डेङ्गु नियन्त्रण अभियान

3 वर्ष पहिले प्रकाशित

Smrititimes

महेन्द्रनगर (धनुषा), साउन २२ गते । तापक्रम घट्दै जाँदा आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ । 

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवका अनुसार एडिज जातिका लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको फुल मार्न एक करोड ६० लाख रुपियाँ बराबरको लार्भिसाइट खरिद गर्ने निर्णय गरिएको छ । लार्भिसाइट खरिदका लागि प्रदेशका आठ वटै जिल्लास्थित स्वास्थ्य कार्यालयमा २०-२० लाख रुपियाँका दरले रकम पठाइएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा मन्त्रालयले आठ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई २०-२० लाख रुपियाँ पठाएको थियो । 

सो रकमबाट कतिपय जिल्ला स्वास्थ्य कार्यालयले लार्भिसाइट खरिद गरी जोखिमपूर्ण ठाउँका जल जमेको क्षेत्रमा छर्केका थिए भने केही जिल्लामा लार्भिसाइट खरिद गर्ने बजेट फ्रिज भएको थियो । अहिले साउन महिनाको उच्च तापक्रमका बेला यस प्रदेशमा ३२ जना डेङ्गुका रोगी देखिएका छन् । डेङ्गुका बढी बिरामी पर्सा र सिराहा जिल्ला तथा पूर्वपश्चिम राजमार्ग छेउछाउमा रहेका मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका डा. राजीव झाले बताउनुभयो । प्रदेशको दक्षिणी भागमा डेङ्गुको सङ्व्रmमण अहिले देखा नपरेको उहाँले प्रस्ट पार्नुभयो ।  

गत असार मसान्तमा डेङ्गु सङ्व्रmमणको दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिएका पूर्वपश्चिम राजमार्गस्थित बर्दिबास क्षेत्रलगायतमा 

‘लार्भासाइटिस’ छर्किएकाले ती ठाउँमा अघिल्ला वर्षजस्तो डेङ्गुको सङ्व्रmमण देखिएको छैन । प्रदेश स्वास्थ्य सचिव डा. यादवले विगतमा डेङ्गु सङ्व्रmमणको प्रसार क्षेत्र र प्रदेशका सीमान्त जिल्लाहरूलाई उच्च जोखिममा रहेको भनी 

‘लार्भासाइटिस’ छर्किने कार्य भइरहेको जानकारी दिनुभयो । कोशी प्रदेशको सीमान्त जिल्ला सुनसरीमा डेङ्गुका रोगी अत्यधिक देखिएपछि मधेशका सीमान्त जिल्लामा थप सतर्कता अपनाइएको छ । 

विभिन्न प्राविधिक कारणले मन्त्रालय तथा स्वास्थ्य कार्यालयहरूका खाता सञ्चालनमा नआएकाले यस पटकका लागि ‘लार्भासाइटिस’ खरिद गर्न ढिला भइरहेको उहाँले बताउनुभयो । “बजेट विनियोजन भइसकेको छ । भदौमा खाता खुल्नासाथ स्वास्थ्य कार्यालयहरूले लार्भासाइटिस खरिद गर्ने छन् । ‘लार्भासाइटिस’ छर्कने समय पनि भदौ र असोज नै हो,” सचिव डा. यादवले भन्नुभयो । डेङ्गु भाइरसवाहक एडिज लामखुट्टेको वृद्धि सामान्यतया २५ देखि ३० डिग्री सेल्सियस तापव्रmममा हुन्छ । भदौ र असोजमा तापक्रम कम भई २५ देखि ३० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. झाले ‘लार्भासाइटिस’ छर्किनाले बाहिरका जल जमाव क्षेत्रमा लामखुट्टेका फुल मर्ने भए पनि घरभित्रका पानी जमावमा एडिज लामखुट्टे वृद्धि हुन सक्ने खतरा हुने बताउनुभयो । आफ्नो घर वरपर, कार्यस्थल, सार्वजनिक ठाउँमा पानी जम्न नदिन सतर्क रहनुपर्ने, पानी राख्ने भाँडाहरू, एयरकुलर, फूलदानी, गमलाका पानी सफा गर्ने, पानी भरिन सक्ने ठाउँ वा वस्तुलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । 

यसै गरी आँखा पाक्ने रोग तीव्र गतिले फैलिएका बेला प्रदेश सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुने गरी तीन प्रकारका औषधी वितरण गर्नेभएको छ । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले आँखा पाक्ने बिरामीका लागि सिफ्रोफ्लोक्सासिन आई ड्रप, ब्रुफेन आई ड्रप र सिफ्रोफ्लोक्सासिन मलम वितरण गरिने जानकारी दिनुभयो । उहाँले सोमबार १० हजार थान औषधी खरिद गरी स्वास्थ्य संस्थामा पठाइने पनि उल्लेख गर्नुभयो ।साभार : गोरखापत्र

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..