अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचको अवरोध पहिचान सम्बन्धि कार्याशाला सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम साउना २२ गते । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको संयुक्त आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचको अवरोध पहिचान सम्बन्धि १ दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रम अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरूको पहिचान गरी उक्त अवरोधहरू हटाउन तथा अपाङ्गता भएका ब्यक्तिहरूको लागि अवरोध हुने न्यायिक प्रणालीहरूमा सुधार गरी न्यायमा पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । सीबीएम ग्लोवल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीतामा सञ्चालित ूहामीलाई पनि समावेश गरू परियोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग प्रमुख मञ्जु खतिवडाको अध्यक्षता र मधेश प्रदेशका मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुरको प्रमख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रेखा दत्तले सञ्चालन गर्नु भएको सो कार्यक्रमा स्वागत मन्तव्य राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश व्यवस्थापक प्रकाश नेपालीले गर्नु भएको थियो । उक्त मन्तव्य पछि जनवकालत अधिकृत चन्द्र राईले पहुँचयुक्त परीक्षणको उद्देश्य, सार्वजनिक संरचनाहरूको वर्तमान अवस्था र अवरोधमुक्त भौतिक संरचनाका लागि प्राविधिक सुझावहरूको बारेमा प्रस्तुतिकरण गरिएको थियो । सो कार्याशाला गोष्ठीमा राष्ट्रिय मानव अधिकार आयोग प्रमुख मञ्जु खतिवडाले न्यायमा पहुँचका लागि आयोगले गरेको प्रयास तथा अनुसन्धानले उजागर गरेका सवाल र समाधानका उपायहरूको वारेमा सहजिकण गर्नु भएको थियो । त्यसैगरी जिल्ला न्यायधिश दुर्गा खड्काले अपाङ्गता अधिकार ऐन २०७४, नियमावली २०७७ र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा ९, १२ र १३ ले दिएका कानुनी प्राव्धानहरूको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्याशाला गोष्ठीका समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले पहुँचयुक्त संरचना निर्माणका लागि ईच्छाशक्तिको आवश्यकता रहेको कुरा बताउनु भयो । उहाँले राज्य भनेकै हामी हौं र हामी नै परिवर्तनको सम्वाहक पनि भएकाले प्रतिवेदनले दिएका सुझावहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सवैले दायित्वको रूपमा लिनु पर्ने कुरा बताउनु भयो । उहाँले राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई आफ्नो कार्यालयमा आमन्त्रण गर्नु हुँदै आफ्नो कार्यालय पहुँचयुक्त बनाउनका लागि प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्याशाला गोष्ठीका अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोग प्रमुख मञ्जु खतिवडाले अपाङ्गता भएका व्यक्तिका अधिकारसँग जोडिएका सवाल तथा यस प्रतिवेनले दिएका सुझावहरूलाई यथासक्य कार्यान्वयनमा ल्याउनका लागि आग्रह गर्नु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको न्यायसँग सम्वन्धित विषयका उजुरीहरू आईरहेको हुँदा त्यस विषयमा आयोगको गम्भिर ध्यानाकर्षण भईरहेको छ भन्नु हुँदै आयोगले पत्रचार गर्नुपूर्व नै त्यस्ता समस्याहरूको समाधान होस भन्ने चाहेको वताउनु भयो ।

12 comments
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

9 घन्टा पहिले

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

9 घन्टा पहिले

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

1 दिन पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

3 दिन पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

3 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

20 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

6 महीना पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..