
डेङ्गु नियन्त्रण अभियान
2 वर्ष पहिले प्रकाशित
Smrititimes


महेन्द्रनगर (धनुषा), साउन २२ गते । तापक्रम घट्दै जाँदा आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ ।
प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवका अनुसार एडिज जातिका लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको फुल मार्न एक करोड ६० लाख रुपियाँ बराबरको लार्भिसाइट खरिद गर्ने निर्णय गरिएको छ । लार्भिसाइट खरिदका लागि प्रदेशका आठ वटै जिल्लास्थित स्वास्थ्य कार्यालयमा २०-२० लाख रुपियाँका दरले रकम पठाइएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा मन्त्रालयले आठ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई २०-२० लाख रुपियाँ पठाएको थियो ।
सो रकमबाट कतिपय जिल्ला स्वास्थ्य कार्यालयले लार्भिसाइट खरिद गरी जोखिमपूर्ण ठाउँका जल जमेको क्षेत्रमा छर्केका थिए भने केही जिल्लामा लार्भिसाइट खरिद गर्ने बजेट फ्रिज भएको थियो । अहिले साउन महिनाको उच्च तापक्रमका बेला यस प्रदेशमा ३२ जना डेङ्गुका रोगी देखिएका छन् । डेङ्गुका बढी बिरामी पर्सा र सिराहा जिल्ला तथा पूर्वपश्चिम राजमार्ग छेउछाउमा रहेका मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका डा. राजीव झाले बताउनुभयो । प्रदेशको दक्षिणी भागमा डेङ्गुको सङ्व्रmमण अहिले देखा नपरेको उहाँले प्रस्ट पार्नुभयो ।
गत असार मसान्तमा डेङ्गु सङ्व्रmमणको दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिएका पूर्वपश्चिम राजमार्गस्थित बर्दिबास क्षेत्रलगायतमा
‘लार्भासाइटिस’ छर्किएकाले ती ठाउँमा अघिल्ला वर्षजस्तो डेङ्गुको सङ्व्रmमण देखिएको छैन । प्रदेश स्वास्थ्य सचिव डा. यादवले विगतमा डेङ्गु सङ्व्रmमणको प्रसार क्षेत्र र प्रदेशका सीमान्त जिल्लाहरूलाई उच्च जोखिममा रहेको भनी
‘लार्भासाइटिस’ छर्किने कार्य भइरहेको जानकारी दिनुभयो । कोशी प्रदेशको सीमान्त जिल्ला सुनसरीमा डेङ्गुका रोगी अत्यधिक देखिएपछि मधेशका सीमान्त जिल्लामा थप सतर्कता अपनाइएको छ ।
विभिन्न प्राविधिक कारणले मन्त्रालय तथा स्वास्थ्य कार्यालयहरूका खाता सञ्चालनमा नआएकाले यस पटकका लागि ‘लार्भासाइटिस’ खरिद गर्न ढिला भइरहेको उहाँले बताउनुभयो । “बजेट विनियोजन भइसकेको छ । भदौमा खाता खुल्नासाथ स्वास्थ्य कार्यालयहरूले लार्भासाइटिस खरिद गर्ने छन् । ‘लार्भासाइटिस’ छर्कने समय पनि भदौ र असोज नै हो,” सचिव डा. यादवले भन्नुभयो । डेङ्गु भाइरसवाहक एडिज लामखुट्टेको वृद्धि सामान्यतया २५ देखि ३० डिग्री सेल्सियस तापव्रmममा हुन्छ । भदौ र असोजमा तापक्रम कम भई २५ देखि ३० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. झाले ‘लार्भासाइटिस’ छर्किनाले बाहिरका जल जमाव क्षेत्रमा लामखुट्टेका फुल मर्ने भए पनि घरभित्रका पानी जमावमा एडिज लामखुट्टे वृद्धि हुन सक्ने खतरा हुने बताउनुभयो । आफ्नो घर वरपर, कार्यस्थल, सार्वजनिक ठाउँमा पानी जम्न नदिन सतर्क रहनुपर्ने, पानी राख्ने भाँडाहरू, एयरकुलर, फूलदानी, गमलाका पानी सफा गर्ने, पानी भरिन सक्ने ठाउँ वा वस्तुलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
यसै गरी आँखा पाक्ने रोग तीव्र गतिले फैलिएका बेला प्रदेश सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुने गरी तीन प्रकारका औषधी वितरण गर्नेभएको छ । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले आँखा पाक्ने बिरामीका लागि सिफ्रोफ्लोक्सासिन आई ड्रप, ब्रुफेन आई ड्रप र सिफ्रोफ्लोक्सासिन मलम वितरण गरिने जानकारी दिनुभयो । उहाँले सोमबार १० हजार थान औषधी खरिद गरी स्वास्थ्य संस्थामा पठाइने पनि उल्लेख गर्नुभयो ।साभार : गोरखापत्र

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
11 घन्टा पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
11 घन्टा पहिले
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
1 दिन पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
3 दिन पहिले
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
3 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
21 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
6 महीना पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..