उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

1 वर्ष पहिले प्रकाशित

Smrititimes

महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ ।कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका आफन्तबाट पहिचान खुलेको हो ।‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँ दिल्लीबाट रासससित कुरा गर्दै उनले भने ।

 घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रूपमा, स-साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले भने ।बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।साभार : नेपाल प्रेस

12 comments
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..

जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..

20 दिन पहिले

दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..

जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..

20 दिन पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

21 दिन पहिले

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्ष..

जनकपुरधाममंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्..

24 दिन पहिले

बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान

जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..

24 दिन पहिले

मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..

प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..

26 दिन पहिले

नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..

3 महीना पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

3 महीना पहिले

नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चल..

काठमाडौं । भदौँ २ गते ।नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच ..

4 महीना पहिले

जयशंकरको टिप्पणी-नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर ..

काठमाडौँ ,वैशाख २३ गते । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त..

8 महीना पहिले

उत्तरप्रदेशबाट अवैध रूपमा बिहार लगिएका ९५ बालबालिकाको ..

एजेन्सी, अयोध्या (भारत), वैशाख १५ :  उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५ ..

8 महीना पहिले

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामी..

एजेन्सी, ताइपेइ, चैत २१ : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडक..

9 महीना पहिले