मधेशभरि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, साउन १६ गते । मधेश प्रदेश सरकारले प्रदेशभरि गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा प्रदेशको आठ वटै जिल्लामा एकसाथ ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरिएको हो। मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन आठ वटै जिल्लामा सुरु भएको जानकारी दिनुभयो।

उहाँले प्रदेश सरकारले पहिलो चरणमा ल्याएको खोप पर्याप्त मात्रामा नरहेको चर्चा गर्दै स्थानीय सरकारलाई पनि आफ्नो बजेटबाट खोप खरिद गर्न आग्रह गर्नुभयो। मन्त्री न्यौपानेले प्रदेशमा खोप अझै आवश्यक पर्ने हुँदा सङ्घ सरकारसँग खोप माग्न पहल भइरहेको जानकारी दिनुभयो।

मन्त्री न्यौपानेका अनुसार प्रदेश सरकारले विपत् व्यवस्थापनको रकमबाट पहिलो चरणमा प्रदेशका लागि ६४ हजार खोप खरिद गरिएको छ। प्रदेशको प्रत्येक जिल्लालाई आठ हजार डोज खोप उपलब्ध गराइएको छ।उहाँले यतिले मात्र पर्याप्त नहुँने हुँदा स्थानीय तहसँग रहेको खोपको बजेटबाट खोप खरिद गर्न आग्रह गर्नुभयो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं पशु चिकित्सक डा. रन्जितकुमार अधिकारीका अनुसार लक्षण नदेखिएका स्वस्थ पशुमा मात्र यो खोप लगाइन्छ। त्यसैले ‘लम्पी स्किन’ रोग लाग्न नदिन खोप पशुमा लगाउने गरिएको छ। रोग लागेका पशुलाई अन्य उपचारको माध्यमबाट निको बनाउन कोसिस भइरहेको छ।

चिकित्सक अधिकारीले हाल प्रदेश सरकारले खरिद गरेको ६४ हजार र स्थानीय तहले खरिद गरेको ४५ हजार ८२५ गरी प्रदेशमा एक लाख नौ हजार ८२५ डोज खोप लगाइने जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशको आठ वटै जिल्लामा ‘लम्पी स्किन’ रोग देखापरेको छ। हालसम्म गाईगोरुमा ६५ हजार ७१२ र भैँसीमा दुई हजार ७०४ गरी जम्मा ६८ हजार ७१६ पशु ‘लम्पी स्किन’ रोगबाट ग्रसित रहेका छन्। उक्त रोगबाट मृत्यु हुने पशुको सङ्ख्यामध्ये गाई र गोरु गरी दुई हजार १९ र छ वटा भैँसी गरी जम्मा दुई हजार २५ पशु रहेको पशु चिकित्सक अधिकारीले जानकारी दिनुभयो। यस रोगबाट प्रदेशमा सबैभन्दा बढी सङ्व्रmमित गाई देखिएको बताइन्छ। प्रदेशमा गाई र भैँसी गरेर पशुको सङ्ख्या २४ लाख बढी रहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालका सचिव नम्रता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रदेशका आठै जिल्लाका पशु चिकित्सक उपस्थिति थियो।   साभार : गोरखापत्र

12 comments
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

8 घन्टा पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

8 घन्टा पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

9 घन्टा पहिले

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

9 घन्टा पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

5 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

6 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

6 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

7 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

7 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

15 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

29 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..