार, पर्यटन र होटल व्यवसाय भारतीय पर्यटकमा निर्भर छ । भारु नचल्ने अवस्थाकै कारण सीमावर्ती बजारको खरिद बिक्रीमा पनि प्रभाव परेको छ ।भारु एक सयमाथिका नोट नेपालमा प्रतिबन्ध नै छ । भारु सयका नोट चलाउन पनि व्यवसायीले आनाकानी गर्छन् । भारु एक सयमा १० रुपियाँ बट्टा दर (छुट) दिँदा पनि नेपालको सीमावर्ती बजारमा चल्न छाडेको छ । एक सय भारु बराबर १६० नेपाली रुपियाँ तोकिएको विनिमय दर हो । तर, सीमावर्ती बजारमा तोकिएको दरमा कारोबार हुन छाडेको महिनौँ भइसक्यो । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनीताकुमारी यादवले भारु नोट चल्नै छाडेपछि भारतीय नागरिक आउने क्रम पातलिएको र त्यसले पर्यटन तथा होटल व्यवसायमा ठुलो प्रभाव पारेको बताउनुभयो । “भारु नोट सहजै चल्दा जनकपुरधाम, राजविराज, माडर, जलेश्वर, वीरगन्ज, गौर, कलैयालगायतका नाकाबाट दैनिक सरदर हजारौँ भारतीय नम्बर प्लेटका गाडी भित्रिन्थे,” उहाँले भन्नुभयो, “तर पछिल्लो समय भारु नोट चल्न छाडेपछि ती नाकाबाट आउने भारतीय पर्यटक निकै कम भएको छ ।”

भारु नोट नचल्दा यतिबेला मधेश प्रदेशका धेरै होटल खाली रहेको सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालु अग्रवालले बताउनुभयो  । यो समस्याले नेपाल घुम्न, पढ्न आउने भारतीय विद्यार्थी र उपचारका लागि आउने बिरामी प्रभावित भएका बताउँदै उहाँले भारतीय नोट नचल्दा राजविराजसहित आसपासका सीमावर्ती बजारमा चलपहल पनि कम भएको जानकारी दिनुभयो । सीमावर्ती भारतीय बजार कुनौली, वीरपुर, जयनगर, रक्सौल, लौकहीलगायतका व्यापारीले भारु लिन छाडेपछि राजविराज, जनकपुरधाम, वीरगन्ज, लाहान, कलैया, गौर र आसपासका व्यापारीले पनि भारु नोट लिन छाडेका अग्रवालले बताउनुभयो । भारु नोट नचल्दा बजारको खरिद बिक्री ४० प्रतिशतले घटेको छ । कुनै बेला भारु लिन होडबाजी गर्ने व्यवसायी यतिबेला भारु लिन मान्दैनन् । पहिले सटही सेन्टरले एक सय भारुलाई नेपाली १६५ रुपियाँसम्म हालेर किन्थे । अहिले भने भारु कारोबारमा अवमूल्यन भएको छ । मजदूरीका लागि भारत पुगेर फर्किनेले पनि भारु बोकेर आउनु र कालोबजारीबाट भारु भित्रिँदा बजारमा भारुको भाउ घटेको स्थानीय व्यापारी बताउँछन् । केही व्यापारी भारतीय नोट स्वीकार गर्न तयार भए पनि १० देखि २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितले गुनासो पोखेका छन् । एक स्थानीयवासीले राजविराज बजारमा पाँच सयको भारु नोट सात सय नेपाली रुपियाँमा साटिनुपरेको बताउनुभयो । भारतको पटनाबाट हालै घर फर्किएका राजविराज–७ का रूपेश साहले आफूसँग भएको १५ हजार भारुलाई नेरु बनाउन एक व्यवसायीलाई आठ सय रुपियाँ अतिरिक्त शुल्क तिर्नु परेको दुःखेसो पोख्नुभयो । यस्तै राजविराज–६ का सुखराम मण्डलले आफूसँग पाँच सय दरका पाँच हजार भारतीय रुपियाँ साट्न नगरका सबै बैङ्क पुगे पनि कसैले साट्न नमानेको गुनासो गर्नुभयो । उहाँका अनुसार भारतीय सरकारले दुई हजार दरका नोटमाथि प्रतिबन्ध लगाएको भए पनि यहाँ त सय, दुई सय, पाँच सय दरका नोट पनि कारोबार बन्द भएको बताउनुभयो ।  साभार : गोरखापत्र

12 comments
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

19 घन्टा पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

19 घन्टा पहिले

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

4 दिन पहिले

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

4 दिन पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

6 दिन पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

6 दिन पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

19 घन्टा पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

4 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

5 महीना पहिले