मण्डवीको प्रशिक्षणको प्रभाव महिला जनप्रतिनिधिहरु मेयर संग प्रश्न गर्न थाले

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम साउन १८ गते । निर्वाचित जनप्रतिनिधिहरुलाई माण्डवीले दिदै आएको नेतृत्व विकास सम्बन्धी विभिन्न चरणको प्रशिक्षणको प्रभाव देखिन थालेको छ । शि लिड्स मध्यवर्ती प्रशिक्षणको पहिलो भोड्युलको जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षणका क्रममा सहभागी भएका जनकपुरधाम उपमहानगरपािलकाका मेयर मनोज साहलाई उहाँकै महिला वडासदस्यहरुले जनताको विभिन्न प्रकारको समस्या समाधानका लागि प्रश्न गरेका थिए । कुनै बेला केहि पनि बोल्न नसक्ने महिला जनप्रतिनिधिहरु पनि जनताको सेवाका विषयमा जिज्ञासा राख्नु नेतृत्व विकासको उदाहरण बनेको छ । महिला जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै मेयर साहले वडा अध्यक्षले नगरेका कामहरु महिला सदस्य भएर पनि गर्न सकिने बताउदै समस्या समाधानका लागि छलफल गर्न आग्रह पनि गर्नुभयो । प्रशिक्षणको समापन सत्रमा बोल्दै उहाँले वडाध्यक्षले काम नगर्दा वडाध्यक्षको विरोधमा समेत बोल्ने क्षमता बढाउन महिला सदस्यहरुलाई आग्रह गर्नुभयो । भविश्यमा आफुलाई वडासदस्यमा सिमित मात्र नभई वडाध्यक्ष देखि मेयर सम्मको क्षमता रहेका महिला जनप्रतिनिधिहरुले अग्रगामी रुपमा काम गर्नुपर्ने बताउनु भयो । सो समापन सत्रमा बोल्दै माण्डवीका अध्यक्ष अञ्जु झाले निर्वाचित भएर आए देखि अहिलेको समय सम्म महिला वडासदस्यहरुमा नेतृत्व विकास भएको बताउदै अहिलेका महिला नेतृत्वलाई अगामी चुनावमा कसैको दयाले नभई आफ्नो कार्यक्षमताले टिकट पाउने उद्देश्य रहेको बताउनु भयो । तीन दिन सम्म जनकपुरधाम उपमहानगपालिकाका विभिन्न वडाका २६ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय बिजी घिमिरे तथा सम्झना बर्माले सहभागी महिला जनप्रतिनिधिहरुलाई दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति,तथ्यांक संकलन, अध्यावधिक तथा व्यवस्थापन, नैतिकवान नेतृत्व तथा समस्याको विश्लेषणका विषयमा तीन दिन सम्म प्रशिक्षण दिनुभयो । यो प्रशिक्षण पछि सहभागीहरुले आ–आफ्ना वडामा कार्यसम्पादनको क्रममा यसको प्रयोग गर्ने माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । आम जनताको समस्या समाधान गर्न तथा आफ्नो कार्यक्षमतामा निखार ल्याउन महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षणबाट धेरै फाइदा भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडासदस्य तथा कार्यपालिका सदस्य नितु मल्लिकले बताउनु भयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ ।प्रशिक्षणको समापन सत्रमा सहभागी महिला नेतृत्वहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..