मधेशभरि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, साउन १६ गते । मधेश प्रदेश सरकारले प्रदेशभरि गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा प्रदेशको आठ वटै जिल्लामा एकसाथ ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरिएको हो। मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन आठ वटै जिल्लामा सुरु भएको जानकारी दिनुभयो।
उहाँले प्रदेश सरकारले पहिलो चरणमा ल्याएको खोप पर्याप्त मात्रामा नरहेको चर्चा गर्दै स्थानीय सरकारलाई पनि आफ्नो बजेटबाट खोप खरिद गर्न आग्रह गर्नुभयो। मन्त्री न्यौपानेले प्रदेशमा खोप अझै आवश्यक पर्ने हुँदा सङ्घ सरकारसँग खोप माग्न पहल भइरहेको जानकारी दिनुभयो।
मन्त्री न्यौपानेका अनुसार प्रदेश सरकारले विपत् व्यवस्थापनको रकमबाट पहिलो चरणमा प्रदेशका लागि ६४ हजार खोप खरिद गरिएको छ। प्रदेशको प्रत्येक जिल्लालाई आठ हजार डोज खोप उपलब्ध गराइएको छ।उहाँले यतिले मात्र पर्याप्त नहुँने हुँदा स्थानीय तहसँग रहेको खोपको बजेटबाट खोप खरिद गर्न आग्रह गर्नुभयो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं पशु चिकित्सक डा. रन्जितकुमार अधिकारीका अनुसार लक्षण नदेखिएका स्वस्थ पशुमा मात्र यो खोप लगाइन्छ। त्यसैले ‘लम्पी स्किन’ रोग लाग्न नदिन खोप पशुमा लगाउने गरिएको छ। रोग लागेका पशुलाई अन्य उपचारको माध्यमबाट निको बनाउन कोसिस भइरहेको छ।
चिकित्सक अधिकारीले हाल प्रदेश सरकारले खरिद गरेको ६४ हजार र स्थानीय तहले खरिद गरेको ४५ हजार ८२५ गरी प्रदेशमा एक लाख नौ हजार ८२५ डोज खोप लगाइने जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशको आठ वटै जिल्लामा ‘लम्पी स्किन’ रोग देखापरेको छ। हालसम्म गाईगोरुमा ६५ हजार ७१२ र भैँसीमा दुई हजार ७०४ गरी जम्मा ६८ हजार ७१६ पशु ‘लम्पी स्किन’ रोगबाट ग्रसित रहेका छन्। उक्त रोगबाट मृत्यु हुने पशुको सङ्ख्यामध्ये गाई र गोरु गरी दुई हजार १९ र छ वटा भैँसी गरी जम्मा दुई हजार २५ पशु रहेको पशु चिकित्सक अधिकारीले जानकारी दिनुभयो। यस रोगबाट प्रदेशमा सबैभन्दा बढी सङ्व्रmमित गाई देखिएको बताइन्छ। प्रदेशमा गाई र भैँसी गरेर पशुको सङ्ख्या २४ लाख बढी रहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालका सचिव नम्रता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रदेशका आठै जिल्लाका पशु चिकित्सक उपस्थिति थियो। साभार : गोरखापत्र
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
11 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
11 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
16 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
30 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
1 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
1 महीना पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
2 महीना पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..